Anadu Taalpari: The Living Heritage of Phewa

Anadu Taalpari: The Living Heritage of Phewa "Building stronger, healthier community together."

23/07/2026

शान्त ताल, हरियो जंगल, बग्दो खोला अनि डुङ्गा र जीवनशैली। ❤️

हाम्रो ठाउँ, हाम्रो पहिचान!

हामी टिकटमा पनि छौ है।
21/07/2026

हामी टिकटमा पनि छौ है।

.org.np 1 Followers, 0 Following, 1 Likes - Watch awesome short videos created by Taalpari Anadu

21/07/2026

मितिः २०८३ असार ०५ गते, मंगलबार

यहि मिति २०८३ असारको २२ गते, सोमबारको दिन अनदुँ अनडारा क्षेत्रमा वर्षासँगै चापको रूखमा चट्याङ्ग परेकाले तमु परम्परा अनुसार नकारात्मक शक्तिबाट गाउँ, घरगोठ र चौपायाको रक्षाका लागि आज नाँप्रेस्यो त्हें (इन्द्र शान्ति पूजा) सम्पन्न गरिएको छ।

जग्गाधनी तथा सरोकारवालाहरूको समन्वयमा तालपारी अनदुँ गुरुङ्ग समाजका पच्यु चिवा बिष्णु तमु र हेमन्त तमु बाट उक्त धार्मिक कार्य सम्पन्न भएको हो।

21/07/2026

मितिः २०८३ साउन ०५ गते, मंगलबार

"शत्रुको नाश होस्, बालीनाली राम्रो होस्, दुःख-बिरामी तथा महामारी नफैलिओस्, र प्रकृति एवम् पानीका मुहानको संरक्षण होस्" भन्ने जनविश्वासका साथ तमु समुदायले मनाउँदै आएको ट्हो त्हें (सिम्ले वा गाउँ समाज पूजा) आज सम्पन्न भएको छ। देउता भाले थानका पुजारी मोहन गुरुङ्गको समन्वयमा अनदुँ तमु समुदायमा यो पूजा सम्पन्न भएको हो।

पूजामा विशेष गरी युवा पुरुषहरूको सहभागिता रहने गर्दछ। यस क्रममा 'पारकी' बनाएर पूजा गरी कुखुराको भाले भोग दिइन्छ र उक्त पारकीलाई घरको मूल ढोकामा राखिन्छ। अनदुँ तमु समुदायमा यो पूजा हरेक वर्ष साउन र चैत महिनाको पहिलो मङ्गलवार आयोजना गर्ने परम्परा छ।

मिति:- २०८३ असार १७ गते,‌ बुधबारस्व. हनेरी क्याप्टेन विष्णु प्रसाद गुरुङ्ग ज्यूको श्रीमती तिल कुमारी गुरुङ्ग ज्यू को‌ पर...
02/07/2026

मिति:- २०८३ असार १७ गते,‌ बुधबार

स्व. हनेरी क्याप्टेन विष्णु प्रसाद गुरुङ्ग ज्यूको श्रीमती तिल कुमारी गुरुङ्ग ज्यू को‌ परिवार द्वारा आयोजना गरिएको एक विशेष "धन्यवाद ज्ञापन कार्यक्रम" सम्पन्न भएको छ। उक्त गरिमामय कार्यक्रमको अवसरमा समाज र आमा समूहका लागि वहाँको परिवार तथा अन्य आदरणीय महानुभावहरूबाट प्राप्त भएको अमूल्य जिन्सी तथा आर्थिक सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

सहयोगको विवरण यस प्रकार रहेको छ:

क. विशेष जिन्सी सौजन्य
कार्यक्रमका मुख्य आयोजक, स्वर्गीय क्याप्टेन विष्णुप्रसाद गुरुङज्यूकी धर्मपत्नी श्रीमती तिलकुमारी गुरुङज्यू तथा सम्पूर्ण परिवारजनबाट आमा समूहका सदस्यहरूलाई लुङ्गी सौजन्य प्रदान गरी आमाहरूको सम्मान एवं हौसला बढाउनुभएकोमा यो समाज उहाँहरूको सिंगो परिवारप्रति हार्दिक आभार प्रकट गर्दछ; साथै, यसै अवसरमा तालपारी अनदुँ गुरुङ्ग समाजका सदस्य एवं तमु प्ये ल्हु संघ, यु.के. का पूर्व अध्यक्ष जगत बहादुर गुरुङ्ग ज्यू द्वारा समाजका सदस्य तथा आमा समूहलाई क्होंईबो धिंको ब्याज समेत वितरण गरिएको थियो।

