District Police Office, Panchthar

District Police Office, Panchthar This is the official page of District Police Office Panchthar. Plz Dial 100 in Emergency. Motto: Truth, Service and Security
(सत्य, सेवा, सुरक्षणम्)
(2)

⚽ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न ⚽======================जिल्ला प्रहरी कार्यालय पाँचथर र सशस्त्र प्रहरी बल नेपाल, पाँचथर ब...
04/11/2025

⚽ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न ⚽
======================
जिल्ला प्रहरी कार्यालय पाँचथर र सशस्त्र प्रहरी बल नेपाल, पाँचथर बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न ।

#मैत्रीपूर्णखेल
-----------------------------------

समुदाय प्रहरी साझेदारी कार्यक्रम  “हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी”  ======================================...
03/11/2025

समुदाय प्रहरी साझेदारी कार्यक्रम
“हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी”
======================================
मिति: २०८२ कात्तिक १७ गते, सोमबार

अस्थायी प्रहरी चौकी रानिटार, पाँचथर
-------------------------------
कार्यक्रमको नाम: **साइबर अपराध सचेतना कार्यक्रम**
कार्यक्रम संचालक: प्रहरी हवलदार राज कुमार मेहता
सहयोगी निकाय: स्थानिय समुदाय

*कार्यक्रमको व्यहोरा:*
मिति २०८२।०७।१७ गते अस्थायी प्रहरी चौकी रानिटार, पाँचथरको आयोजनामा फिदिम नगरपालिका–८ अन्तर्गत रहेका होटल व्यवसायी, बुढिबजारका व्यापारी, समाजसेवी तथा बालबालिकालाई लक्षित गरी “साइबर अपराध सचेतना” कार्यक्रम सञ्चालन गरिएको छ।

यस कार्यक्रममा सहभागीहरुलाई अनलाइन ठगी, सामाजिक सञ्जालको दुरुपयोग,सुरक्षित इन्टरनेट प्रयोगका तरिका लगायतका विषयमा जानकारी दिइएको थियो।

#नेपालप्रहरी #समुदायप्रहरीसाझेदारी #साइबरसुरक्षा #पाँचथर

सडक सुचारु सम्बन्धि जानकारी:================फिदिम - फालोट सडक खण्ड : आज १२:२० बजेबाट सँचालनमा आएको  ********************...
03/11/2025

सडक सुचारु सम्बन्धि जानकारी:
================
फिदिम - फालोट सडक खण्ड : आज १२:२० बजेबाट सँचालनमा आएको
*********************************
नोट: सडक सुचारु रहेको...
=रबि-भेडेटार सडक सँचालनमा रहेको ।
=राँके--रबि सडक सँचालनमा रहेको ।
=मेची राजमार्ग सँचालनमा रहेको ।
=तमोर करिडोर सँचालनमा रहेको ।

जिल्ला प्रहरी कार्यालय पाँचथर

03/11/2025

सडकको अवस्था सम्बन्धि जानकारी:
रबि-भेडेटार सडक आज १०:३० बजेबाट सँचालनमा आएको
*********************************
मिति: २०८२/०७/१७ गते १०:३० बजे सम्मको अपडेट !
*********************************
१)फिदिम -- फालोट सडक खण्ड : पुर्ण अवरोध ।
= १०: ०० बजेबाट नया JCB बाट काम सुरु गरेको,
मर्मत तथा सरसफाइ पछि आज सँचालनमा आउने बुझिएको ,

नोट: सडक सुचारु रहेको...
=रबि-भेडेटार रबि सडक सँचालनमा रहेको ।
=राँके--रबि सडक सँचालनमा रहेको ।
=मेची राजमार्ग सँचालनमा रहेको ।
=तमोर करिडोर सँचालनमा रहेको ।

पुनश्च : अवरुद्ध सडक सुचारु हुनसाथ जानकारी गराँउनेछौ ।
*******************
जिल्ला प्रहरी कार्यालय पाँचथर

सडकको अवस्था सम्बन्धि जानकारी:मिति: २०८२/०७/१७ गते ०८:०० बजे सम्मको अपडेट !*****************************************१)रव...
03/11/2025

