31/07/2026
आज दिनभर देशभरका मठमन्दिर, शक्तिपीठ, गुम्बा–विहार, मदरसा, मस्जिद, चर्च, गुरुद्वारा, किराँत/मुन्धुमका धार्मिक स्थल, जैन तथा बहाई प्रार्थनास्थल र अन्य आस्थाका केन्द्रहरूमा शान्ति, अमनचयन, भाइचारा र राष्ट्रिय एकताका लागि पूजा, आराधना, ध्यान र प्रार्थना हुँदैछ।
आस्था फरक हुन सक्छ, ईश्वरलाई पुकार्ने भाषा फरक हुन सक्छ, तर हाम्रो प्रार्थनाको सार एउटै होस;
देशमा शान्ति रहोस्, मनमा करुणा रहोस्, समाजमा भाइचारा रहोस् र नेपाल सधैँ एकताबद्ध रहोस्।
तपाईं पनि आज आफ्ना–आफ्ना ईश्वर, गुरु वा आराध्यसँग यही प्रार्थना गर्नुहोस् ल।
किनकि अन्ततः बाटा फरक हुन सक्छन्, तर शान्तिको गन्तव्य एउटै हो। 🙏