Nepal Tourism Board - Gandaki Province

Nepal Tourism Board - Gandaki Province The Board provides platform for vision-drawn leadership for Nepal’s tourism sector by integrating Government commitment with the dynamism of private sector.
(1)

The official page of the Nepal Tourism Board - Gandaki Province Office (NTBGPO), responsible for implementing the approved budget and programs of the Nepal Tourism Board (NTB) for Gandaki Province. Nepal Tourism Board (NTB) is a national tourism organization of Nepal established in 1998 by an Act of Parliament in the form of partnership between the Government of Nepal and private sector tourism in

dustry to develop and market Nepal as an attractive tourist destination. NTB is promoting Nepal in the domestic and international market and is working toward positioning the image of the country. It also aims to regulate product development activities. Fund for NTB is collected in the form of Tourist Service Fee from departing foreign passengers at the Tribhuvan International Airport, Kathmandu, thus keeping it financially independent. The Board chaired by the Secretary at the Ministry of Tourism and Civil Aviation, consists of 11 Board Members with five Government representatives, five private sector representatives and the Chief Executive Officer. NTB has only provincial office at Gandaki Province looking after the tourism affairs of Gandaki Province and is headed by the Director.

Welcoming Mr. Santosh Pokhrel - the newly appointed Executive Committee Member of Nepal Tourism Board from Pokhara (Gand...
23/07/2026

Welcoming Mr. Santosh Pokhrel - the newly appointed Executive Committee Member of Nepal Tourism Board from Pokhara (Gandaki Province) at Nepal Tourism Board - Gandaki Province Office.

We wish him and the entire newly appointed Executive Committee Members, a very successful tenure!

पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, आर्थिक विकास महाशाखा, पर्यटन प्रवर्द्धन शाखा, कास्की, गण्डकी प्रदेशको पर...
22/07/2026

पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, आर्थिक विकास महाशाखा, पर्यटन प्रवर्द्धन शाखा, कास्की, गण्डकी प्रदेशको पर्यटक पथ-प्रदर्शक (City Tour Guide) परिचालन सम्बन्धमा अनुरोध
Pokhara Metropolitan City Office पाेखरा महानगरपालिका कार्यालय Pokhara Tourism Council Pokhara Visit Year 2025

Nepal Tourism Board - Gandaki Province would like to congratulate the newly appointed executive committee members of Nep...
21/07/2026

Nepal Tourism Board - Gandaki Province would like to congratulate the newly appointed executive committee members of Nepal Tourism Board

We wish you great success in your tenure and look forward to your valuable contributions towards the growth and promotion of Nepal Tourism.

Welcome on board!

Nepal Tourism Board - Gandaki Province Office (NTBGPO) invites eligible firms, companies, suppliers, consultants, and se...
17/07/2026

Nepal Tourism Board - Gandaki Province Office (NTBGPO) invites eligible firms, companies, suppliers, consultants, and service providers to enlist in its Standing List for the Fiscal Year 2083/84.

Applications are invited from organizations providing goods, works, and consultancy/services in diverse areas including stationery and office supplies, IT equipment, website and software development, digital marketing, branding, social media management, printing, content creation, photography and videography, research and consultancy, training, event management, vehicle rental, hotel and catering services, tour and trekking packages, insurance, maintenance works, and many other tourism-related services. Interested applicants are requested to submit the prescribed application along with the required legal and tax documents within the deadline mentioned in the official notice.

Please refer to the notice for detailed eligibility criteria, required documents, and submission procedures.

Nepal Tourism Board - Trade

प्रेस विज्ञप्तिपोखरा, नेपालमिति: २०८३ असार २२ गतेविषय: माननीय पर्यटन मन्त्रीज्यूको स्वागत तथा पर्यटन व्यवसायीहरूसँगको अन...
13/07/2026

प्रेस विज्ञप्ति
पोखरा, नेपाल
मिति: २०८३ असार २२ गते

विषय: माननीय पर्यटन मन्त्रीज्यूको स्वागत तथा पर्यटन व्यवसायीहरूसँगको अन्तर्क्रिया कार्यक्रम र महत्त्वपूर्ण प्रतिबद्धताहरू

