Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल

  • Home
  • Nepal
  • Pokhara
  • Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल

Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल 'Tamu Sanskritik Pratishthan' ( Tamu Cultural Academy) under the patron ship of Tamudhii Japan in 1998, in Japan, with an objective to promote and cultiva

'Our Culture, Our Identity, Our Pride’ भन्ने नारासहित विगत १७ वर्षदेखि विदेशी भूमिमा तमु धिं यूकेद्वारा निरन्तर आयोजना ग...
30/08/2026

'Our Culture, Our Identity, Our Pride’ भन्ने नारासहित विगत १७ वर्षदेखि विदेशी भूमिमा तमु धिं यूकेद्वारा निरन्तर आयोजना गर्दै आएको नेपाली मेलाको १७औँ संस्करण आज आयोजना हुँदैछ।
केही महिनाअघिदेखि नै तयारीमा जुटेको आयोजक संस्थालाई नेपालमा गत भदौ ६ गते (अगस्ट २६) आएको भीषण बाढीले निकै अप्ठ्यारो परिस्थितिमा पारेको देखिन्छ। तर, यस दुःखद क्षणलाई शक्तिमा परिणत गर्दै ‘साथ दिऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित मेलालाई निरन्तरता दिने निर्णय गर्नुका साथै मेलाबाट बचत हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने मानवीय निर्णय गरेकोमा तमु धिं यूकेको उच्च प्रशंसा गर्न चाहन्छौँ।

देशमा पर्ने हरेक विपदको बेला तमु धिं यूके तथा विदेशमा रहेका अन्य नेपाली सङ्घ संस्था र नेपाली समुदायले देखाउँदै आएको ऐक्यबद्धता, सहयोग, आत्मीयता र देशप्रतिको माया अत्यन्त प्रशंसनीय एवं अनुकरणीय छ। यस मानवीय भावना र सहयोगका लागि हामी सबैमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ।

विदेशी भूमिमा नेपाली संस्कृति र परम्परालाई आफ्नो पहिचानका रूपमा गर्वका साथ प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको नेपाली मेलाको १७औँ संस्करणको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यसै सन्दर्भमा, तमु सांस्कृतिक प्रतिष्ठान नेपालले पनि आफ्नो २४औँ साधारणसभा आजकै मितिमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा राहतका लागि सक्दो रकम सङ्कलन गर्ने निर्णय भदौ ११ गते बसेको सल्लाहकारसहितको कार्यसमितिको पूर्ण बैठकले गरेको छ।

विपद्को यस कठिन घडीमा दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै हराइरहेका सबै सकुशल भेट्टाइयोस भन्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीबीचको एकता, सहयोग र मानवीय भावना अझ सुदृढ हुँदै जाओस भन्ने सदभाव व्यक्त गर्दछौँ।

श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान, नेपाल परिवार

💐हार्दिक बधाई तथा शुभकामना💐तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक तथा सामाजिक व्यक्तित्व श्री ...
31/07/2026

💐हार्दिक बधाई तथा शुभकामना💐

तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक तथा सामाजिक व्यक्तित्व श्री श्रीजङ्ग तमुज्यू पोखरा प्रज्ञा प्रतिष्ठानको गरिमामय प्रज्ञा परिषद् सदस्यमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।

साहित्य, कला तथा भाषाको संरक्षण, संवर्द्धन, विकास र उन्नयनका साथै प्राज्ञिक गतिविधिमा अग्रगामी छलाङ मार्न सफल होस् भन्ने शुभेच्छासहित नवनियुक्त कुलपति लगायत सम्पूर्ण पदाधिकारी तथा पारषद सदस्यज्यूहरूमा समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

ओम तमु / भेष तमु
उपाध्यक्ष
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार ।

💐हार्दिक श्रद्धाञ्जली💐तमु सांस्कृतिक प्रतिष्ठान नेपालका आजीवन सदस्य, खिलाङ गुरुङ समाजका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेव...
28/06/2026

