Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय

  • Home
  • Nepal
  • Pokhara
  • Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय

Pokhara Metropolitan City Office  पाेखरा महानगरपालिका कार्यालय Official Page Of Pokhara Metropolitan City, the Tourism Capital Of Nepal

पोखरा-लेखनाथ महानगरपालिका वि. सं. २०७३ फाल्गुन २७ गते घाेषणा भएको हो । यसको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ । यो महानगरपालिकामा कुल जनसंख्या ४,०२,९९५ को बसोवास छ | यस महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै हो | पाेखरा लेखनाथ महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स. मिलि कुल ३३ वटा वडामा विभाजित छ ।

श्री कृष्णाष्टमी पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।धनराज आचार्यनगर प्रमुख
04/09/2026

श्री कृष्णाष्टमी पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धनराज आचार्य
नगर प्रमुख

पोखरा-दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बीच समझदार...
02/09/2026

पोखरा-दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबई (दुबई एभिएसन कर्पोरेसन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले समझदारी गरिएको हो ।

२७ अगस्ट २०२६ मा हस्ताक्षर भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाईदुबईको नेपालस्थित जनरल सेल्स एजेन्ट (GSA) को तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईले हस्ताक्षर गरेका छन् । समझदारीपत्र एक महिनाका लागि लागू हुने व्यवस्था गरिएको छ ।

पोखरा–दुबई हवाई सेवा सञ्चालनले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । महानगरपालिका र फ्लाईदुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरेका छन् ।

भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखरा महानग...
31/08/2026

भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखरा महानगरपालिकाको तर्फबाट राहत सामग्री सङ्कलन अभियान भइरहेको छ ।

बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री, उद्धार सामग्री लगायतका राहत सामग्रीहरू सङ्कलनको कार्य जारी छ ।

मिति २०८३ भाद्र १८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । यहाँहरूले स्वतःस्फूर्त रूपमा राहत सामाग्रीहरू प्रदान गरिरहनु भएको छ । यसका प्रति महानगरपालिका सधैँ आभारी छ ।

साथै सहयोग गर्न इच्छुक महानुभाव, सङ्घ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सम्पूर्ण सहयोगी मनहरूलाई आफूले उपलब्ध गराउन चाहेको राहत सामग्रीसहित सङ्कलन केन्द्रमा सम्पर्क गरी सहयोग गरिदिनुहुन पोखरा महानगरपालिका हार्दिक अनुरोध समेत गर्दछ ।

- पोखरा महानगरपालिका

30/08/2026

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नागरिकको सेवामा पूर्ण रूपमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले महानगरपालिकाबाट प्रदान गरिने सेवामा इमान्दारिता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने बताउनुभयो ।
स्वागत कार्यक्रममा बोल्दै पौडेलले नागरिकका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा जस्तो संवेदनशील भौगोलिक अवस्थिति भएको शहरमा बाढी, पहिरोलगायतका विपद्को जोखिमलाई ध्यानमा राख्दै विपद् व्यवस्थापनका लागि ठोस योजना निर्माण र प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

30/08/2026

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले पोखरामा सेती नदीका कारण विपद्को जोखिम रहेको भन्दै सम्भावित विपद्प्रति सधैँ सचेत र तयारी अवस्थामा रहनुपर्ने बताउनुभएको छ । नगर प्रमुख आचार्यले प्राकृतिक विपद् कुनै पनि बेला आउन सक्ने भएकाले पूर्वतयारी र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। सेती नदीको बहाव र भौगोलिक अवस्थाका कारण पोखरामा पनि जोखिम रहेको उल्लेख गर्दै उहाँले विपद् आउनुअघि नै आवश्यक योजना, स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

