Shiva Yadav

Shiva Yadav नवराजपुर गाउँपालिका अध्यक्ष
सिरहा

29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना! 🇳🇵

जनताको त्याग, संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गौरवमय अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

जय नेपाल !🇳🇵

यसै वर्षभित्र सम्पूर्ण नवराजपुर गाउँपालिका उज्यालो बनाउने हाम्रो दृढ अपेक्षा रहेको छ।हाम्रो प्राथमिकतामा परेको “उज्यालो ...
26/04/2026

यसै वर्षभित्र सम्पूर्ण नवराजपुर गाउँपालिका उज्यालो बनाउने हाम्रो दृढ अपेक्षा रहेको छ।

हाम्रो प्राथमिकतामा परेको “उज्यालो नवराजपुर” निर्माण गर्ने महत्वाकांक्षी अभियान अन्तर्गत ५० वटा हाई मास्ट लाइट जडान कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। जसअन्तर्गत हालसम्म ३५ वटा हाई मास्ट लाइट सफलतापूर्वक जडान भई प्रज्वलन भइसकेका छन्। यी लाइटहरूले गाउँका सडक, चोक, सार्वजनिक स्थल, बस्ती तथा बजार क्षेत्रहरूमा उज्यालो थप्दै स्थानीय बासिन्दाहरूमा सुरक्षा र सहजताको अनुभूति दिलाएका छन्। बाँकी रहेका लाइटहरू पनि छिट्टै जडान गर्ने कार्य द्रुत गतिमा जारी रहेको छ।

यस योजनाले केवल उज्यालो मात्र थप्ने होइन, विकास र समृद्धिको मार्गमा नवराजपुर गाउँपालिकालाई अगाडि बढाउने महत्वपूर्ण आधारको रूपमा समेत काम गर्नेछ। रातको समयमा हुने दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रणमा सहयोग तथा आर्थिक र सामाजिक गतिविधिको विस्तारमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

हामी सबैको सहकार्य र साथले यसै वर्षभित्र नवराजपुर गाउँपालिका पूर्ण रूपमा उज्यालो बनाउने लक्ष्य अवश्य पूरा हुनेछ भन्नेमा हामी विश्वस्त छौं। “उज्यालो नवराजपुर, सुरक्षित र समृद्ध नवराजपुर” भन्ने नारालाई सार्थक बनाउँदै विकासको यस यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।

हजारौँ हातहरूको भरोसा, शक्तिस्वरूपा माता हजारीको दिव्य सानिध्यमा,मन्त्रमुग्ध भजन र अखण्ड नाम संकीर्तनको गुञ्जनका साथ,पवि...
19/04/2026

हजारौँ हातहरूको भरोसा, शक्तिस्वरूपा माता हजारीको दिव्य सानिध्यमा,
मन्त्रमुग्ध भजन र अखण्ड नाम संकीर्तनको गुञ्जनका साथ,
पवित्र प्राङ्गणमा अष्टयाम महायज्ञ सफलतापूर्वक सुसम्पन्न भएको छ।

माताको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्,
भक्तिभावको यो ज्योति हाम्रो मनमा सधैँ प्रज्वलित रहिरहोस्।

जय माता हजारी!

मातृदेवो भव।नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रिया।।मातुः कृपया सर्वं सुल...
17/04/2026

मातृदेवो भव।
नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राणं, नास्ति मातृसमा प्रिया।।
मातुः कृपया सर्वं सुलभं भवति।।

आमा देवतासरह पूजनीय हुनुहुन्छ। आमाजस्तो शीतल छाया, सही मार्गदर्शन, रक्षा र प्रियता अरू कसैबाट प्राप्त हुँदैन। आमाको कृपाले जीवनका सबै कार्य सहज र सफल बन्छन्।

मातातीर्थ औंसीको पावन तथा पवित्र अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक श्रद्धा, सम्मान तथा मंगलमय शुभकामना व्यक्त गर्दछु। आमा :- ममता, त्याग, सहनशीलता र प्रेरणाको अद्वितीय स्रोत हुनुहुन्छ।

यस पावन दिनले आमाप्रति सम्मान, कृतज्ञता र सेवाभावलाई अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछु। सम्पूर्ण मातृशक्तिको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछु।

शिव उदगार यादव
अध्यक्ष, नवराजपुर गाउँपालिका

15/04/2026

जुड शीतलको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

यो पर्वले शीतलता, सद्भाव र एकताको सन्देश फैलाओस्।

Address

Siraha

Telephone

+9779819975835

Website

Alerts

Be the first to know and let us send you an email when Shiva Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share