09/08/2026
गर्भावस्थामा स्वास्थ्य (ANC) जाँच कति महत्वपूर्ण छ?
“ गर्व रहेको भर्खर पहिलो/दोस्रो महिना त भयो अहिले किन जाँच गर्नु पर्यो। मलाई केही समस्या त छैन। "
गर्भावस्थामा धेरैले सोच्ने यही हुन् सक्छ।
तर वास्तविकता के हो भने, सबै स्वास्थ्य समस्या लक्षण देखाएर मात्र आउँदैनन्। केही जोखिमहरू समयमै जाँच नगरेसम्म थाहा नहुन सक्छन् र वास्तवमा गर्व रहेको पुष्टी गर्न अत्यन्तै महतत्वपूर्ण हुन्छ।
त्यसैले नियमित ANC (Antenatal Care) जाँच भनेको समस्या भएपछि उपचार गर्ने मात्र होइन, समस्या आउनुअघि नै जोखिम पहिचान गर्ने सुरक्षा कवच हो।
🇳🇵 नेपालको राष्ट्रिय प्रोटोकलअनुसार गर्भवती महिलाले गर्भावस्थामा ८ पटक ANC स्वास्थ्य सम्पर्क/जाँच गर्नुपर्छ।
🩺 ANC जाँचमा के–के हेरिन्छ?
👩🍼 आमाको स्वास्थ्य
रक्तचाप, तौल, रक्तअल्पता लगायतका स्वास्थ्य समस्या।
👶 शिशुको अवस्था
शिशुको वृद्धि, विकास तथा मुटुको धड्कनको निगरानी।
🔍 सम्भावित जोखिम
गर्भावस्थामा हुन सक्ने जटिलता समयमै पहिचान।
💊 पोषण र आवश्यक औषधि
Iron–Folic Acid, Calcium लगायत आवश्यक सेवाबारे परामर्श।
💉 खोप तथा परीक्षण
गर्भावस्थामा आवश्यक प्रतिरक्षण र screening सम्बन्धी सेवा।
🏥 सुरक्षित प्रसूतिको तयारी
कहाँ र कहिले स्वास्थ्य संस्थामा जाने तथा सम्भावित आपतकालीन अवस्थाका लागि तयारी।
⏰ पहिलो ANC कहिले?
गर्भावस्था पुष्टि भएपछि सकेसम्म चाँडै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
समयमै पहिलो ANC ले आवश्यक परीक्षण, पोषण, औषधि तथा आगामी स्वास्थ्य सम्पर्कहरूको योजना बनाउन मद्दत गर्छ।
📊 नेपालको अवस्था
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ अनुसार:
➡️ ८१% ले कम्तीमा ४ पटक ANC जाँच गराएका थिए।
➡️ ७३% ले पहिलो त्रैमासिकमै ANC सुरु गरेका थिए।
* यस पृष्ठसँग सम्बन्धित बाँकीको जानकारी भोलि प्रस्तुत गरिनेछ।
थप जानकारीका लागि प्रतिक्षा गर्नुहोला।