उत्तरगया गाउँपालिका, रसुवा

  • Home
  • Nepal
  • Rasuwa
  • उत्तरगया गाउँपालिका, रसुवा

उत्तरगया गाउँपालिका, रसुवा रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । उत्तरगया गाउँपालिकाको आधिकारिक फेसबुक पेज हो ।

26/08/2026

भोटेकोशी नदीमा बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा जिल्ला भै बग्ने नदी तटीय क्षेत्रका कार्यालय/आयोजना/मानवीय बस्ती शतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन अनुरोध गरिन्छ। उत्तरगया गाउँपालिका

स्थानीय विपद् व्यवस्थापन समिति बैठक मिति २०८३/०५/०९
25/08/2026

स्थानीय विपद् व्यवस्थापन समिति बैठक मिति २०८३/०५/०९

मिति २०८३ भदौ ४ र ५ गते परेको अविरल वर्षाका कारण उत्तरगया गाउँपालिका वडा नं. १ अन्तर्गत तिरु–गोगने क्षेत्रमा पहिरो गई ठू...
22/08/2026

मिति २०८३ भदौ ४ र ५ गते परेको अविरल वर्षाका कारण उत्तरगया गाउँपालिका वडा नं. १ अन्तर्गत तिरु–गोगने क्षेत्रमा पहिरो गई ठूलो भौतिक क्षति पुगेको विवरण प्राप्त भएपछि गाउँपालिका अध्यक्ष श्री माधव प्रसाद अर्यालज्यूको संयोजकत्वमा क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका क्रममा प्राप्त विवरणअनुसार हालसम्म मानवीय क्षति नभएको पाइएको छ। तर, पहिरोका कारण ठूलो मात्रामा भौतिक तथा पशुधनको क्षति भएको देखिएको छ।

🔸 करिब १०० वटा बाख्रा पहिरोमा परी बेपत्ता
🔸 २ वटा गोठ पूर्णरूपमा क्षति
🔸 ४ वटा गोठमा आंशिक क्षति
🔸 २ वटा घर पूर्णरूपमा क्षति
🔸 १३ वटा घरमा आंशिक क्षति भई बसोबासका लागि जोखिमपूर्ण/अयोग्य अवस्था

स्थलगत अनुगमनका क्रममा तिरु र गोगने क्षेत्र नै पूर्णरूपमा जोखिमग्रस्त अवस्थामा रहेको पाइएको छ। निरन्तर वर्षाका कारण थप पहिरो तथा विपद्को जोखिम कायमै रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न तथा सम्भावित सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न गाउँपालिका अध्यक्षज्यूमार्फत स्थानीयसँग छलफल र अनुरोध गरिएको छ।
गाउँपालिकाबाट क्षतिको थप विवरण संकलन, जोखिमको मूल्याङ्कन तथा प्रभावित परिवारको तत्काल राहत, उद्धार र पुनर्स्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सरोकारवालासँग आवश्यक पहल तथा समन्वय भइरहेको छ।

उत्तरगया गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरुमा शिक्षक आवश्यकता सम्बन्धी सूचना  ।
21/08/2026

उत्तरगया गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरुमा शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

जनस्वास्थ्य कार्यालय, रसुवाको आयोजनामा मिति २०८३/०५/०५ गते उत्तरगया गाउँपालिकामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि लामखु...
21/08/2026

जनस्वास्थ्य कार्यालय, रसुवाको आयोजनामा मिति २०८३/०५/०५ गते उत्तरगया गाउँपालिकामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा खोज तथा नष्ट अभियान सफलतापूर्वक सम्पन्न भएको छ। अभियानका क्रममा डेंगी फैलाउने लामखुट्टेको सम्भावित प्रजननस्थल तथा बासस्थानको खोजी गरी पानी जम्ने स्थान पहिचान, सरसफाइ तथा लार्भा खोजी गरी नष्ट गर्ने कार्य गरिएको थियो। साथै, स्थानीय समुदायलाई डेंगीबाट बच्ने उपाय, घरआँगन तथा वरपरको वातावरण सफा राख्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने सम्बन्धमा आवश्यक जनचेतना प्रदान गरिएको थियो। “रोकथाम उपचारभन्दा उत्तम हुन्छ” भन्ने मूल भावनाका साथ डेंगीबाट सुरक्षित रहन समयमै सावधानी अपनाउने, घर तथा समुदायमा पानी जम्न नदिने र सम्भावित जोखिम न्यूनीकरणमा सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश प्रवाह गरिएको छ। डेंगी नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणका लागि यस्ता अभियानले समुदायबीचको सहकार्य अझ सुदृढ हुने विश्वास राखिएको छ।

कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।
21/08/2026

कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।

लेखापरीक्षणका लागि आशय पत्र पेस गर्ने सम्बन्धी सूचना ।
19/08/2026

लेखापरीक्षणका लागि आशय पत्र पेस गर्ने सम्बन्धी सूचना ।

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना
18/08/2026

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना

Address

Utragaya/05
Rasuwa
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when उत्तरगया गाउँपालिका, रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to उत्तरगया गाउँपालिका, रसुवा:

Shortcuts

Share