Ward No. 3 - Pokhara Metropolitan City Office

Ward No. 3 - Pokhara Metropolitan City Office Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ward No. 3 - Pokhara Metropolitan City Office, Government Organization, Nadipur, Pokhara.

जेष्ठ नागरिक अनुभवका खानी हुन्  । अथाह ज्ञानका भण्डार हुन ।उहाहरुसँगको अनुभव साटासाटले पुस्तानन्तरणमा भएको ग्यापलाई हटाउ...
14/03/2024

जेष्ठ नागरिक अनुभवका खानी हुन् । अथाह ज्ञानका भण्डार हुन ।उहाहरुसँगको अनुभव साटासाटले पुस्तानन्तरणमा भएको ग्यापलाई हटाउन र बुज्न सहज हुन्छ । वडा नं. ३ को सहयोमा वडा सदस्य शान्तिदेवी पराजुली ज्यूको संयोजकत्वमा जेष्ठ नागरिक सम्मानको लागि मिती २०८०/११/२६ गते गरिएको धार्मिक तथा पर्यटकिय स्थल देवघाट धामको अध्यन अवलोकन भ्रमणका क्रममा लिइएका केही तस्विरहरु दस्ताभेजका रुपमा राखेँ । जुन बर्षौ आफ्नो फेसवुकवालमा सुरक्षित रहनेछन । यो अवसरको लागि वडा नं.३ का वडा अध्यक्ष प्रकाशमान उदासज्यू र वडा सदस्यज्यूहरु प्रति हार्दिक आभार ।

अन्तराष्ट्रिय म्याराथुनको लागि खेलाडीहरुलाई प्रोत्साहन तथा हौसलाका लागि वडा नं.३ अन्तर्गतका संघसंस्थाका अध्यक्ष एवम प्रत...
07/02/2024

अन्तराष्ट्रिय म्याराथुनको लागि खेलाडीहरुलाई प्रोत्साहन तथा हौसलाका लागि वडा नं.३ अन्तर्गतका संघसंस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुसंगको छलफल कार्यक्रम ।

सवै वडा वासिलाई जानकारीका लागि ।
21/12/2023

सवै वडा वासिलाई जानकारीका लागि ।

पालिखे चोकबाट नालाको मुख सम्मको बाटोले मुहार फेर्दै
01/12/2023

पालिखे चोकबाट नालाको मुख सम्मको बाटोले मुहार फेर्दै

सूचना सूचना
22/09/2023

सूचना सूचना

वडा नं. ३ का जनप्रतिनिधि कर्मचारी, वडा शिक्षा समिति, विपद व्यवस्थापन समिती,शहरी स्वास्थ्य व्यवस्थापन समिती, वाल क्लवका अ...
12/05/2023

वडा नं. ३ का जनप्रतिनिधि कर्मचारी, वडा शिक्षा समिति, विपद व्यवस्थापन समिती,शहरी स्वास्थ्य व्यवस्थापन समिती, वाल क्लवका अध्यक्ष तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका अध्यक्ष र प्रतिनिधि, क्लवका अध्यक्ष एवम प्रतिनिधीहरुका लागि प्राथमिक उपचार तथा सरसफाइ सम्वन्धी दुई दिवसिय सचेतना तालिम कार्यक्रमका झलकहरु

पोखरा महानगरपालिका कार्यालय सामाजिक विकास महाशाखाको आर्थिक सहयोग एकता वालमञ्च नदिपुरको समन्वय र वडा कार्यालय वडा नं.३को ...
28/04/2023

पोखरा महानगरपालिका कार्यालय सामाजिक विकास महाशाखाको आर्थिक सहयोग एकता वालमञ्च नदिपुरको समन्वय र वडा कार्यालय वडा नं.३को आयोजनमा संचालन भएको खुल्ला कविता प्रतियोगिता कार्यक्रमका केही झलकहरु पुरस्कृत भाइ बहिनीहरुलाई बधाइ । सहभागी भाइ वहिनीहरुलाई धन्यवाद विशेष अतिथि र निर्णयाक ज्यहरुलाई हार्दिक आभार । उपस्थित सम्पुर्णमा धेरै धेरै धन्यवाद ।

पोखरा महानगरपालिका वडा नं ३को आयोजना र सामाजिक विकास महाशाखाको आर्थीक सहयोगमा गृहिणी महिला प्रतिस्प्रधात्मक कार्यक्रम अन...
08/04/2023