💐हार्दिक श्रद्धाञ्जली💐
तमु सांस्कृतिक प्रतिष्ठान नेपालका आजीवन सदस्य, खिलाङ गुरुङ समाजका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी आदरणीय क्या. गणेश गुरुङको दुःखद निधनको खबरले सम्पूर्ण तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार स्तब्ध भएको छ।
स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, शोकसन्तप्त परिवारजनप्रति यस दुःखद घडीमा हार्दिक समवेदना तथा गहिरो सहानुभूति व्यक्त गर्दछौं।
श्रीजंग तमु�अध्यक्ष तथा�तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार

यस तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बार्षिक समीक्षा बैठकमिति : २०८३, असार १३ गते, शनिबार समय : बिहान ९:०० बजे स्थान : र...
27/06/2026

यस तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बार्षिक समीक्षा बैठक
मिति : २०८३, असार १३ गते, शनिबार
समय : बिहान ९:०० बजे
स्थान : रोयल दिदीबहिनी किचन, उत्तमचोक
श्रीजङ तमु, अध्यक्ष

दुःखद पल !यस प्रतिष्ठानका संस्थापक सदस्य श्री गणेश तमुकी ममतामयी आमा श्रीमती चन्द्रमाया तमुको ७७ वर्षको उमेरमा भएको दुःख...
08/06/2026

दुःखद पल !
यस प्रतिष्ठानका संस्थापक सदस्य श्री गणेश तमुकी ममतामयी आमा श्रीमती चन्द्रमाया तमुको ७७ वर्षको उमेरमा भएको दुःखद निधनले सम्पूर्ण प्रतिष्ठान परिवारलाई मर्माहत एवं दुःखी तुल्याएको छ। यस शोकपूर्ण घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार ।

💐भावपूर्ण श्रद्धाञ्जली💐तमु सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक कोषाध्यक्ष श्रीमती सविता तमुका श्रीमान् तथा यस प्रतिष्...
08/06/2026

💐भावपूर्ण श्रद्धाञ्जली💐

तमु सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक कोषाध्यक्ष श्रीमती सविता तमुका श्रीमान् तथा यस प्रतिष्ठानका संस्थापक सदस्य एवं समाजसेवी श्री प्रसाद तमुको मिति २०८३ जेठ २३ गते भएको असामयिक निधनको खबरले प्रतिष्ठान परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ।
स्वर्गीय श्री प्रसाद तमुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछौं ।

श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार

30/05/2026
27/05/2026

हार्दिक निमन्त्रणा ।

हार्दिक निमन्त्रणा । नेपाली डायस्पोराका गिनेचुनेका कलम चलाउने साहित्यकारहरूमध्येका एक, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम...
25/05/2026

हार्दिक निमन्त्रणा ।

नेपाली डायस्पोराका गिनेचुनेका कलम चलाउने साहित्यकारहरूमध्येका एक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार, डायमन्ड बुद्धिष्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक एवं बहुआयामिक व्यक्तित्वका धनी साहित्यकार श्री सुमलकुमार गुरुङज्यूको नवीन कृति ‘कर्मवीर’ उपन्यासको लोकार्पण कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी पोख्रेलीजनमा हार्दिक निमन्त्रणा गर्दछौँ।

मिति : २०८३ जेठ १५ गते, शुक्रबार
स्थान : तमु धीँ नेपाल, नयाँबजार, पोखरा
समय : दिउँसो १ बजे

रवि नपुगेको ठाउँमा कवि पुग्छ’ भन्ने उक्ति झैँ साहित्यकारको कलम र चेतनाले समाजका ती कुनाकाप्चासम्म पनि उज्यालो फैलाउँछ, जहाँ सामान्य दृष्टि पुग्न सक्दैन। तर, यदाकदा यही साहित्यिक फाँटलाई हामीले पर्याप्त महत्व नदिएको गुनासो पनि सुनिने गरेको छ। तसर्थ, त्यस्ता गुनासोलाई चिर्न यहाँहरूको गरिमामय उपस्थिति प्रेरणादायी तथा अनुग्राही बनेको छ ।

आयोजक : तमु सांस्कृतिक प्रतिष्ठान नेपाल / अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज, नेपाल च्याप्टर ।

Address

Rani Pauwa
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761541958

Alerts

Be the first to know and let us send you an email when Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल:

Shortcuts

Share

Category