जन चाहना न्युज

जन चाहना न्युज To public services. https://janachahana.com/

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा दमौलीका कृष्णचन्द्र पाण्डेसहित रेडक्रसको टोली  #भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई र...
04/09/2026

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा दमौलीका कृष्णचन्द्र पाण्डेसहित रेडक्रसको टोली

#भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत वितरण गर्न नेपाल रेडक्रसका स्वयंसेवकहरू दिनभर खटिएका छन्।
भदौ १८ गते बिहीबार तनहुँ दमौलीका कृष्णचन्द्र पाण्डेसहितको टोलीले धादिङको गजुरीका बाढीपीडित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेका थिए। विपद्का कारण प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै स्वयंसेवकहरूले राहत सामग्री वितरणसँगै मानवीय सेवामा निरन्तर योगदान पुर्‍याइरहेका छन्।
बाढीपीडितको कठिन परिस्थितिमा स्वयंसेवकहरूको सक्रियताले राहत तथा मानवीय सहयोगलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको छ।

04/09/2026

आज त्रिशुली ३ ए बाट उद्दार गरिएका संजय साह भन्छन भित्र महामन्त्र जप गरेर बसेको थिए ||
#जनचाहना न्यूज

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तनहुँका उपाध्यायको आज अन्त्येष्टि  तनहुँ १९ भदौ   गोरखापत्र संस्थानका पूर्व महाप्र...
04/09/2026

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तनहुँका उपाध्यायको आज अन्त्येष्टि
तनहुँ १९ भदौ
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायको बुधबार वीरगञ्जमा निधन भएको थियो।
परिवारजन, आफन्त, स्थानीयवासी र शुभेच्छुकहरुको उपस्थितिमा सतिघाट मर्स्याङ्दी नदी किनारस्थित घाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको हो। उहाँका छाेरा स्पन्दन उपाध्ययले बुवाकाे पार्थिव शरीरमा दागबत्ती दिनुभएकाे थियाे ।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा भानु नपाका प्रमुख आनन्दराज त्रिपाठी , प्रेस रजिस्ट्रार बिमला भण्डारी , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी , पूर्व अध्यक्ष डम्बर अधिकारी , जनप्रतिनिधि , स्थानीय समाजसेवी लगाएतले श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा रहनुभएका उपाध्याय अस्पतालबाट गहवामाई मन्दिर दर्शनका लागि निस्किएको अवस्थामा बुधबार अचेत भेटिनुभएको र पछि निधन भएको परिवारले जनाएको छ।
उपाध्यायले गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नुका साथै ‘मधुपर्क’, ‘युवामञ्च’ लगायतका प्रकाशनको सम्पादन गर्नुभएको थियो।
२०२५ साल बैशाखमा जन्मनु भएका उहाँकाे बुधबार निधन भएकाे हाे । बुवा छायादत्त उपाध्यय एवं माता रमादेवीकाे काेखबाट जन्मनु भएका बसन्तकाे ४ जना दिदीबहिनी , १ जना भाइ, १ छाेरा र १ छाेरी हुनुहुन्छ ।

गृहमन्त्री सुदान गुरुङले त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएको बताएका छन्।सामाजिक सञ्जालमार्फत ...
04/09/2026

गृहमन्त्री सुदान गुरुङले त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले दुई जनाको जीवितै उद्धारले अझै आशाको किरण जीवितै राखेको बताएका छन्।

उनले कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।

गुरुङले उद्धारका लागि निरन्तर प्रयास गरिरहेका सागर ढकाल र श्रीराम न्यौपानेप्रति पनि उच्च कदर व्यक्त गरेका छन्।

उनका अनुसार उद्धार टोलीहरू अझै पनि सबै सुरुङमा निरन्तर रूपमा खटिरहेका छन्।

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृ!त्यु, दुई घा!इतेपोखरा । पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा शुक्रबार बि...
04/09/2026

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृ!त्यु, दुई घा!इते
पोखरा । पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारका चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

https://janachahana.com/content/13025भोटेकोशी बाढीबाट झन्डै चार खर्बको क्षति ः पुनःस्थापनामा ८ अर्ब आवश्यक पर्ने प्रारम्...
04/09/2026

https://janachahana.com/content/13025
भोटेकोशी बाढीबाट झन्डै चार खर्बको क्षति ः पुनःस्थापनामा ८ अर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान

काठमाडौँ १९ भदौसरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट करिब चार खर्ब रुपैयाँ बराबरको क्षति भएको प...

https://janachahana.com/content/13019तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले भने–त्रिशूली–३ ए सुरुङभित्रबाट मानिसको आवाज आयो...
04/09/2026

https://janachahana.com/content/13019
तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले भने–त्रिशूली–३ ए सुरुङभित्रबाट मानिसको आवाज आयो ः उद्धार कार्यमा तीव्र

दमौली १९ भदौत्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्....

https://janachahana.com/content/13017डिकुना टोल विकास संस्था र अनन्त व्यास आमा समूहद्वारा प्रधानमन्त्री राहत कोषमा ६६ हज...
03/09/2026

https://janachahana.com/content/13017
डिकुना टोल विकास संस्था र अनन्त व्यास आमा समूहद्वारा प्रधानमन्त्री राहत कोषमा ६६ हजार ५१० आर्थिक सहयोग

जनचाहना न्यूजदमौली १८ भदौजिल्लाको व्यासन नगरपालिका वडा नं १० स्थित डिकुना टोल विकास संस्था र अनन्त व्यास आमा समू...

https://janachahana.com/content/13018बेनीमित्र आधारभूत विद्यालयको सामाजिक परीक्षण ः आय–व्यय गरियो सार्वजनिक
03/09/2026

https://janachahana.com/content/13018
बेनीमित्र आधारभूत विद्यालयको सामाजिक परीक्षण ः आय–व्यय गरियो सार्वजनिक

जनचाहना न्यूजदमौली १८ भदौतनहुँको व्यास नगरपालिका१३, बेनीकोटस्थित श्री बेनीमित्र आधारभूत विद्यालयले आर्थिक वर.....

Address

Vyas/1
Tanahun

Alerts

Be the first to know and let us send you an email when जन चाहना न्युज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जन चाहना न्युज:

Shortcuts

Share

Category