National Human Rights Commission of Nepal, Karnali Province, NHRC Surkhet

  • Home
  • Nepal
  • Surkhet
  • National Human Rights Commission of Nepal, Karnali Province, NHRC Surkhet

National Human Rights Commission of Nepal, Karnali Province, NHRC Surkhet National Human Rights Commission Nepal, Karnali Province Office, Birendranagar, Surkhet.

26/08/2026
मिति २०८३ भाद्न १० गते विपन्न  नागरिक सशत्तिकरण केन्द्र  सुर्खेतले आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेत कार्यालयमा ज्ञ...
26/08/2026

मिति २०८३ भाद्न १० गते विपन्न नागरिक सशत्तिकरण केन्द्र सुर्खेतले आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेत कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । विपन्न नागरिक सशत्तिकरण केन्द्रले विपन्न नागरिक सशत्तिकरण तथा स‍ंरक्षण ऐन तत्काल निर्माण गरियोस् भन्ने लगायतका विभिन्न १६ बुँदे मागहरु राखि राष्टीय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतका कार्यालय प्रमुख रमेश कुमार थापा समक्ष बुझाएका छन ।

२०८२ भाद्र २३ र २४ गते  भएको जेनजी आन्दोलन सम्बन्धी  राष्ट्रिय मानव अधिकार आयाेगकाे अनुसन्धानको पूर्ण प्रतिवेदन तत्काल  ...
26/08/2026

२०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयाेगकाे अनुसन्धानको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न अनुरोध गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल, जिल्ला सञ्जाल, मानव अधिकार तथा शान्ति समाज, मानव अधिकारका लागि एकल महिला समूह, उच्च अदादत वार एशाेसियसन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश तथा जिल्ला शाखा, बाल अधिकारका लागि साझा अभियान, जिल्ला अदालत वार एशाेसियसन, गैसस महासंघ, किडार्क, आवाज, सुन्दर नेपाल, नवज्योति केन्द्र, इन्द्रेणी आवाज, फेडाे, यूवा गैसस महासंघ, हामी यूवा क्लव, द्वन्द्व पीडित राष्ट्रिय महिला सञ्जाल, स्याक नेपाल, लगायत मानव अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आयोगका माननीय अध्यक्ष तपबहादुर मगरज्यूलाई सम्बाेधन गरिएकाे ज्ञापन पत्र बुझाएका छन । उक्त ज्ञापन पत्र राष्टिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतका कार्यालय प्रमुख रमेश कुमार थापामार्फत माननीय अध्यक्षज्यूसमक्ष बुझाएका छन ।

मिति २०८३ साउन २२ गते राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश, सुर्खेत कार्यालयमा Surkhet Model School कक्षा १० मा अध्...
13/08/2026

मिति २०८३ साउन २२ गते राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश, सुर्खेत कार्यालयमा Surkhet Model School कक्षा १० मा अध्यनरत २३ जना छात्र छात्राहरुले कार्यालय तथा पुस्ताकालयको अवलोकन गरेका छन । अवलोकनको क्रममा विद्यार्थीहरुलाई आयोगको काम, कर्तव्य, क्षेत्राधिकार उजुरी अनुसन्धान प्रक्रियाका बारेमा जानकारी गराईएको थियो ।
र आयोगको कार्यालयको अवलोकन गरेका हुन । आयोगका कार्यालय प्रमुख श्री रमेश कुमार थापाको निर्देशानुसार मानव अधिकार अधिकृत सिर्जना श्रेष्ठले विद्यार्थीहरुलाई सहजता उपलब्ध गराउनु भएको हो ।
आयोगको प्रशासन शाखा, लेखा शाखा, उजूरी ग्रहरण कक्ष, कार्यालयमा कार्यरत मानव अधिकार अधिकृतहरुले मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि बमोजिमका ९ वटा विषयमा विषयगत अधिकृतहरुले गर्ने आ-आफ्नो काम, कर्तब्य र अधिकारको सम्बन्धमा जानकारी गराईएको हो । उजूरी ग्रहण कक्षमा कस्ता कस्ता उजूरी साधरण र कस्ता कस्ता ढड्डा उजूरीमा जाने सम्बन्धमा समेत विद्यार्थीहरुलाई जानकारी गराईएको हो । विद्यार्थीहरुलाई आयोगको पुस्ताकालय, सभाहल, कार्यालय प्रमुखको कक्ष अवलोकन गर्ने अवसर प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई मानव अधिकार उल्लङघनका घटनाको सम्बन्धमा सोमोटो उजूरी ग्रहण गरी अनुसन्धान तथा अनुगमन गर्ने कार्य गरेको विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । विद्यार्थीहरुलाई मानव अधिकार, बाल अधिकार र शिक्षाको अधिकारका सम्बन्धमा जानकारी गराउनुका साथै आयोगले मानव अधिकार सम्वर्धन र सँरक्षणमा खेलेको भूमिकाका सम्बन्धमा आयोगबाट निर्माण गरिएको Victim Voice भिडियो मार्फत जानकारी गराइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहकार्यमा इन्सेक कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालयको...
13/08/2026