ख. नगद सहयोग विवरण:
यसै अवसरमा समाजको हितका लागि विभिन्न महानुभावहरूबाट प्राप्त भएको अमूल्य आर्थिक सहयोग यस प्रकार छ:
श्री जगत बहादुर गुरुङ्ग ज्यू को परिवार बाट – रु. २२,०००/-
श्री विष्णु गुरुङ ज्यू को परिवार बाट – रु. १५,०००/-
श्रीमती बुद्धि माया गुरुङ ज्यू बाट – रु. ६,०५०/-
श्रीमती इन्दु गुरुङ्ग ज्यू (स्व. आमा देवी कुमारी गुरुङ्गको स्मृतिमा) – रु. ५,०००/-

यसरी कुल संकलित रकम: रु. ४८,०५०/- (अक्षरेपि: अठ्चालीस हजार पचास रुपैयाँ)

"सहयोग नै धर्म हो, र यहाँहरू जस्तै सहयोगी मनहरूको साथले नै हाम्रो समाज निरन्तर अगाडि बढिरहेको छ।"
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै, सम्पूर्ण सहयोगी दाता महानुभावहरू, कार्यक्रम आयोजक परिवार र उहाँहरूका परिवारको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। यहाँहरूले पुर्‍याउनुभएको यो अतुलनीय योगदानको समाज सधैं ऋणी रहनेछ।

29/06/2026

मितिः २०८३ असार १५ गते, सोमबार

भयार - झाँक्री थान पूजा 🙏✨

प्राकृतिक प्रकोप, विपत्ति र रोगव्याधिबाट बच्ने जनविश्वासका साथ हरेक वर्षको जेठ र मङ्सिरको पूर्णिमा (वर्षमा दुई पटक) यो विशेष पूजा गरिँदै आएको छ।

साउडारा र अनडाराको मध्य भागमा बग्ने सामपानी झरनाको किनारमा अवस्थित भयार थानमा पुजारी कुम्भसिंह गुरुङ्ग ज्यूद्वारा पूजा अर्चना गरिँदै। वहाँले विगत ३ वर्षदेखि यो पवित्र जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने वहाँभन्दा अघि मनिलाल गुरुङ्ग ज्यूले यसको रेखदेख र जिम्मेवारी सम्हाल्नुहुन्थ्यो।

28/06/2026
27/06/2026

तालपारीबाट देखिएको साँझको एउटा सुन्दर दृश्य।

हाम्रो तमु संस्कृतिमा पानी, जमिन र जीवन एकअर्कासँग गहिरोसँग जोडिएका छन्। यो शान्त साँझ, डुङ्गाको आफ्नै ताल र माछा मार्ने पुरानो परम्पराले हाम्रा पुर्खाहरूको सरल तर अर्थपूर्ण जीवनको याद दिलाउँछ।

ऐतिहासिक रूपमै अनदुँ गुरुङ्ग गाउँको आतिथ्य सत्कार एकदमै मौलिक र लोभलाग्दो रहिआएको छ। विगतमा गाउँमा कोही पाहुना आउँदा, तालबाट समातिएका ताजा माछा पकाएर खुवाऊने सुन्दर रैथाने परम्परा थियो, जुन आत्मीयताको एउटा अनुपम उदाहरण हो।

साँझपख, स्थानीय दाजुभाइहरू शान्त पानीमा माछा मारिरहेका छन्, जुन हाम्रो समुदायको सरल, दिगो र आत्मीय जीवनशैलीको एउटा सुन्दर रूप हो। यो दृश्यले यहाँको प्राकृतिक सुन्दरता मात्र होइन, अनदुँ र फेवाताल बिचको त्यही ऐतिहासिक र अटुट सम्बन्धलाई पनि देखाउँछ।

तरङ्गहरूसँगै शान्तिको खोजीमा... 🕊️✨

27/06/2026

छ्याँटु नाच (स्याँर्ग नाच)

मूलतः तमु समुदायको पैं कार्य (पितृ कार्य) का अवसरमा प्रदर्शन गरिने एक मौलिक, परम्परागत र सामूहिक गोलाकार नृत्य हो। आत्माको चिरशान्ति, सद्गति र प्रसन्नताका लागि यो नाच नाच्ने परम्परा रहेको छ। हाल यो नाच अनदुँ समुदायमा लोपोन्मुख भइसकेकाले, सामान्यतया अन्य गुरुङ्ग समुदायबाट नृत्य टोलीलाई आमन्त्रण गर्ने गरिन्छ। विशेष गरी पितृ "पैं" कार्यमा मात्र नाचिने भएकाले यो नृत्य विरलै अवलोकन गर्न पाइन्छ; फलस्वरूप दर्शकहरू पनि यसप्रति निकै आकर्षित हुँदै निकै उत्साह र रोचकताका साथ सहभागी हुने गर्दछन्।

23/06/2026

Address

Anadu, Taalpari
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Anadu Taalpari: The Living Heritage of Phewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Anadu Taalpari: The Living Heritage of Phewa:

Shortcuts

Share