The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी

  • Home
  • Nepal
  • Pokhara
  • The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी

The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी The Opposition to Singha Durbar — सिंहदरबारलाई निरन्तर खबरदारी गर्ने जनताको आवाज। 🇳🇵✊

रास्वपा महाधिवेशनमा गगन थापाले उल्लेख गरेको त्यो विभत्स चितवन हत्याकाण्ड  ..................रास्वपाको प्रथम महाधिवेशन हि...
22/06/2026

रास्वपा महाधिवेशनमा गगन थापाले उल्लेख गरेको त्यो विभत्स चितवन हत्याकाण्ड
..................

रास्वपाको प्रथम महाधिवेशन हिजोदेखि सुरु भयो, जहाँ शुभकामना दिन निम्त्याइएका नेपाली कांग्रेसका सभापति गगन थापाले ‘दलहरुले शासन सन्चालनमा गल्ती गरेको भएपनि विगत ३५ वर्षमा केही भएन’ भन्ने भाष्यलाई मात्र महाधिवेशनमा नदोहोर्याउन रास्वपा नेता–कार्यकर्ताहरुसँग अनुरोध गरे।

अहिलेको रास्वपाको गढ बनेको चितवन नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि कति ऐतिहासिक भूमि हो भन्ने बुझाउन बिम्बात्मक रुपमा रास्वपा महाधिवेशन महाधिवेशनस्थल नेपाली कांग्रेसका ५० जना योद्धाहरुको चिहान भएको स्मरण गराए।

विस्तृत रुपमा त्यो घटनाबारे बताउन गगनसँग समय अभाव थियो। तर, बिम्बात्मक रुपमा उनले उल्लेख गरेको घटनाको विस्तृत रुप भने निकै हृदयविदारक छ र हामीले प्राप्त गरेको लोकतन्त्र–गणतन्त्रका लागि शहीदहरुले कति उच्चस्तरको बलिदानी दिएका छन् भन्ने बुझाउन पर्याप्त छ।

त्यो घटनाबारे मैले चार वर्षअघि नेपालखबरका लागि लामो रिपोर्टिङ गरेको थिएँ। मेरा लागि पनि त्यो घटनाबारेको रिपोर्टिङ मेरो पत्रकारिता जीवनको स्मरणीयमध्येको एक हो।

त्यो घटनाका नायक जगतप्रकाशजंग शाह हुनुहुन्थ्यो। उहाँ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति एवं थाइल्याण्डका लागि पूर्व नेपाली राजदूत नवीनप्रकाशजंग शाहका पिता हुनुहुन्छ।

शहीद जगतप्रकाशजंग शाह राजा रणबहादुर शाहका जेठा छोरा रणोद्योत शाहतर्फका सन्तति हुनुहुन्थ्यो। २०१५ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट धादिङबाट उम्मेदवार (गोर्खा परिषदका भरत शमशेरबाट पराजित)जगतप्रकाश २०१७ को ‘कू’ पछि शसस्त्र र्सघर्षमा होमिएर चितवन कब्जाको नेतृत्व गर्दै चितवन आउनु भएको थियो।

उहाँको नेतृत्वमा चितवन कब्जा त भयो । तर, काठमाडौँबाट गएको सरकारी सेनाले छलकपटद्वारा उहाँलाई गिरफ्तार गर्यो। अन्य योद्धाहरु मारिएपनि नातामा राजा महेन्द्रको नाताभित्रको पर्ने भएकाले उहाँलाई तत्काल मारिएन, नारायणहिटी ल्याइयो।

राजा महेन्द्रले उहाँलाई आत्मसमर्पण गर्न भन्नुभयो। तर, जगतप्रकाशले आत्मसमर्पण गर्नुभएन। फेरि उहाँलाई चितवन फर्काइयो र क्रमैसँग हातखुट्टा काटियो, हातखुट्टाविनाको शरीर खाल्डोमा हालियो र शिरोच्छेदन गरियो।

अनि, हत्या भएको प्रमाणका लागि उहाँको शिर दरबारमा ल्याइयो।

यो कुरा आफ्नो पुस्तक प्रारब्ध र पुरुषार्थमा हृषिकेश शाहले थोरै उल्लेख गर्नुभएको छ। शाहसँगकै कुराकानीको आधारमा इतिहासकार राजेश गौतमले नेपाली कांग्रेसको इतिहास नामक पुस्तकमा घटनाबारे अलिक विस्तृत चर्चा गर्नुभएको छ।

जगतप्रकाशजंग शाहको शहादत १९९७ का शहीदहरुको जत्तिकै विरतापूर्ण लाग्छ मलाई।

जगतप्रकाशजंग शाहकी पत्नी नाट्यसम्राट बालकृष्ण समकी छोरी हुनुहुन्थ्यो। रश्मिले नै जगतप्रकाशजंग शाहको कम्बरमा खुकुरी बाँधिदिएर युद्धमोर्चामा पठाउनु भएको थियो।

आफ्ना क्रान्तिकारी–प्रिय पतिको निधनपछि रश्मिले ‘रातो क्रान्ति’ माग्दै र आइन्दा नेपाल सतिले सरापेशको देश नबनोस् भन्ने सुसाइड नोट लेख्दै आत्महत्या गरेकी थिइन्।

प्रस्तुत तस्वीर शहीद जगतप्रकाशजंग शाह र रश्मिको हो। तस्वीरमा जगतप्रकाश पत्नि रश्मिलाई रेडियो नेपाल पुर्याउन आफ्नो मोटरसाइकलको पछिल्तिर राखेर लैजाँदै हुनुहुन्छ। रश्मि २००७ पछि रेडियो नेपालमा काम गर्नुहुन्थ्यो। २०१७ को घटनापछि उहाँले रेडियो नेपाल छाड्नुभयो।

त्यो घटनापछि सरकारी सेनाले चितवनदेखि लमजुङ, तनहुँ, धादिङ लगायतका जिल्लाहरुमा हत्याकाण्ड मच्चायो, दर्जनौँ नेपाली कांग्रेसका योद्धाहरु त्यसक्रममा मारिए। सबैभन्दा बढी चितवनमै मारिए।

गगनले त्यही त्यही घटना उल्लेख गरेका हुन्। अहिले रास्वपाको किल्ला बनेको चितवनको भूमि कसरी शहीदहरुको रगतले रंगिएको छ, त्यसको स्मरण रास्वपाका नेता–कार्यकर्ताहरुलाई गराएका हुन्।

21/06/2026

रास्वपाको महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाको सम्बोधन ।

***nspeech

😁
21/06/2026

😁

21/06/2026

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिने पनि छन् : राजेन्द्र लिङ्देन

21/06/2026

रास्वपा महाधिवेशन स्थलमा रबि बालेन एक साथ पुग्दाको अवस्था ।
***n

21/06/2026

हाम्रो प्रधानमन्त्री अलग लेभलका हि बन्दा है : सिके राउत

रास्वप महाधिवेशनमा रवि र बालेन ।❤️
21/06/2026

रास्वप महाधिवेशनमा रवि र बालेन ।❤️

देश बनाउने युवाको तस्वीर अब राजनीति सिफ्ट भयो ।
21/06/2026

देश बनाउने युवाको तस्वीर अब राजनीति सिफ्ट भयो ।

21/06/2026

चितवनमा रास्वपाको महाधिवेशनमा पुरानो पार्टीलाई दोहोरीबाट कडा प्र'हार

21/06/2026

फेला परे सेर बहादुर देउबा हङकङमा

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share