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहकार्यमा इन्सेक कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालयको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा मिति २०८३ साउन २७ गते सुर्खेतमा आयोजना गरिएको मानव अधिकार सम्मेलनमा आयोगबाट प्रकासित मानव अधिकार सम्बन्धी जानकारीमूलक विभिन्न प्रकाशनहरु वितरण गरिएको थियो । उत्त सम्मेलनमा कर्णाली प्रदेशका विभिन्न १० जिल्लाका मानवअधिकार रक्षकहरु सहित १८० जनाको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेश स्तरिय मानव अधिकार सम्मेलन सम्पन्न राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहकार्यमा...
13/08/2026

कर्णाली प्रदेश स्तरिय मानव अधिकार सम्मेलन सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहकार्यमा इन्सेक कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालयको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा मिति २०८३ साउन २७ गते सुर्खेतमा कर्णाली प्ररदेश स्तरिय मानव अधिकार सम्मेलन सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मानव अधिकारको संरक्षण, संवर्धन र नागरिकलाई न्यायको अनुभूति दिलाउन राज्यका सबै तह गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कर्णाली प्रदेशस्तरीय मानव अधिकार सम्मेलनको उद्घाटन गर्दै उनले मानव अधिकारको प्रत्याभूति व्यवहारमै सुनिश्चित गर्न सरकार, नागरिक समाज, मानव अधिकारकर्मी र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनु भयो।
सम्मेलनमा कर्णालीमा भौगोलिक विकटता, गरिबी, सामाजिक विभेद, कमजोर पूर्वाधार तथा शिक्षा र स्वास्थ्य सेवामा असमान पहुँचका कारण नागरिकका आधारभूत अधिकार प्रभावित भइरहेको विषयमा चर्चा गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवं इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानव अधिकारको संवैधानिक तथा कानुनी प्रत्याभूति व्यवहारमा कार्यान्वयन हुनुपर्ने र पीडितले न्याय पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारको विषय समय परिवेश अनुसार बदलिएको भन्दै पहिलेभन्दा अहिले धेरै अवसरहरु रहेको औंल्याउनुभयो ।
इन्सेकका अध्यक्ष विजयराज गौतमले कर्णालीमा मानव अधिकार संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य, साझा प्रतिबद्धता र जवाफदेहिता आवश्यक रहेको बताउनु भयो । अध्यक्ष गौतमले इन्सेकले देशका विभिन्न प्रदेशहरुमा मानव अधिकार सम्मेलनको आयोजना गरिरहेको बताउँदै वर्तमान अवस्थामा मानव अधिकारको संरक्षण र संवर्धनमा राज्य जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश मामिला समिति सभापति कल्याणी खड्काले मानव अधिकार संरक्षण, सामाजिक न्याय र समानताका विषयमा राज्यका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै मानव अधिकारका सवालमा तीनै तहका सरकार जावफदेहि हुनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास मन्त्रालयकी सचिव रोसनी कुमारी श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको अधिकार लगायत सामाजिक अधिकारका सवालमा राज्यको जिम्मेवारी र सेवा पहुँच विस्तार गर्नुपर्ने भन्दै नागरिकले पनि ती अधिकारका लागि निरन्तर आवाज उठाउनुपर्ने बताउनु भयो ।
