05/09/2026
मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न:
=========================================
२० भदौ २०८३, स्याङ्जा
मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको अवसरमा आज मिति २०८३।०५।२० गते जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक आशिष श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. २, देवीस्थानमा स्थानीयवासीहरूको उपस्थितिमा मानव बेचबिखन विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको, कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारका कारण, जोखिम, रोकथामका उपाय तथा यसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीयवासीहरूलाई जानकारी गराई सचेतना अभिवृद्धि गरिएको थियो ।