Ghaर

Ghaर Social Work
(1)

  सिमरा स्मार्ट पोलिक्लिनिक प्रा.लि.द्वारा प्रधानमन्त्री विपद् राहत कोषमा रु. ५१,१११ सहयोग साथै आवश्यक मेडिकल तथा First-...
31/08/2026

सिमरा स्मार्ट पोलिक्लिनिक प्रा.लि.द्वारा प्रधानमन्त्री विपद् राहत कोषमा रु. ५१,१११ सहयोग साथै आवश्यक मेडिकल तथा First-Aid सामग्री प्रदान गरिएको छ। 🤝
विपद्को यस कठिन समयमा यहाँहरूको सहयोगले धेरै पीडितलाई राहत पुग्नेछ।
सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो। 🇳🇵❤️

आज सोमबार: भगवान् पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏
31/08/2026

आज सोमबार: भगवान् पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏

प्रधानमन्त्रीका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९,४३५ जनाको उद्धार गरिएको छ भने राहत तथा उद्धारका लागि ...
30/08/2026

प्रधानमन्त्रीका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९,४३५ जनाको उद्धार गरिएको छ भने राहत तथा उद्धारका लागि ३९४ वटा हवाई उडान सञ्चालन भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २०,६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रधानमन्त्रीले विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन्। माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ भने विभिन्न विद्युत् आयोजना क्षेत्रबाट हेलिकप्टरमार्फत २७९ जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।

उनका अनुसार माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम गरिरहेका छन्। घटनास्थलमा विशेषज्ञसहित ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ। चिनियाँ विशेषज्ञ टोलीले सुरुङभित्र करिब ३ किलोमिटरसम्म खोजी गरे पनि हालसम्म मानिस फेला पर्न नसकेको प्रधानमन्त्रीले बताएका छन्।

बाढीबाट घाइते २६७ जनाको उद्धार गरी उपचार भइरहेको छ भने १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। रसुवा र नुवाकोटमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ र आइतबार मात्रै ३,४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

प्रधानमन्त्रीका अनुसार राहत कोषमा हालसम्म ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। साथै, भारत, चीन, अमेरिका, अष्ट्रेलिया, स्विट्जरल्यान्ड, एडीबी र विश्व बैंकलगायतबाट आर्थिक, प्राविधिक तथा मानवीय सहायता प्राप्त हुने क्रम जारी छ।

हालसम्म बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। पहिचान भएका शव आफन्तलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवको डीएनएसहित आवश्यक पहिचान विवरण सुरक्षित राखेर कानुनी प्रक्रियाअनुसार व्यवस्थापन भइरहेको उनले बताएका छन्।

भोलि बिहान ८ बजे देखि सिमरा चोक (राम मन्दिर) निर राहत संकलन कार्यक्रम रहेको हुदा ,सक्नु हुने सक्दो सहयोग गर्नु होला ।🙏🙏
30/08/2026

भोलि बिहान ८ बजे देखि सिमरा चोक (राम मन्दिर) निर राहत संकलन कार्यक्रम रहेको हुदा ,सक्नु हुने सक्दो सहयोग गर्नु होला ।🙏🙏

जन्मदिन मनाउने उत्कृष्ट तरिका ❤️🙏  आफ्नो खुसीलाई मात्रै सीमित नराखी विपत्तिमा परेका नागरिकको पीडामा साथ दिनु नै साँचो मा...
30/08/2026

जन्मदिन मनाउने उत्कृष्ट तरिका ❤️🙏
आफ्नो खुसीलाई मात्रै सीमित नराखी विपत्तिमा परेका नागरिकको पीडामा साथ दिनु नै साँचो मानवता हो।
रुसुवा बाढीपीडितका लागि आफ्नो जन्मदिनको अवसरमा ११ लाख रुपैयाँ सहयोग गर्नुहुने नेपोभिट टायल्सका सञ्चालक शम्भुनाथ झाज्यूलाई हार्दिक सम्मान तथा धन्यवाद। 🙏
यस्तो मानवीय सहयोगले पीडित परिवारलाई राहत मात्र होइन, आशा र हौसला पनि दिन्छ।
समाज परिवर्तनका लागि सहयोगी हातहरू अझै धेरै बढून्। ❤️🇳🇵
#मानवता #राहत #बाढीपीडित #शम्भुनाथझा #सहयोग

  हार्दिक अपिल 🙏बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ३ हाल रौतहटको गुजरा नगरपालिका - ४ जंगलसहिया निवासी सामन्त पौडेल (४० ...
30/08/2026


हार्दिक अपिल 🙏

बाराको जीतपुरसिमरा उपमहानगरपालिका – ३ हाल रौतहटको गुजरा नगरपालिका - ४ जंगलसहिया निवासी सामन्त पौडेल (४० वर्ष) रसुवाको मैलुङस्थित २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा क्रेन अपरेटरका रूपमा कार्यरत भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। उहाँबारे कुनै सूचना वा जानकारी भएमा 9860323067 मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।।

राहात वितरण डुमरवाना युवा समाज र डुमरवाना साइकल समुह को संयुक्त टिम  यो उदाहरणिय कार्यप्रती अत्यन्तै खुशी भएका छौं यस् क...
30/08/2026

राहात वितरण डुमरवाना युवा समाज र डुमरवाना साइकल समुह को संयुक्त टिम यो उदाहरणिय कार्यप्रती अत्यन्तै खुशी भएका छौं यस् कार्यमा जुट्नुहुने सम्पूर्ण सहयोगि हातहरुलाई हृदय देखि संमान व्यक्त गर्छु, साथै Uttam Karki , Bikesh Gupta, Subhash Shrestha , Prakash Shrestha धन्यवाद यो अभियानमा साथदिनुहुनि सबैजनालाइ । बिशेष धन्यवाद ❤️🙏

30/08/2026

डुमरवाना बासिहरुबाट बाडिपिडिटलाइ सानु सहयोग धन्यवाद यो अभियानमा साथदिनुहुनि सबैजनालाइ । बिशेष धन्यवाद युवा समाज डुमरवाना र डुमरवाना साइकल यसोसियसन 🙏🙏

Video: Kapil kharel

Last round कस्तो लाग्यो त ? 🔥
28/08/2026

Last round कस्तो लाग्यो त ? 🔥

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵
28/08/2026

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵

Address

Simara

Alerts

Be the first to know and let us send you an email when Ghaर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category