30/08/2026

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले कुनै पनि पक्ष वा वादको प्रभावमा नपरी निष्पक्ष रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले नागरिकको सेवामा पूर्ण रूपमा समर्पित हुँदै इमान्दारी, निष्ठा र जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले महानगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकले अनुभूति गर्ने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबैसँग सहकार्य र समन्वय गर्दै महानगरपालिकाका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उहाँको भनाइ थियो । उहाँले आफ्नो कार्यसम्पादनमा विधि, प्रक्रिया र प्रचलित कानुनलाई आधार बनाउँदै नागरिकप्रति जवाफदेही भएर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

30/08/2026

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले महानगरपालिकामा प्रचलित विधि, नीति र कानुनभन्दा बाहिर गएर कुनै काम गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले विधिसम्मत रूपमा हुने काममा कुनै किसिमको अवरोध नहुने विश्वास व्यक्त गर्दै प्रशासनिक नेतृत्वले कानुनी र नीतिगत सीमाभित्र रहेर प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखरामा विभिन्न विकास साझेदारहरूको लगानीमा विकास निर्माणका कामहरू भइरहेको उल्लेख गर्नुभयो । ती सबै विकास प्रयासलाई परिणाममुखी र व्यवस्थित ढंगले अघि बढाउँदै ‘मेटलाइज’ गर्नुपर्ने उहाँको भनाइ थियो । विकास साझेदारसँगको सहकार्य, योजना कार्यान्वयन र परिणाम प्राप्त गर्ने क्रममा महानगरको प्रशासनिक क्षमता प्रदर्शन हुने बताउँदै आचार्यले नयाँ प्रशासनिक नेतृत्वबाट प्रभावकारी समन्वय र कार्यसम्पादनको अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

30/08/2026

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय तहमा नागरिकका अपेक्षा र सेवा प्रवाहसँग जोडिएका चुनौतीहरूलाई सामना गर्दै जनताको सेवामा समर्पित भएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले प्रशासनिक नेतृत्वले कर्मचारीहरूलाई समन्वय र मार्गदर्शन गर्दै महानगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी छिटो, सरल, पारदर्शी र जवाफदेही सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको स्वागत गरिएको छ । महानगरपालिकाद्वारा आयोजित स्वागत कार...
30/08/2026

पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको स्वागत गरिएको छ । महानगरपालिकाद्वारा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महाशाखा तथा शाखा प्रमुखलगायत कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत गर्नुभएको हो ।

स्वागत कार्यक्रममा नगर प्रमुख आचार्यले महानगरपालिकाको प्रशासनिक कार्यलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उपप्रमुख गुरुङले महानगरको सेवा प्रवाहलाई चुस्त बनाउँदै विकास निर्माण, सुशासन तथा नागरिकका अपेक्षालाई सम्बोधन गर्न जनप्रतिनिधि र कर्मचारीबिचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले महानगरपालिकाको प्रशासनिक नेतृत्वका रूपमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबिच सहकार्य गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महानगरका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारी संयन्त्रलाई परिचालन गर्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिने बताउनुभयो ।

29/08/2026

भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पोखरा महानगरपालिकाको तर्फबाट राहत सामग्री सङ्कलन तथा वितरण अभियान सञ्चालन गर्न लागिएकोले बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री, उद्धार सामग्री लगायतका राहत सामग्रीहरू एकद्वार प्रणालीमार्फत व्यवस्थित रूपमा सङ्कलन तथा वितरण गरिनेछ ।

यसका लागि मिति २०८३ भाद्र १४ गतेदेखि पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री सङ्कलन केन्द्र सञ्चालन गरिने भएकाले सहयोग गर्न इच्छुक महानुभाव, सङ्घ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सम्पूर्ण सहयोगी मनहरूलाई आफूले उपलब्ध गराउन चाहेको राहत सामग्रीसहित सङ्कलन केन्द्रमा सम्पर्क गरी सहयोग गरिदिनुहुन पोखरा महानगरपालिका हार्दिक अनुरोध गर्दछ ।

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97761525340

Alerts

Be the first to know and let us send you an email when Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय:

Shortcuts

Share