पोखरा। नेपाल पर्यटन बोर्ड (NTB), गण्डकी प्रदेशद्वारा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश) ज्यू र पोखरेली पर्यटन व्यवसायीहरूको सम्मानमा आयोजित 'स्वागत तथा भेटघाट' (Meet and Greet) एवं विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

२०८३ असार २१ गते पोखरामा आयोजित उक्त कार्यक्रममा माननीय मन्त्रीज्यूको प्रमुख आतिथ्यता रहेको थियो। यस भेटघाट तथा अन्तर्क्रिया बैठकमा गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रको विकास, समसामयिक चुनौती र भावी कार्यदिशाबारे घनीभूत छलफल हुनुका साथै मन्त्रालयका तर्फबाट महत्त्वपूर्ण निर्देशन तथा प्रतिबद्धताहरू व्यक्त भएका छन्।

कार्यक्रमका मुख्य कार्यसूची (Main Agenda):
१. गण्डकी प्रदेश र पोखराको समग्र पर्यटन विकास, विद्यमान चुनौती तथा आगामी कार्यदिशाको निर्धारण।
२. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (PIA) को प्रभावकारी सञ्चालन, अन्तर्राष्ट्रिय उडान विस्तार एवं विशेष सहुलियत व्यवस्थापन।
३. 'नेपाल आरोग्य वर्ष २०२७' (Nepal Wellness Year 2027) को घोषणा, आवश्यक तयारी तथा देशव्यापी प्रवर्द्धन।
४. 'नेपाल भ्रमण वर्ष २०८५' (Visit Nepal Year 2085) को गुरुयोजना निर्माण तथा रणनीतिक पूर्वतयारी।

निजी क्षेत्रद्वारा उठाइएका समसामयिक मुद्दाहरू:
बैठकमा पर्यटन व्यवसायीहरूले विशेष गरी स्थल मार्गबाट हुने भारतीय पर्यटकहरूको बढ्दो आगमन, रु २०० र ५०० दरका भारतीय नोटहरूको सटहीमा देखिएका व्यावहारिक समस्या, र मुक्तिनाथ क्षेत्रसम्म भारतीय नम्बर प्लेटका सवारी साधनहरूको अनियन्त्रित आवतजावत एवं नियमनको आवश्यकतामाथि सरकारको ध्यानाकर्षण गराएका थिए।

माननीय मन्त्रीज्यूद्वारा व्यक्त मुख्य निर्देशन तथा प्रतिबद्धताहरू:
स्वागत तथा भेटघाट कार्यक्रममा व्यवसायीहरूका जिज्ञासा र मागहरू सम्बोधन गर्दै माननीय मन्त्री खडक राज पौडेल ज्यूले नेपालको पर्यटन र नागरिक उड्डयन क्षेत्रमा व्यापक सुधार गर्ने प्रतिबद्धता सहित देहाय बमोजिमका नीतिगत तथा संस्थागत निर्देशनहरू जारी गर्नुभएको छ:

क. पर्यटन बोर्डको पुनर्संरचना र नेतृत्व: नेपाल पर्यटन बोर्ड (NTB) को कार्यकारी समिति (EC) सदस्यहरूको चयन तत्काल गरिने र त्यसमा पोखराको तर्फबाट १ जनाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ। साथै, बोर्डको आगामी बजेटलाई मुख्य रूपमा अन्तर्राष्ट्रिय 'प्रवर्द्धन' (Promotion) का कार्यहरूमा केन्द्रित गर्दै बोर्डको समयानुकूल पुनर्संरचना गरिनेछ।

ख. अन्तर्राष्ट्रिय उडान र हवाई सुरक्षा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (PIA) बाट थप अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न र सीधा उडान भर्ने एयरलाइन्स एवं पर्यटकहरूलाई आकर्षित गर्न विशेष छुट तथा सहुलियत प्याकेज ल्याइनेछ। नेपाली हवाई क्षेत्रलाई युरोपेली युनियन (EU) को हवाई सुरक्षा सूची (कालोसूची) बाट हटाउन सरकारले उच्च प्राथमिकताका साथ कार्य गरिरहेको छ।

ग. संस्थागत सुधार: नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) लाई कार्यप्रकृति अनुसार नियमनकारी र सेवा प्रदायक निकायको रूपमा अलग-अलग विभाजन गर्ने प्रक्रिया अघि बढाइनेछ।

