पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official

  • Home
  • Nepal
  • Syangja
  • पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official

पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official पुतलीवजार नगरपालिका स्याङ्जा जिल्ला?
(1)

पुतलीबजार नगरपालिकाको परिचय
Configure
पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्थित नगरपालिका हो | यस नगरपालिका साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर २०५३ सालमा स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहक

ोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

भौगोलिक अवस्थिति : पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका

उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका

जनसंख्या : नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकामा ४४८७६ जनाको बसोबास रहेको छ | (२०६८को जनगणना अनुसार)

क्षेत्रफल : नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४६.२१ वर्ग मिटर रहेको छ |
www.putalibazarmun.gov.np

04/09/2026
04/09/2026

पुतलीबजारबाट रसुवाका बाढीपीडितसम्म राहत : संकलित सामग्री वितरणको तयारी, विपद्मा मानवीयताको बलियो हातेमालो

भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा भएका बाढी, पहिरो र प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगका लागि पुतलीबजार नगरपालिकाले खरिद गरेको तथा पुतलीबजार कपडा बैंक र लत्रेपिपल क्लबको अनुरोधमा सञ्चालन गरिएको राहत सामग्री सङ्कलन अभियानबाट जुटाइएका सामग्री अब रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका प्रभावित परिवारसम्म पुर्‍याउने तयारी गरिएको छ।

विपद्को पीडामा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा लत्ताकपडा, खाद्यान्न तथा भाँडाकुँडा लगायतका राहत सामग्री सङ्कलन गरिएको थियो। सङ्कलित सामग्रीलाई व्यवस्थित गरी प्रभावित परिवारसम्म सुरक्षित र प्रभावकारी रूपमा पुर्‍याउने तयारी अघि बढाइएको हो। राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ जाने टोलीको नेतृत्व पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले गर्नुभएको छ। सो टोलीमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, लत्रेपिपल क्लबका अध्यक्ष तथा पुतलीबजार कपडा बैंक तथा राहत सामग्री वितरण र संकलन अभियानका संयोजक मनोज मल्ल, पुतलीबजार नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्र अर्याल, विधान समिति संयोजक मुबारक मियाँ, लत्रेपिपल क्लब सदस्य डम्बरबहादुर मल्ल, पत्रकार पवन मरासिनी, मदन थापा, हुमनाथ अधिकारी लगायत सहभागी छन्।

यस अभियानलाई केवल राहत सामग्री हस्तान्तरणको कार्यका रूपमा मात्र नभई विपद्मा स्थानीय सरकार, सामाजिक संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा आम नागरिकबीचको सहकार्य र मानवीय एकताको उदाहरणका रूपमा समेत हेरिएको छ। विपद्को समयमा राज्यका संयन्त्रसँगै समाजका विभिन्न तह र समुदाय एक ठाउँमा उभिँदा पीडित परिवारमा राहतसँगै भरोसा र अपनत्वको अनुभूति पुग्ने विश्वास अभियानमा संलग्नहरूको छ।
विशेषगरी, आफ्ना आवश्यकता र व्यस्तताबीच पनि प्रभावित परिवारको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्ने सहयोगी मन, आत्मीयजन, शुभेच्छुक, स्वयंसेवक तथा अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति हार्दिक धन्यवाद।

विपद्ले घर, सम्पत्ति र जीवनका धेरै आधारहरू खोस्न सक्छ, तर कठिन समयमा समाजले देखाउने सहयोग, सद्भाव र मानवीयताले पीडितलाई फेरि उठ्ने हिम्मत दिन सक्छ। यही भावनालाई आत्मसात् गर्दै पुतलीबजारबाट सङ्कलित राहत सामग्री रसुवाका प्रभावित परिवारसम्म पुर्‍याउन लागिएको हो। दुःखमा साथ दिनु सहयोग गर्नु मात्र होइन, पीडामा रहेका मानिसलाई ‘तिमी एक्ला छैनौ, हामी साथमा छौँ’ भन्ने भरोसा दिलाउनु पनि हो। यही मानवीय भावनासहित सञ्चालन भएको अभियानमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति पुनः हार्दिक धन्यवाद ।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना   ।
03/09/2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

नगर विकास समितिको जग्गा खाली गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।
02/09/2026

नगर विकास समितिको जग्गा खाली गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

02/09/2026
ल्याब सेवा संचालन सम्बन्धमा ।
02/09/2026

ल्याब सेवा संचालन सम्बन्धमा ।

आर्थिक वर्ष २०८३/८४ को ढुंगा गिट्टी बालुवा उत्खनन गरी विक्री गर्ने कार्यको बोलपत्र आव्हान सम्बन्धी सूचना  ।
02/09/2026

आर्थिक वर्ष २०८३/८४ को ढुंगा गिट्टी बालुवा उत्खनन गरी विक्री गर्ने कार्यको बोलपत्र आव्हान सम्बन्धी सूचना ।

दररेट पेशग गर्ने सम्बन्धमा ।
01/09/2026

दररेट पेशग गर्ने सम्बन्धमा ।

Address

Putalibazar
Syangja
33800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779856075111

Alerts

Be the first to know and let us send you an email when पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official:

Shortcuts

Share