03/09/2026
छत्रेश्वरी गाउँपालिकाको आयोजनामा मिति २०८३/०५/१७ र १८ गते सञ्चालन भएको गाउँपालिका कार्यपालिका सदस्यज्यूहरू तथा पालिका एवं वडा कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि २ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीज्यूको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष श्री बुद्ध कुमारी खत्रीज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यहरू, पालिका तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीमान महेन्द्र कुमार सापकोटा, प्रमुख प्रशासकीय अधिकृत श्री दीपक बुढाथोकी, राष्ट्रिय अनुसन्धान विभाग सल्यानका कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालय सल्यानका प्रशासकीय अधिकृत तथा राजश्व प्रशिक्षक श्री नमराज आचार्यज्यूले सहजीकरण गर्नुभएको थियो।
छत्रेश्वरी गाउँपालिकाको राजश्व व्यवस्थापन, पञ्जीकरण सेवा, प्रभावकारी सेवा प्रवाह, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक विषयमा प्रदान गरिएको प्रशिक्षणले सहभागीहरूको ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।
कार्यक्रमको संचालन प्रशासकीय अधिकृत श्री जीवराज खत्रिले गर्नु भएको थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण प्रशिक्षकज्यूहरू, जनप्रतिनिधिज्यूहरू, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।