घ. पर्यावरण र साहसिक पर्यटन संरक्षण: अब बन्ने नयाँ पर्यटन ऐन र नियमावलीमा सगरमाथाको चाप घटाउन ७ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गरेको अनुभवविना सगरमाथा चढ्न नपाइने कानुनी व्यवस्था गरिनेछ। साहसिक गन्तव्यको छवि पुन: स्थापित गर्न कम्तीमा ५० वटा नयाँ ट्रेकिङ ट्रेलहरूको विकास र संरक्षणका लागि 'ट्रेल संरक्षण ऐन' ल्याइँदैछ।

ङ. पूर्वाधार र कनेक्टिभिटी: काठमाडौँ-पोखरा द्रुतमार्ग (यात्रा अवधि २ घण्टा) र पोखरा-भैरहवा ४ लेन सडक (यात्रा अवधि २ घण्टा) को निर्माण कार्यलाई तीव्रता दिइनेछ। राष्ट्रिय गौरव तथा पर्यटन विकासका आयोजनाहरूमा बजेटको अभाव हुन दिइने छैन। कोरोला नाका छिट्टै सञ्चालनमा आउने भएकाले सडक मार्गबाट आउने चिनियाँ पर्यटकहरूलाई भव्य स्वागत गर्न निजी क्षेत्र तम्तयार रहन आग्रह गरिएको छ।

च. पर्यटन विविधीकरण (Hill Stations & Museum): बन्दीपुरको मोडेलमा देशका विभिन्न भागमा ५० वटा नमुना पहाडी स्टेसनहरू (Model Hill Stations) को विकास गरिनेछ, जहाँ सरकारले विद्युतीकरण, सडक र खानेपानीको पूर्वाधार पुर्‍याउनेछ। साथै, पोखरामा एक सिमसार सङ्ग्रहालय (Wetland Museum) को स्थापना गरिनेछ।

छ. आरोग्य पर्यटन (Wellness Tourism) र प्राज्ञिक कार्यक्रम: आगामी दशकलाई 'वेलनेस दशक' (Wellness Decade) का रूपमा अघि बढाइनेछ। यसै अनुरूप नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) मा 'वेलनेस टुरिजम' विधामा स्नातक र स्नातकोत्तर तहको प्राज्ञिक कार्यक्रम सुरु गरिनेछ।

ज. पोखरा केन्द्रित प्रवर्द्धन: पोखरा र वरपरका क्षेत्रहरूलाई समेटेर विशेष पर्यटकीय प्याकेज निर्माण गरिनुका साथै यहाँ 'पोखरा ट्राभल मार्ट' आयोजना गरिनेछ। सन् २०२७ डिसेम्बर १ देखि ४ सम्म पोखरामा हुने १६औँ एसियन बर्ड फेयर (16th Asian Bird Fair) लाई मन्त्रालय र NTB ले पूर्ण सहयोग गर्नेछ। यसको पूर्वतयारी स्वरूप चीनमा ३०० जना अन्तर्राष्ट्रिय चरा अवलोकनकर्ताहरूको उपस्थितिमा 'प्रि-वार्म अप डिनर' आयोजना गरिनेछ, जसले सन् २०२७ को मुख्य कार्यक्रममा उनीहरूको आगमन सुनिश्चित गर्नेछ।

झ. भारतीय पर्यटक सहजता र नियमन: प्रमुख पर्यटकीय मार्गहरूमा भारतीय पर्यटकहरूको सहजताका लागि 'रेस्ट हाउस' (विश्राम गृह) हरू सञ्चालनमा ल्याइनेछ। साथै, आवश्यकता र उपयुक्तताका आधारमा गैर-नेपाली (विदेशी) सवारी साधनहरूको कानुनी नियमन तत्काल सुरु गरिनेछ।

अन्तमा, माननीय मन्त्रीज्यूले नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशलाई यस फलदायी 'मिट एन्ड ग्रिट' (Meet and Greet) कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै, सार्वजनिक र निजी क्षेत्रको सहकार्यबाट मात्र गण्डकी प्रदेश र समग्र देशको पर्यटन क्षेत्रमा तीव्र विकास सुनिश्चित हुने कुरामा जोड दिनुभएको छ।

थप जानकारीका लागि:

नेपाल पर्यटन बोर्ड (NTB) - गण्डकी प्रदेश कार्यालय

पोखरा, नेपाल

इमेल: [email protected]


