सुर्खेत जिल्ला अदालत बार एशोसिएशन

  • Home
  • Nepal
  • Surkhet
  • सुर्खेत जिल्ला अदालत बार एशोसिएशन

सुर्खेत जिल्ला अदालत बार एशोसिएशन Birendranagar Surkhet

22/08/2026

अध्यक्षज्युको सम्बोधन ।

न्यायाधीश तथा न्याय क्षेत्रका सरोकारवालाहरुसँग परामर्श कार्यक्रमसहआयोजकका तर्फबाट सुर्खेत जिल्ला अदालत बार।
22/08/2026

न्यायाधीश तथा न्याय क्षेत्रका सरोकारवालाहरुसँग परामर्श कार्यक्रम
सहआयोजकका तर्फबाट सुर्खेत जिल्ला अदालत बार।

नेपाल कानुन व्यवसायी परिषदको ३३ औं परिषद स्थापना दिवस एवं आत्म मुल्यांकन कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न भ...
15/08/2026

नेपाल कानुन व्यवसायी परिषदको ३३ औं परिषद स्थापना दिवस एवं आत्म मुल्यांकन कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न भएको छ । नेपाल कानुन व्यवसायी परिषद कर्णाली प्रदेश सम्पर्क कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल कानुन व्यवसायी परिषद कर्णाली प्रदेशका पार्षद सदस्य अधिवक्ता मातृकाप्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि उच्च अदालतका माननीय न्यायाधिश हरिप्रसाद जोशी विशेष अतिथिहरुमा उच्च अदालत सुर्खतका माननीय न्यायाधिश खेमराज भट्ट सुर्खेत जिल्ला अदालतका माननीय न्यायाधिश दिलिपराज पन्त नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता विवसकुमार बस्नेत अतिथिहरुमा वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धर वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाल वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठ वरिष्ठ अधिवक्ता विष्णु प्रसाद तिमिल्सेना मुख्य न्यायाधिवक्ताको कार्यालयका प्रमुख उप न्यायाधिवक्ता डम्बरप्रसाद काफ्ले जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख जिल्ला न्यायाधिवक्ता तुलसा भण्डारी उच्च अदालत बार एशोसिएसन सुर्खेतका अध्यक्ष अधिवक्ता हिमालयजंग शाही सुर्खेत जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता मोतिराम शर्मा नेपाल कानुन व्यवसायी परिषदका पुर्व पार्षद अधिवक्ता रामबाबु वि सी नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष अधिवक्ता उत्तमप्रसाद आचार्य पुर्व मुख्य न्यायाधिवक्ता अधिवक्ता विद्याभुषण मानन्धर रहनुभएको थियो । सुर्खेत जिल्ला अदालत बार एशोसिएसनका सचिव अधिवक्ता खगेन्द्र बहादुर खनालले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उच्च अदालत बार एशोसिएसन सुर्खेतका सचिव अधिवक्ता सविता शाहले गर्नुभएको थियो । पार्षद मातृकाप्रसाद खनालले नेपाल कानुन व्यवसायी परिषदका गतिविधिहरुसहित कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो भने अन्तरक्रियात्मक छलफलमा सहभागी कानुन व्यवसायीहरुले परिषदका गतिविधिका सम्बन्धमा जिज्ञासा व्यक्त गर्नुभएको थियो । वक्ताहरुले परिषद्को स्थापना दिवसका साथै आत्म मुल्यांकन कार्यक्रम भएकाले सम्पुर्ण कानुन व्यवसायीहरु आफुले गरेको गतिविधिका सम्बन्धमा जानकार रहेकाले एकपटक आफैले समिक्षा गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कानुन व्यवसायी परिषदले जारी गरेका आचारसंहिताको अक्षरस पालना गरी गुणस्तरीय र जवाफदेही भएर सेवा प्रदान गरेमात्र स्थापना दिवस मनाउनुको औचित्य हुनेमा अधिकांश वक्ताहरुले जोड दिनुभएको थियो । बार एशोसिएसन सुर्खेतको हलमा सम्पन्न कार्यक्रममा उच्च र जिल्ला बार सँग आवद्ध कानुन व्यवसायीका साथै उच्च अदालत सुर्खेत सुर्खेत जिल्ला अदालत उच्च सरकारी वकिल कार्यालय सुर्खेत मुख्य न्यायाधिवक्ता कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

नेपाल कानुन व्यवसायी परिषदको ३३ अौ स्थापना दिवस सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
15/08/2026

नेपाल कानुन व्यवसायी परिषदको ३३ अौ स्थापना दिवस सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ।

15/08/2026
नेपाल कानुन व्यवसायी परिषदको ३३ अौ स्थापना दिवसका अवसरमा कर्णाली प्रदेश सम्पर्क कार्यालयको आयोजनामा सम्पन्न हुने कार्यक्...
14/08/2026

नेपाल कानुन व्यवसायी परिषदको ३३ अौ स्थापना दिवसका अवसरमा कर्णाली प्रदेश सम्पर्क कार्यालयको आयोजनामा सम्पन्न हुने कार्यक्रममा उपस्थितका लागि निमन्त्रणा गरि समन्वय गरिदिने सम्बन्धमा सुचना प्रवाह गरिदिन कर्णाली प्रदेशका पार्षद ज्युबाट अनुरोध भएकोले तपसिल बमोजिम उपस्थितिका लागि सम्पूर्ण वरिष्ठ अधिवक्ता,नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष,नेपाल कानुन व्यवसायी परिषदका पुर्व पार्षद,कर्णाली प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता,जिल्ला र उच्च बारका पदाधिकारी सदस्यहरु एवं सुर्खेतमा रहि क्रियाशील रुपमा कानुन व्यवसाय गर्नुहुने सम्पूर्ण कानुन व्यवसायीज्युहरुमा हार्दिक निमन्त्रणा गरिन्छ ।
तपसिल
मिति समय:२०८३/४/३० गते बिहान ८ बजे
स्थान : बार भवन सभाहल सुर्खेत
सचिव
सुर्खेत जिल्ला अदालत बार एशोसिएसन

कार्यक्रमको तयारी पुरा भएको छ।
14/08/2026

कार्यक्रमको तयारी पुरा भएको छ।

Address

Karnali Province
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when सुर्खेत जिल्ला अदालत बार एशोसिएशन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share