सडकको अवस्था सम्बन्धि जानकारी:
मिति: २०८२/०७/१७ गते ०८:०० बजे सम्मको अपडेट !
*****************************************
१)रवि -- भेडेटार सडक खण्ड : पुर्ण अवरोध ।
*मर्मत तथा पहिरो सरसफाइ गर्न सुरु गरेको ।

२)फिदिम -- फालोट सडक खण्ड : पुर्ण अवरोध ।
=मर्मत तथा सरसफाइ पछि आज सँचालनमा आउने बुझिएको, तत्काल JCB बिग्रेकाले काम सुरु हुन नसकेको ।
-१०: ०० बजेको अपडेट नया JCB बाट काम सुरु गरेको ।

नोट: सडक सुचारु रहेको...
=राँके--रबि सडक सँचालनमा रहेको ।
=मेची राजमार्ग सँचालनमा रहेको ।
=तमोर करिडोर सँचालनमा रहेको ।

पुनश्च : अवरुद्ध सडक सुचारु हुनसाथ जानकारी गराँउनेछौ ।
*******************
जिल्ला प्रहरी कार्यालय पाँचथर


(तस्बिर :- फेमे खोला,फिदिम - फालोट सडक खण्ड )

सडक सँचालनमा आएको सम्बन्धि जानकारी **********************************मिति: २०८२/०७/१६ गते १२:०० बजे सम्मको अपडेट !******...
02/11/2025

सडक सँचालनमा आएको सम्बन्धि जानकारी
**********************************
मिति: २०८२/०७/१६ गते १२:०० बजे सम्मको अपडेट !
************
हाल सँचालनमा रहेको सडक :
-तमोर करिडोर सडक खण्ड सँचालनमा आएको । तमोर-कोरिडोर सडक-खण्डमा नावाखोलाको पानीको बहावलाई डाईभर्ट गरी तत्काल ठुला सवारी साधनहरू आवत जावत भईरहेको ।

-मेचि राजमार्ग : सँचालनमा रहेको ।
(पाँचथर जिल्लाका सडक खण्ड )

-नोट : तेह्रथुम जिल्लाको जिरीखिम्ती नजिक पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग, हाल एकतर्फी सुचारु भएको, पहिरो पन्छ्याउने कार्य जारी नै रहेको ।

पुनश्च : अवरुद्ध सडक सुचारु हुनसाथ जानकारी गराँउनेछौ ।
*******************
जिल्ला प्रहरी कार्यालय पाँचथर

02/11/2025

सडकको अवस्था सम्बन्धि जानकारी
*************************
मिति: २०८२/०७/१६ गते ०८:०० बजे सम्मको अपडेट !
************
हाल सँचालनमा रहेको सडक :
-मेचि राजमार्ग / मध्यपहाडी लोकमार्ग
(पाँचथर जिल्लाका सडक खण्ड )

-नोट : तेह्रथुम जिल्लाको जिरीखिम्ती नजिक पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग, हाल एकतर्फी सुचारु भएको, पहिरो पन्छ्याउने कार्य जारी नै रहेको ।

पुनश्च : अवरुद्ध सडक सुचारु हुनसाथ जानकारी गराँउनेछौ ।
*******************
जिल्ला प्रहरी कार्यालय पाँचथर

02/11/2025

सडकको अवस्था सम्बन्धि जानकारी
*************************
पुर्ण अवरूद्ध सडकहरु :
मिति: २०८२/०७/१६ गते ०६:०० बजे सम्मको अपडेट !
****************
१)राँके/रवि -- भेडेटार सडक खण्ड : पुर्ण अवरोध ।
नोट: राँके--रबि सडक सँचालनमा रहेको छ !
२)तमोर -- करिडोर सडक खण्ड : पुर्ण अवरोध ।
३)फिदिम -- फालोट सडक खण्ड : पुर्ण अवरोध ।

हाल सँचालनमा रहेको सडक :
-मेची राजमार्ग/मध्यपहाडी लोकमार्ग
(पाँचथर जिल्लाका सडक खण्ड )
नोट : तेह्रथुम जिल्लाको जिरीखिम्ती नजिक पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, पन्छ्याउने कार्य जारी रहेको ।

पुनश्च : अवरुद्ध सडक सुचारु हुनसाथ जानकारी गराँउनेछौ ।
*******************
जिल्ला प्रहरी कार्यालय पाँचथर


