wepokhara ward -7

Directions

wepokhara ward -7 we pokhara ward-7

09/08/2026

एक जना बिरामी भाइलाई WePokhara द्वारा सहयोग गर्नुभएकोमा शान्ध्या गुरुङ म्याडमप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️

#सहयोग #मानवीयसेवा #सामाजिकसेवा #मानवताकोलागि #सहयोगीहात #सेवाभाव #शान्ध्यागुरुङ #धन्यवाद #आभार

तपाईंको सहयोग र मानवीय सेवाको भावनाप्रति हामी हृदयदेखि नै सम्मान व्यक्त गर्दछौँ। 🙏

01/08/2026

हार्दिक श्रद्धाञ्जली। 🙏🏔️
स्वर्गीय निर्मल पुर्जा लगायत हिमालको काखमा आफ्नो अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण पर्वतारोही तथा साहसी शेर्पा दाजु हरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँहरूको साहस, समर्पण र योगदान सधैं सम्मानका साथ स्मरण गरिरहनेछौं।
🙏🙏

26/07/2026

हिजो wepokhara ward -7
(पोखरा वडा नम्बर ७ र वडा नम्बर ८)
को संयुक्त आयोजनामा सम्पन्न वृहत् सरसफाई कार्यक्रममा सङ्कलन भएको फोहोर व्यवस्थापनका लागि वडा नम्बर ७ को नेतृत्वमा गाडी पठाई सहयोग गरिदिनुभएकोमा पोखरा महानगरपालिका प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
​स्वच्छ, हराभरा र सभ्य पोखरा निर्माणको यो अभियानमा निरन्तर सहयोगको अपेक्षा गर्दछौँ। 🙏💚

​

25/07/2026

आज wepokhara सामूहिकता टोलीले पोखरा महानगरपालिका–१५, पाटनरी क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष श्री तोरणबहादुर बनियाँज्यू तथा उहाँको सम्पूर्ण टोलीको सक्रिय सहभागिता र सहयोगले कार्यक्रम अझ प्रभावकारी र सफल बन्न सफल भयो।

समुदायको स्वच्छता, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रति सबैको साझा प्रतिबद्धताले यस्ता अभियानलाई अझ सशक्त बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा वातावरणमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछौँ।

यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।

#सामूहिकता #सरसफाइअभियान

25/07/2026

आज wepokhara ward -7 वडा नं. ७ र वडा नं. ८ को सिमाना क्षेत्रमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

यस कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष श्री राममोहन आचार्यज्यू, जनप्रतिनिधि श्री अर्जुनबहादुर थापाज्यू, wepokhara को सम्पूर्ण टोली, टोल विकास संस्था तथा स्थानीय टोलवासीहरूको सक्रिय सहकार्य र सहभागिता रहेको थियो।

समुदायलाई स्वच्छ, सफा र सुन्दर बनाउने यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद। यस्ता सामाजिक तथा वातावरण संरक्षणका अभियानहरू आगामी दिनहरूमा पनि निरन्तर अघि बढिरहून् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​ ​
​​ ​
​ ​
​ ​

18/07/2026

पोखराको सुन्दर पर्यटकीय गन्तव्य काहुँडाँडा (Kaundanda)! 🏔️✨

प्रकृतिको यो अनुपम उपहारलाई हेर्न र रमाउन हामी दिनहुँ यहाँ पुग्छौं। तर विडम्बना, हाम्रै केही साथीहरूको चेतनाको कमीले गर्दा ठाउँ-ठाउँमा प्लास्टिकका बोतल, फोहोर र जथाभाभी फालिएका वस्तुहरूले यो सुन्दर ठाउँ कुरुप बन्दै गएको छ।
प्रकृतिले हामीलाई यति राम्रो उपहार दिएको छ, तर हामीमा अझै पनि फोहोर सही ठाउँमा फाल्ने चेतना आएको छैन। आउनुहोस्, प्रतिज्ञा गरौं– "म मेरो फोहोर जथाभाभी फाल्दिनँ र आफ्नो सहर सफा राख्न मद्दत गर्छु।
" हाम्रो पोखरा, राम्रो पोखरा! 🌸🏔️

17/07/2026

नमस्ते सबैजनामा! 🙏
आज हामी तपाईंहरूमाझ एक प्रेरणादायी व्यक्तित्वको जीवनकथा लिएर आएका छौँ। उहाँ हुनुहुन्छ पोखरा महानगरपालिका वडा नं. ७ का 'हिडन हिरो' (Hidden Hero) श्री गोपाल श्रेष्ठ।

एचआईभी संक्रमित हुँदैमा जीवन सकिँदैन, बरु सगरमाथा जत्रो आँट बोकेर अघि बढ्न सकिन्छ भन्ने गतिलो उदाहरण हुनुहुन्छ पोखरा वडा नं. ७ का गोपाल श्रेष्ठ। उहाँको जीवनको वास्तविक र प्रेरणादायी संघर्ष बुझ्नका लागि यो भिडियो अवश्य हेर्नुहोस्।
भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरेर उहाँको यो सकारात्मक सन्देशलाई सबैमाझ पुर्‍याइदिनुहोला! 😊
👉

Address

Pokhara-7, Nepal
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when wepokhara ward -7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category