Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal

Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal Government Organization

सरुवा सहमती नतिजाको  सुचना
19/08/2026

सरुवा सहमती नतिजाको सुचना

सरुवाको लागि सुवर्ण अवसरविषय : सामजिकतह : नि. मा. बि
23/07/2026

सरुवाको लागि सुवर्ण अवसर
विषय : सामजिक
तह : नि. मा. बि

शुक्रवारीय कार्यक्रम अन्तर्गत आयोजित हाजिरिजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न।
03/07/2026

शुक्रवारीय कार्यक्रम अन्तर्गत आयोजित हाजिरिजवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न।

हार्दिक बधाई तथा शुभकामना !मिति २०८३/०३/१४ सम्पन्न तेस्रो शिखर सम्मेलनका अवसरमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरी सम्मा...
29/06/2026

हार्दिक बधाई तथा शुभकामना !

मिति २०८३/०३/१४ सम्पन्न तेस्रो शिखर सम्मेलनका अवसरमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरी सम्मानित हुनुभएका हाम्रा जेहेन्दार विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछौँ। आफ्नो लगनशीलता र मिहिनेतका साथ उत्कृष्ट स्थान हासिल गरी नगरकै गौरव बढाउन सफल निम्न छात्रछात्राहरू नगद पुरस्कारसहित सम्मानित हुनुभएकोमा गर्व गर्दै उहाँहरूको उज्ज्वल आगामी शैक्षिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

सम्मानित छात्रछात्राहरूः
शैक्षिक सत्र २०८१ (BLE - कक्षा ८):
रितिस रोकायाः ३.९७ GPA (नगर प्रथम)
आयुष्मा ऐरः ३.९२ GPA (नगर तृतीय)
शैक्षिक सत्र २०८१ (कक्षा १२):
राधा कुमारी कामीः ३.२९ GPA (नगर प्रथम)
चित्रा कामी: ३.२६ GPA (नगर द्वितीय)
शैक्षिक सत्र २०८२ (कक्षा १२):
रतन बहादुर कठायतः ३.६४ GPA (नगर प्रथम)
दिपक राज ओझा: ३.४४ GPA (नगर तृतीय)
"तपाईंहरूको यो सफलता निरन्तर अघि बढिरहोस् र आगामी दिनमा अझ ठुला शिखरहरू चुम्न सफल हुनुहोस् । सम्पूर्ण नानीबाबुहरूमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !"

सफल हुने सम्पुर्ण बिद्यर्थी भाईबहिनी हरु लाई हर्दिक बधाई , साथै उज्जव भबिस्यको धेरै धेरै शुभकामना ।
19/06/2026

सफल हुने सम्पुर्ण बिद्यर्थी भाईबहिनी हरु लाई हर्दिक बधाई , साथै उज्जव भबिस्यको धेरै धेरै शुभकामना ।

सरुवा सहमतिका लागि निवेदन पेस गर्ने सम्बन्धमा ।तह - नि. मा. बि तृतीय विषय - सामाजिक
18/06/2026

सरुवा सहमतिका लागि निवेदन पेस गर्ने सम्बन्धमा ।
तह - नि. मा. बि तृतीय
विषय - सामाजिक

शिखर नगरपालिका द्वारा आयोजित तथा सिद्धेश्वर मा.वि.मा सम्पन्न कक्षा ४–५ र ६–८ तहका अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत...
15/06/2026

शिखर नगरपालिका द्वारा आयोजित तथा सिद्धेश्वर मा.वि.मा सम्पन्न कक्षा ४–५ र ६–८ तहका अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत हाम्रो विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै निम्न उपलब्धि हासिल गरेका छन् :

🏅 तृतीय – हाई जम्प : शाहिल वि.क.
🏅 तृतीय – लङ जम्प : रोहित वि.क.
🏅 तृतीय – मेमोरी चेक : शुशान वि.क.
🏅 तृतीय – २०० मिटर दौड : हिमान्सी खड्का

उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलताको शुभकामना व्यक्त गर्दछौं।

२०८३-०२-२८शिखर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा तल्कोटका शाखा प्रमुख आदरणीय शेर बहादुर कार्की ज्यु लगायत अन्य सदस्...
12/06/2026

२०८३-०२-२८
शिखर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा तल्कोटका शाखा प्रमुख आदरणीय शेर बहादुर कार्की ज्यु लगायत अन्य सदस्यहरु द्वारा हाम्रो यस श्री सीताराम मा. बि. को अनुगमन गरि बिद्यालयको समग्र पक्षको बारेमा छलफल गरियो।
अनुगमन टोलिले दिएका सुझाब, सल्लाह, र आगामिदिनहरुमा गर्नुपर्ने कदम हरुलाई यथासम्भब कार्यान्वयनमा लैजाने साथै
अनुगमनको क्रममा देखिएका कमिकमजोरी, हरुलाई आगामी दिनहरुमा सुधार गर्दौ लैजाने प्रतिबद्दता समेत गरियो।
अनुगमनमा आई आफ्नो अमुल्य सुझाब सल्लाह दिनुभएकोमा शिक्षा शाखा प्रति बिद्यालय परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ।

कक्षा ११ को वार्षिक परिक्षाको नतिजा प्रकाशन ।
11/06/2026

कक्षा ११ को वार्षिक परिक्षाको नतिजा प्रकाशन ।

“आजको प्रतिभा, भोलिको पहिचान। शुक्रवारिय कार्यक्रम अन्तर्गत सम्पन्न प्रतिभा पहिचान कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्...
06/06/2026

“आजको प्रतिभा, भोलिको पहिचान। शुक्रवारिय कार्यक्रम अन्तर्गत सम्पन्न प्रतिभा पहिचान कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्‍यो।”

Address

Silgadhi

Telephone

+9779848676896

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Sitaram Secondary School Uchchhakot Doti ,Nepal:

Shortcuts

Share