पोखरा महानगरपालिका वडा नं ३को आयोजना र सामाजिक विकास महाशाखाको आर्थीक सहयोगमा गृहिणी महिला प्रतिस्प्रधात्मक कार्यक्रम अन्तर्गत २५ बर्ष माथिका विसुद्द गृहिणी महिलाहरुका लागि "के गृहिणी महिला साच्चिकै बेरोजगार हुन?? उनीहरुको श्रमको मापन कहिले हुन्छ?? " भन्ने विषयमा बक्तृत्व कला कार्यक्रम संचालन गरियो । वडा नं.३ का वडा अध्यक्ष प्रकासमान उदास ज्यूको अध्यक्षता, गण्डकी प्रदेश सभासद माननीय सरस्वती गुरुङ ज्यूको प्रमुख आतिथ्य र महिला सदस्य शान्तिदेवि पराजुलीको संयोजकत्वमा उक्त कार्यक्रम संचालन र सम्पन्न भयो । प्रमुख अतिथिले व्यानरमा हस्ताक्षर गरि कार्यक्रमको शुभारम्भ गर्नु भयो । वडा नं ३ का कर्मचारी मोहन ढुङगानाले स्वागत मन्तव्य व्यक्त गर्नु भयो कार्यक्रमका संयोजक शान्तिदेवी पराजुली ज्यूले कार्यक्रमको उद्देश्य वारेमा प्रकाश पार्नु भयो । वडा सदस्य सनकमान सि. के. ज्यूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।अतिथिका रुपमा आमन्त्रण वडा नं १३का महिला सदस्य सुचि तामाङ ले कार्यक्रम असाध्यै राम्रो र विषय बस्तु उत्कृष्ट रहेको कुरा व्यक्त गर्नुका साथै आफ्ना मिठा अनुभवहरु पनि सुनाउनु भयो । वडा नं. ३ मा कृयासिल रहेका ९ वटा समूहको प्रतिनिधित्वमा कार्यक्रम संचालन भयो । उक्त कार्यक्रममा महिला मिलन समूहका गिता अधिकारी कुँवर प्रथम र पार्वती पाण्डे दोस्रो हुनु भयो भने जलविनायक आमा समूहका पार्वती शर्मा पौडेलले तृतिय स्थान प्राप्त गर्नु भयो । विन्ध्वासिनी आमा समूहका शान्ती साहीले सान्वनाको पुरस्कार प्राप्त गर्नु भयो । प्रथम दोस्रो तेस्रो र सान्त्वना छुट्याउन पर्ने नियम रहेता पनि सहभागी हुनुभएका सबैको अभिव्यक्ति अत्यन्तै उत्कृष्ट रहेको निर्णयाक समितिका संयोजक कवि तथा लेखक वसन्तप्रसाद चालिसेले सुनाउनु भयो । जेसि संगिता बज्रचार्य, जेसि गणेश गिरी र लेखक वसन्तप्रसाद चालिस गरि ३ जना निर्णयक समितिमा रहनु भयो । भव्य र सभ्य रुपमा संचालन भएको कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान प्राप्त गर्ने सहभागीहरुलाई प्रमुख अतिथि माननीय गण्डकी प्रदेश सभासद सरस्वती गुरुङ ज्यूले नगद पुरस्कार र प्रमाण पत्र वितरण गर्दै महिलाहरु शसक्त हुनु पर्छ आत्म निर्भर हुनुपर्छ महिलाहरुले घरैमा उत्पादन गरेका गाबा गुन्द्रुक मस्यौरा र सिन्कीले पनि बजार पाउनु पर्छ हामीले गलामा लाएको मालाको पैसा समेत विदेस पुगिरहेको छ । यसलाई रोक्न कम्तीमा गमलामा लाएका फुल पनि बिक्री गर्न पाउने ठाउको व्यवस्था हुनु पर्छ भन्दै हरेक महिला दिदी बहिनीको साथमा हुनेछु सुखमा सम्झिन नभ्याए केही छैन दुखमा संझिनुहोला आफ्नो बलबरगतले भ्याएको सहयोग गर्नेछु भन्दै वक्तृत्व कलाको शिर्षक अत्यन्तै मार्मिक र यथार्थ रहेको हुदा व्यस्तताको वावजुद पनि विषय वस्तु देखेर नै आफ्नो ध्यान आकर्षण भएकोले आउन मन लाग्यो प्रतियोगि दिदी बहिनीका कुरा सुनेर ज्यादै भावुक बन्दै अप्रतियोगि दिदी बहिनीहरुका पनि त यस्तै व्यथा छन भन्दै हामी गृहिणी महिलाले बिहान ५ बजे देखि बेलुका ११ बजे सम्म गर्ने कामको मुल्यंकन र मापनहोस भन्नेकुरामाआफु कटिबद्द रहने विस्वास व्यक्त गर्नु भयो । विषय बस्तु र शिर्षकमा अत्यन्तै चोटिलो र मार्मिक विषय बस्तु उठाउनु भयो । कार्यक्रमका सहभागीहरु तथा अतिथि ज्यूहरु उत्सुकता पुर्वक सुनिरहदा हलको मावोल नै छुट्टै बनेको थियो । कार्यकमका सहभागीहरुलाई प्रमाण पत्र वितरण वडा सदस्य सवि परियार, वडा सदस्य नवीन आलेमगर , वडा सदस्य सनकमान सि.के. पुर्व माननिय कृष्ण कुमारी परियार, अतिथि प्रमुख अतिथि र सभापतीद्वार वितरण गरिएको थियो । सभापतिको आसनबाट वोल्दै वडा अध्यक्ष प्रकासमान उदास ज्यूले एउटी आमा सक्षम भए घर सक्षम हुन्छ घर सक्षम भए समाज सक्षम हुन्छ समाज सक्षम भए देश सक्षम हुन्छ भन्दै गर्दा महिलाहरुले बिहान देखि बेलुका सम्म खटेर काम गर्दा पनि पारिश्रमीक को मापन छैन । मेरो श्रीमतीले घर चलाएकोले नै म आज यो ठाउमा छु भन्ने उदाहरण दिदै सम्पुर्ण नारीहरुले गरेको कामको मूल्य र मान्यता हुनु पर्छ भन्दै प्रमुख अतिथि,निर्णयाक सहभागी सबैलाई धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो । सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा विदामा रहे पनि कार्यक्रमको शुभकामना प्रकट गर्नु भयो , बरिष्ठ महिला विकास अधिकृत गिता न्यौपानेले कार्य व्यस्थताले आउन नसकेको र कार्यक्रम सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको संचालन वडा सचिव वरिष्ठ अधिकृत चन्द्रावती वाग्ले ले गर्नु भएको थियो भने कार्यक्रम ब्यबस्थापनमा राजुबहादुर कोइराला ,मोहन प्रसाद ढुङगाना ,अञ्जु के.सी. ,शिला शर्मा, सुस्मिता सुनार ,ऋतुन्दा तामाङ ,मैना बास्तोला ,विकास पुन, देवी गुरुङ र गिता सि. के. लगायतका कर्मचारीहरु सबैको सहयोग र समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।
#फोटोको लागि प्यारो भाइ विकास पुनलाई धन्यबाद ।