सम्मेलनमा मानव अधिकारको संरक्षण र संवर्धनका लागि राज्यको जवाफदेहिता बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । सम्मेलनमा कर्णाली प्रदेशमा मानव अधिकारको समग्र अवस्था, बालबालिकाको अधिकार तथा संरक्षण, बालविवाह, डिजिटल सुरक्षा, जलवायु परिवर्तनको प्रभाव र मानव अधिकार रक्षकको अवस्था तथा चुनौतीलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले कर्णाली प्रदेशको समग्र मानव अधिकार अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । । त्यसैगरी किशोरकिशोरीको अधिकार र संरक्षण र बालविवाहको बहुआयामिक प्रभावका विाष्यमा यूनिसेफका कर्णाली प्रदेश कार्यालयका प्रमुख दिपक श्रेष्ठ र आवाज संस्थाकी निर्देशक पवित्रा शाही, डिजिटल सेफ्टी, डिजिटल सिटिजनसीप तथा बालबालिकाको सहभागिताका विषयमा सेभ द चिल्ड्रेनका सरोज केसी, कर्णालीमा जलवायु परिवर्तन र त्यसले पारेको प्रभावका विषयमा रोयम नेपालका लुवराज न्यौपाने र कर्णालीमा मानव अधिकार रक्षकको अवस्था, चुनौती र रक्षकको कानुन निर्माणमा भएका प्रयासका विषयमा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले प्रस्तुतिकरण गरेका थिए । जलवायु परिवर्तनलाई पनि मानव अधिकारको महत्वपूर्ण सवालका रूपमा उठाएको छ । बाढी, पहिरो, खडेरी, हिमपात, आगलागी तथा अन्य जलवायुजन्य विपद्का कारण कर्णालीका नागरिकको जीवन, जीविकोपार्जन र सम्पत्तिमा असर परिरहेको भन्दै विपद् न्यूनीकरण, पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
सम्मेलनबाट कर्णाली प्रदेशको मानव अधिकार संरक्षणका लागि १५ बुँदे घोषणा–पत्रसमेत जारी गरिएको छ । ‘अधिकार, समानता, न्याय र सम्मानसहितको समृद्ध कर्णाली’ भन्ने नारासहित जारी घोषणा–पत्रमा प्रत्येक नागरिकको जीवन र मर्यादाको अधिकार सुनिश्चित गर्नेदेखि दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, महिला तथा बालबालिकामाथिको हिंसा अन्त्य, जातीय विभेद र छुवाछूतको अन्त्य तथा खाद्य सुरक्षा र सामाजिक सुरक्षालाई अधिकारका रूपमा सुनिश्चित गर्न माग गरिएको छ । घोषणा–पत्रले युवाका लागि रोजगारी र अवसर सिर्जना, सुरक्षित आप्रवासन, दुर्गम क्षेत्रमा न्यायको पहुँच, अपाङ्गता भएका व्यक्तिको अधिकार, प्राकृतिक स्रोत संरक्षण, विकासको अधिकार, विपद् तथा जलवायु संकटबाट नागरिकको सुरक्षा र भ्रष्टाचारमुक्त तथा जवाफदेही शासनको मागसमेत गरेको छ । मानव अधिकार रक्षक, पत्रकार, नागरिक समाज तथा सामाजिक अभियन्ताको सुरक्षा र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ । सम्मेलनमा कर्णालीलाई भौगोलिक विकटताका कारण अधिकारबाट वञ्चित हुने प्रदेश नभई अधिकारको सम्मान र सामाजिक न्यायको उदाहरण प्रदेशका रूपमा विकास गर्नुपर्ने साझा धारणा व्यक्त गरिएको थियो । संविधानप्रदत्त मौलिक हक, मानव अधिकारका विश्वव्यापी मूल्य, सामाजिक न्याय, समानता, समावेशिता, सुशासन र दिगो विकासका सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मानव अधिकार संस्था, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको घोषणा–पत्रमा उल्लेख छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटा, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापा, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकाललगायतको सहभागिता थियो । सम्मेलनमा विभिन्न क्षेत्रबाट करिब १ सय ८० जनाको सहभागिता रहेको थियो ।

https://www.yugnews.com/2026/13/147585/?fbclid=IwY2xjawTqInFwZG9mAWV4dG4DYWVtAjExAGJyaWQRMTJxOVhkbmFreXlRQUF3V3pzcnRjBmF...
13/08/2026

https://www.yugnews.com/2026/13/147585/?fbclid=IwY2xjawTqInFwZG9mAWV4dG4DYWVtAjExAGJyaWQRMTJxOVhkbmFreXlRQUF3V3pzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEezxU67yt6EH6o5FFdzf9LolteBl6-I0qA01lHIK08L9dP0dGWue30M8AhcrI_aem_po112BoRQPfNxGxD1mUzqg

सुर्खेत, २८ साउन । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मानव अधिकारको संरक्षण, संवद्र्धन र नागरिकलाई न्यायको अनु...

04/08/2026

https://nhrcnepal.org/uploads/sambahak/260713123035__sambahakvol_26_final_compressed.pdf

Address

Birendranagar
Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when National Human Rights Commission of Nepal, Karnali Province, NHRC Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share