08/09/2026
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध!
========================
मिति २०८३।०५।२३ गते अन्दाजी २०:३० बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.११ स्थित रहेको किम्रुङ खोला (मोदी खोलाको सहायक खोला) मा पहिरो आई खोला थुनिएको जानकारी प्राप्त हुन आएको हुँदा मोदी खोला आसपासका बस्तिहरु बिरेठाँटी, स्याउलेबजार, लगायतका बस्तिहरु सुरक्षित स्थानमा गई बस्नु हुन तथा सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।