गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli

  • Home
  • Nepal
  • Sindhuli
  • गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli

गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli स्थानीय तहको सूचना तथा सेवाहरूमा आम जनताको पहुँचमा अभिवृद्धि गर्ने ( गोलन्जोर गाउँपालिकाको आधिकारिक फेसबुक पेज)

विद्यालय बन्द गर्ने सम्बन्धमा।
24/09/2026

विद्यालय बन्द गर्ने सम्बन्धमा।

सूचना ।
23/09/2026

सूचना ।

 #हार्दिक_बधाई_तथा_सम्मान_समारोह 🎉सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहहरु मध्ये गोलन्जोर गाउँपालिका स्वास्थ्यमा प्रथम स्थ...
23/09/2026

#हार्दिक_बधाई_तथा_सम्मान_समारोह 🎉

सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहहरु मध्ये गोलन्जोर गाउँपालिका स्वास्थ्यमा प्रथम स्थान हासिल गर्न सफल भएको उपलक्ष्यमा गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्य संस्था प्रमुखहरुलाई गाउँपालिका अध्यक्षज्यू तथा उपाध्यक्षज्यूबाट हार्दिक बधाई तथा सम्मान व्यक्त गरिएको हो।

साथै, आगामी दिनहरूमा समेत यस गौरवपूर्ण उपलब्धिलाई निरन्तरता दिँदै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा थप उत्कृष्ट कार्य गर्न अनुरोध गर्नुभएको थियो।

23/09/2026

#भारी_वर्षाको_पूर्वसूचना_तथा_उच्च_सतर्कताको_अपिल!
मौसम बुलेटिन अनुसार आगामी आश्विन ९ देखि ११ गतेसम्म देशभर भारीदेखि धेरै भारी वर्षा भई सुनकोशी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकोले जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा खुर्कोट तथा सुनकोशी तटीय क्षेत्रमा माइकिङ गरी उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
#हामीले ध्यान दिनुपर्ने कुराहरू:
नदी तटीय क्षेत्र तथा बाढीको जोखिम भएका स्थानबाट तत्काल सुरक्षित/अग्लो स्थानमा सरौँ।
साना बालबालिका, वृद्धवृद्धा र अशक्तहरूको विशेष ख्याल गरौँ।
महत्त्वपूर्ण कागजात, औषधि र अत्यावश्यक सामान तयारी अवस्थामा राखौँ।
कुनै पनि आपत्कालीन अवस्थामा तुरुन्त नजिकैको सुरक्षा निकाय वा स्थानीय प्रतिनिधिमा सम्पर्क गरौँ।
तपाईंको सुरक्षा नै पहिलो प्राथमिकता हो। पूर्वतयारी गरौँ, सुरक्षित बनौँ!

📢 अत्यन्त जरुरी सूचना: गोलन्जोर गाउँपालिका  बासी सम्पुर्णमा उच्च सतर्कता अपनाउन अनुरोध! 📢जल तथा मौसम विज्ञान विभागको मौस...
23/09/2026

📢 अत्यन्त जरुरी सूचना: गोलन्जोर गाउँपालिका बासी सम्पुर्णमा उच्च सतर्कता अपनाउन अनुरोध! 📢
जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन अनुसार आगामी आश्विन ९ गते शुक्रबारदेखि आश्विन ११ गते आइतबारसम्म देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सिन्धुली जिल्लाका विभिन्न स्थानहरूमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भई भू-क्षय, बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले सम्पूर्ण आम सर्वसाधारणलाई उच्च सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरिन्छ।

⚠️ अपनाउनुपर्ने सतर्कता र पूर्वतयारीहरू:

नदी, खोला किनार, भीरपखेरा तथा डुबान सम्भावित क्षेत्रमा विशेष सावधानी अपनाउनुहोस्।

जोखिमको सङ्केत देखिनेबित्तिकै नजिकैको सुरक्षित स्थानमा जानुहोस् र स्थानीय तह वा सुरक्षा निकायमा सम्पर्क गर्नुहोस्।

अति आवश्यक कामबाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्नुहोस्।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनुहोस्।

पशुपन्छी, खाद्यान्न, औषधि तथा महत्त्वपूर्ण कागजातहरू सुरक्षित स्थानमा राख्नुहोस्।
📞 आपत्कालीन सम्पर्क नम्बरहरू:
🔹 वर्षा र बाढीसम्बन्धी जानकारी: ११५५
🔹 नेपाल प्रहरी: १००
🔹 सशस्त्र प्रहरी बल: १११४
🔹 जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४
सुरक्षित रहौँ, सतर्क बनौँ! 🙏

22/09/2026
🏆 गोलन्जोर गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा गौरवपूर्ण उपलब्धि! सिन्धुली जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्...
21/09/2026

🏆 गोलन्जोर गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा गौरवपूर्ण उपलब्धि!
सिन्धुली जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचक तथा कार्यक्रमको मूल्याङ्कनमा गोलन्जोर गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ।

यो उपलब्धि स्वास्थ्य क्षेत्रमा निरन्तर खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, जनप्रतिनिधि तथा सम्बन्धित सबैको सामूहिक मेहनत, समर्पण र सेवाभावको परिणाम हो।
यस गौरवपूर्ण उपलब्धिका लागि सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगी हातहरूप्रति गोलन्जोर गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ। 🙏❤️
आगामी दिनमा पनि अझ उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै नयाँ उपलब्धिहरू हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
🏆 प्रथम स्थान — गोलन्जोर गाउँपालिका
“स्वस्थ नागरिक, समृद्ध गोलन्जोर” ❤️🇳🇵

कृषि विकास कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना!
18/09/2026

कृषि विकास कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना!

आइपिएम कृषक पाठशाला सञ्चालन सम्बन्धीको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना!!!
18/09/2026

आइपिएम कृषक पाठशाला सञ्चालन सम्बन्धीको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना!!!

Address

Gwaltar
Sindhuli

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when गोलन्जोर गाउँपालिका/Golanjor Rural Municipality Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share