24/07/2026
https://www.facebook.com/share/1DFWsx38Gn/
यो घटना पोखरा शिवचोक क्षेत्रको हो। सडकको छेउमा शान्तसँग सुतेर बसेको एउटा सडक कुकुरलाई ८६५७ नम्बरको गाडीले लापरवाहीपूर्वक ठक्कर दियो।
घटनालाई प्रत्यक्ष देखेपछि सुज्मिता गुरुङ बहिनीले तत्काल उक्त कुकुरलाई अस्पताल पुर्याई उपचार गराउनुभयो। हाल उहाँले आफ्नै घरमा राखेर यसको उपचार, हेरचाह र स्याहार गरिरहनुभएको छ।
यस घटनापछि गाडी पक्षसँग हाम्रो भेट पनि भयो। तर उहाँहरूको प्रतिक्रिया अत्यन्तै दुःखद थियो। उहाँहरूले, "मान्छे भए त अस्पताल लैजान्थ्यौँ, कुकुर जाबोलाई केको सोधखोज गर्ने?" भन्ने जवाफ दिनुभयो। घटनाप्रति कुनै जिम्मेवारी लिन वा मिलेर समाधान खोज्न पनि उहाँहरू तयार हुनुभएन।
सडकका जनावरहरू पनि पीडा महसुस गर्ने जीव हुन्। उनीहरूको जीवन पनि उत्तिकै मूल्यवान छ। यसरी लापरवाहीपूर्वक ठक्कर दिएर घाइते बनाउने र त्यसपछि कुनै जिम्मेवारी नै नलिने प्रवृत्ति स्वीकार्य हुन सक्दैन।
त्यसैले अब हामी यस घटनालाई कानुनी प्रक्रियामार्फत अगाडि बढाउने निर्णय गरेका छौँ, ताकि यस्ता घटना भविष्यमा दोहोरिन नदिऊन् र जनावरमाथि हुने हिंसा तथा लापरवाहीप्रति सबै जिम्मेवार बनून् ।