24/08/2026
📢 सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी जरुरी सूचना!
📢पोखरा महानगरपालिका वडा नम्बर १७ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूको आर्थिक वर्ष २०८३/८४ को सामाजिक सुरक्षा भत्ता नवीकरण वडा कार्यालयबाट धमाधम भइरहेको छ।अहिलेसम्म नवीकरण गराउन छुट्नुभएका सम्पूर्ण लाभग्राही महानुभावहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क गरी आफ्नो भत्ता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। समयमै नवीकरण नगराएमा भत्ता रोकिन सक्ने भएकाले ढिला नगर्नुहोला।
📝 नवीकरणका लागि आवश्यक पर्ने कागजातहरू:
🪪 नागरिकताको सक्कल प्रमाणपत्र
📘 सामाजिक सुरक्षा भत्ता परिचयपत्र (सक्कल कार्ड
)🪪 राष्ट्रिय परिचयपत्र (वा परिचयपत्र नम्बर)
📱 हाल प्रयोगमा रहेको मोबाइल नम्बर
📍 सम्पर्क स्थान: पोखरा महानगरपालिका वडा नं. १७, वडा कार्यालय।
📞 थप जानकारीका लागि फोन: ९८५६०५६०४३ (9856056043)