Siraha City

Siraha City Welcome to the OFFICIAL page of Siraha City & Sirahacity.blogspot.com
सिरहा स?
(265)

Welcome to the OFFICIAL page of Siraha City & Sirahacity.blogspot.com . It is news based Online Web Portal From Siraha City,Siraha, Nepal , Where You will get everything in one place, It includes latest News, local, National & International News, Entertainment /Movies, Sports, Information Technology, Health, Funny/Comedy, literature/views, sports & more…

“बिस्फोटक पदार्थ डिस्पोज गरेको सम्बन्धमा”
13/09/2026

“बिस्फोटक पदार्थ डिस्पोज गरेको सम्बन्धमा”

भोटेकोशी र त्रिशुली बाढीका मृतकप्रति सिरहामा श्रद्धाञ्जली अर्पण: दीप प्रज्वलन तथा मौन धारणसिरहा, २२ भदौ। भदौ १० गते रसुव...
07/09/2026

भोटेकोशी र त्रिशुली बाढीका मृतकप्रति सिरहामा श्रद्धाञ्जली अर्पण: दीप प्रज्वलन तथा मौन धारण

सिरहा, २२ भदौ। भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाउनेहरूप्रति नेपाल विद्युत प्राधिकरण, सिरहा वितरण केन्द्रले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
विपद घटनाको तेह्रौँ दिनको पुण्यतिथिको अवसर पारेर सोमबार सिरहा वितरण केन्द्रको प्राङ्गणमा विशेष श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा उपस्थित कार्यालयका प्रमुख तथा कर्मचारीहरूले दिवंगत आत्माहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुका साथै एक मिनेट मौन धारण गरेका थिए।

अर्को खुशीको खबर: त्रिशूली ३ ए बाट दोस्रो व्यक्तिको पनि उद्धार गरियो
04/09/2026

अर्को खुशीको खबर: त्रिशूली ३ ए बाट दोस्रो व्यक्तिको पनि उद्धार गरियो

चमत्कार, त्रिशूली ३ ए बाट एक जनाको उद्धार
04/09/2026

चमत्कार, त्रिशूली ३ ए बाट एक जनाको उद्धार

सिरहा नगरपालिका–४ रमौल गाउँबाट रसुवाका बाढीपीडितको सहयोगका लागि संकलन गरिएको रु. १३ लाख ४४ हजार ६०० रुपैयाँ प्रधानमन्त्र...
02/09/2026

सिरहा नगरपालिका–४ रमौल गाउँबाट रसुवाका बाढीपीडितको सहयोगका लागि संकलन गरिएको रु. १३ लाख ४४ हजार ६०० रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरिएको छ।
रमौल गाउँवासीले केही दिनदेखि सञ्चालन गरेको सहयोग अभियानमार्फत संकलित रकम सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख को उपस्थितिमा आधिकारिक रूपमा प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको हो।
विपद्का कारण प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा रमौलका ज्येष्ठ नागरिक, युवा तथा सम्पूर्ण गाउँवासी सक्रिय रूपमा सहभागी भएका थिए। सामूहिक प्रयासबाट संकलित उक्त रकम बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

02/09/2026

प्रतिनिधि सभा लाइभ

सिरहाको चोहर्वामा ट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिएको छ।
27/08/2026

सिरहाको चोहर्वामा ट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिएको छ।

सिरहाको २ नं रोडमा रहेको ह्याप्पी ल्यान्ड स्कुलको बस स्कुल अगाडिको नालामा पल्टिँदा केहि बाल बालिका घाईते भएको छ। सवै बाल...
17/08/2026

सिरहाको २ नं रोडमा रहेको ह्याप्पी ल्यान्ड स्कुलको बस स्कुल अगाडिको नालामा पल्टिँदा केहि बाल बालिका घाईते भएको छ। सवै बालबालिका लाइ स्थानीयले मिलेर बसबाट निकालेको छ।

सिरहाको औरही गाउपालिका वडा नं. ३ मा मलखादको अभाव ।
07/08/2026

सिरहाको औरही गाउपालिका वडा नं. ३ मा मलखादको अभाव ।

लहानमा अवैध पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ​सिरहा, २० साउन । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले म्याग्ज...
05/08/2026

लहानमा अवैध पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

​सिरहा, २० साउन । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले म्याग्जिनसहितको पेस्तोल र ३ जना युवाहरूलाई नियन्त्रणमा लिएको छ।
​प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले साउन १९ गते राति करिब ११:०० बजे नियमित चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। लहान–२२ सलोखरी बस्ने २० वर्षीय सबरजीत दासले लगाएको पाइन्टको दाहिने गोजीबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पेस्तोल १ थान बरामद भएको प्रहरीले जनाएको छ।
​उक्त घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दासलाई समेत नियन्त्रणमा लिइएको छ।
​बरामद हतियारसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) रमेश बहादुर पालका अनुसार घटनाबारे गहन अनुसन्धान भइरहेको छ।

Address

Sagarmatha
Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Siraha City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Siraha City:

Shortcuts

Share