Ministry of Culture,Tourism & Civil Aviation,Nepal Nepal Tourism Board - Trade Nepal Tourism Board - Gandaki Province Mani R. Lamichhane Samik Sharma Moit Gandaki Ministry of Industry Tourism Forest and Environment

पर्यटन प्रवर्द्धन सम्बन्धित आ व २०८३|८४ को बजेट तथा कार्यक्रम को लागि प्रस्ताव पेश गर्ने बारेतल उल्लेख गरिएको email ठेगा...
19/06/2026

पर्यटन प्रवर्द्धन सम्बन्धित आ व २०८३|८४ को बजेट तथा कार्यक्रम को लागि प्रस्ताव पेश गर्ने बारे

तल उल्लेख गरिएको email ठेगानाबाट नै यो फारम SUBMIT गर्नुहोला।
(बोर्डमा पेश हुने प्रस्वाव सम्बन्धी कागजातसँगै यस फारमको प्रिन्ट र यहाँ उल्लेख गर्नुभएका विवरणलाई पुष्ट्याइ गर्ने कागजातहरूको प्रतिलिपि समेत पेश गर्नुहोला।)

नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा महानगरपालिका वडा नं. १७, ड्यामसाइड (पार्दी) मा अवस्थित छ। यस क्षेत्रबाट गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, विकास र व्यवस्थापन सम्बन्धी विभिन्न महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

Nepal Tourism Board - Trade Nepal Tourism Board - Gandaki Province Ministry of Culture,Tourism & Civil Aviation,Nepal Moit Gandaki

विषय: पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि बजेट प्रस्ताव पेश गरिएको बारे तल उल्लेख गरिएको email ठेगानाबाट नै यो फारम SUB...

We eagarly wait you for your next adventure from Dubai to Pokhara✈️🇳🇵 Starting from 23 September, for your daily flights...
11/06/2026

We eagarly wait you for your next adventure from Dubai to Pokhara✈️🇳🇵 Starting from 23 September, for your daily flights to Pokhara International Airport (PHH) in Nepal, from Dubai International Airport (DXB).

You will be the first carrier to service this new route from the United Arab Emirates, to the second largest city and tourism capital in the "Land of the Himalayas".

Welcome onboard!

flydubai Ministry of Culture,Tourism & Civil Aviation,Nepal Nepal Tourism Board - Trade Mani R. Lamichhane

Your next adventure awaits! ✈️🇳🇵 Starting from 23 September, we’re offering daily flights to Pokhara International Airport (PHH) in Nepal, from Dubai International (DXB). We will be the first carrier to service this new route from the United Arab Emirates, giving you access to the second largest city and tourism capital in the "Land of the Himalayas". ⛰️😎 Book your flight now on flydubai.com!

04/05/2026

गाउँ पर्यटन मार्ट २०८३,बन्दिपुर घोषणा पत्र सार्वजनिकरण ।।

Village Tourism Mart 2083 Nepal Tourism Board - Trade बन्दीपुर गाउँपालिका Bandipur Rural Municipality Ministry of Culture,Tourism & Civil Aviation,Nepal Homestay Federation Nepal - HOFEN गोरखा नगरपालिका,गोरखा-Gorkha Municipality official Mani R. Lamichhane गनेस पौडेल

आगामी वर्ष पाँचौँ गाउँ पर्यटन मार्ट गोरखा नगरपालिकामा आयोजना गर्ने घोषणा गर्दै यस कार्यले ऐतिहासिक तथा सांस्कृतिक पर्यटन...
02/05/2026

आगामी वर्ष पाँचौँ गाउँ पर्यटन मार्ट गोरखा नगरपालिकामा आयोजना गर्ने घोषणा गर्दै यस कार्यले ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

Homestay Federation Nepal - HOFEN Village Tourism Mart 2083 Nepal Tourism Board - Trade बन्दीपुर गाउँपालिका Bandipur Rural Municipality Ministry of Culture,Tourism & Civil Aviation,Nepal Deepak R Joshi Mani R. Lamichhane गोरखा नगरपालिका,गोरखा-Gorkha Municipality official

गण्डकी- पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर....

Address

Pardi
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761465292

Alerts

Be the first to know and let us send you an email when Nepal Tourism Board - Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Tourism Board - Gandaki Province:

Shortcuts

Share