30/03/2023

शारिरीक पीडा भन्दा जिम्मेवारीको पिडाले अझ बढी पोल्दो रहिछ ।
अनुभव

११३औ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको सन्दर्भमा वडा कार्यालय बडा नंं.३ ले वडा भित्र रहेका अती विपन्न बर्गका ४४ जना सुत्क...
08/03/2023

११३औ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको सन्दर्भमा वडा कार्यालय बडा नंं.३ ले वडा भित्र रहेका अती विपन्न बर्गका ४४ जना सुत्केरी तथा गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेको छ । वडा सदस्यज्यूहरु, स्वास्थ्य स्वयंसेविका र अन्य व्यक्तित्वको उपस्थितिमा वडा अध्यक्ष प्रकाशमान उदास ज्यूले ४४ जना गर्भवती महिलाहरुलाई एक/एक बोरा चामल एक/ एक के.जी. सर्वोतम लिटो र आधा "आधा के. जी. घ्यू वितरण गर्नु भएको थियो । अति बिपन्न बर्गका ४४ जना सुत्केरी र गर्भवती महिलाहरुको पहिचानको लागि वडाका महिला स्वास्थ्य स्वयंसेविका रमा सि.के., विन्दु पाण्डे, सावित्रा पराजुली, देवी पराजुली,जमुना पराजुली, पुष्पा रणपाल, गंगा पराजुली राजकुमारी श्रेष्ठ लगायत वडा कार्यालयका कर्मचारी रितुनन्दा तामाङ सहरी स्वास्थ्य सेवा केन्द्रका अ.हे.व. शान्ति सुनार संगिता जि.सी.समेत खटिनु भएको थियो ।

05/03/2023

मोटिभेसन तालिम ।

Address

Nadipur
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Ward No. 3 - Pokhara Metropolitan City Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share