08/06/2026
Metrocity Hospital को तर्फबाट सम्पन्न निःशुल्क स्वास्थ्य शिविरलाई सफल बनाउन अमूल्य समय, ज्ञान र सेवाभावका साथ सहभागी हुनुहुने सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यहाँहरूको समर्पणले दुर्गम क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको छ।
साथै, यस शिविरको सफल आयोजनाका लागि सहयोग, समन्वय र सहकार्य गर्नुहुने नेपाल चिकित्सक संघ, धवलागिरी गाउँपालिका का अध्यक्षज्यू, सम्बन्धित वडा अध्यक्षज्यूहरू, म्याग्दी–पोखरा समाज तथा अन्य सहयोगी संघसंस्था र व्यक्तित्वहरूप्रति विशेष आभार व्यक्त गर्दछौं।
शिविरमा सहभागी भई हामीमाथि विश्वास गर्नुभएको सम्पूर्ण करिब ५०० बिरामी तथा स्थानीय बासिन्दाप्रति पनि हार्दिक धन्यवाद। यहाँहरूको विश्वास र साथले यस्ता सेवामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाएको छ। आगामी दिनहरूमा पनि समुदायको स्वास्थ्य सुधारका लागि यस्तै सहकार्य र सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं।
– Chairman, Metrocity Hospital