⚠ सावधान रहनुहोस्   “Account Block हुदैछ, Account suspend भयो, तपाईँको खातामा समस्या आयो” भन्दै तपाईँको व्यक्तिगत विवरण ...
01/11/2025

⚠ सावधान रहनुहोस्

“Account Block हुदैछ, Account suspend भयो, तपाईँको खातामा समस्या आयो” भन्दै तपाईँको व्यक्तिगत विवरण मागिएको Phishing / Fraud / Scam message बाट सचेत रहनुहोस्। सो लिंक click गरी आफ्नो विवरणहरू Share नगर्नुहोस्।

यस्ता message आएमा Khalti को आधिकारिक सपोर्ट नम्बरमा सम्पर्क गर्नुहोस् :
WhatsApp: 9801165561
Facebook: .official
Email: [email protected]

#साइवरसचेतना : सर्वसाधारणको जानकारीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रयास !

#पाँचथर

01/11/2025

पुर्ण अवरूद्ध सडकहरु :
मिति: २०८२/०७/१५ गते १८:३० बजे सम्मको अपडेट !
**********
१)राँके/रवि -- भेडेटार सडक खण्ड : पुर्ण अवरोध ।
नोट: राँके--रबि सडक सँचालनमा रहेको छ !
२)तमोर -- करिडोर सडक खण्ड : पुर्ण अवरोध ।
३)फिदिम -- फालोट सडक खण्ड : पुर्ण अवरोध ।

सतर्कता अपनाउन हुन हार्दिक अनुरोध
********************************
मिति २०८२।०७।१३ गतेदेखि देखि लगातार परेको अविरल वर्षाका कारण पाँचथर जिल्लाका बिभिन्न सडक खण्डहरु पूर्ण रूपमा अबरुद्ध रहेको ।​ कृपया अनावश्यक यात्रा नगर्नुहोला, यात्रा गर्न जोखिमपूर्ण छ । यात्रा गर्नु पूर्व सडक बारेमा जानकारी लिइ मात्र यात्रा गर्न हुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौ ।

पुनश्च : अवरुद्ध सडक सुचारु हुनसाथ जानकारी गराँउनेछौ ।

*******************
जिल्ला प्रहरी कार्यालय पाँचथर


सचेतनामूलक कार्यक्रम सम्पन्न ।मिति २०८२।०७।१५ गते यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय रवि पाँचथरको आयोजनामा पाँचथर ज...
01/11/2025

सचेतनामूलक कार्यक्रम सम्पन्न ।
मिति २०८२।०७।१५ गते यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय रवि पाँचथरको आयोजनामा पाँचथर जिल्ला मिक्लाजुङ गाँउपालिका वडा नं. ०४ रवि बजार स्थित स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मि, स्थानीयबासिहरुको उपस्थितिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको ।

🔥 **फायर फाइटिङ्ग सिमुलेशन अभ्यास** 🔥  ================================सरोकारवाला निकायहरू — नेपाली सेना, नेपाल प्रहरी, ...
01/11/2025

🔥 **फायर फाइटिङ्ग सिमुलेशन अभ्यास** 🔥
================================
सरोकारवाला निकायहरू — नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहको सहकार्यमा विपद्‌जन्य जोखिमलाई प्रभावकारी ढंगले न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त “फायर फाइटिङ्ग सिमुलेशन अभ्यास”सञ्चालन गरिएको छ।

उक्त अभ्यास अन्तर्गत ग्यासकोमा लागेको आगो, घरमा लागेको आगो लगायत विभिन्न आकस्मिक अवस्थाहरूमा कसरी तत्काल नियन्त्रण र उद्धार कार्य गर्ने भन्ने विषयमा "डेमो मार्फत" जानकारी प्रस्तुत गरिएको थियो।

यस अभ्यासले विपद् व्यवस्थापनमा सुरक्षा निकायहरूबीचको समन्वय,तालिम र प्रतिवद्धता सुदृढ गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला स्थित सुरक्षा निकायका कार्यालय प्रमुख ज्युहरु, नेपाल रेडक्रस सोसाईटी तथा स्थानिय तहका प्रमुख ज्युहरु गरी अं.१२० जनाको उपस्थित रहेको थियो ।

#आगोनिभाउनेअभ्यास



#पाँचथर

Address

Phidim

Alerts

Be the first to know and let us send you an email when District Police Office, Panchthar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Panchthar:

Share