17/08/2026
मृतक महिलाको शव पहिचान (सनाखत) को लागि सहयोग गरिदिनुहुन अनुरोध।🚨
मिति २०८३/०४/२२ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५, फायरलाइन स्थित सामुदायिक वन क्षेत्रमा पहिचान खुल्न नसकेको एक महिलाको शव फेला परेको हुँदा निजको पहिचान (सनाखत) गर्ने कार्य भइरहेको छ।
विशेषज्ञद्वारा तयार गरिएको मृतक महिलाको स्केच तथा थप तस्बिरहरू यस पोस्टमा राखिएको छ। उक्त स्केच/तस्बिर हेरी मृतक महिलालाई चिन्नुहुने व्यक्ति, आफन्तजन वा निजसँग सम्बन्धित कुनै जानकारी हुने महानुभावहरुले तत्काल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गरी पहिचान खुलाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
📞 सम्पर्क: जिल्ला प्रहरी कार्यालय मकवानपुर
मोबाइल नं.: ९८५५०९०१५०, ९८५५०९१४७०
Email: [email protected]
तपाईंको सानो जानकारीले मृतक महिलाको पहिचान खुल्न तथा उहाँका आफन्तजनसम्म सूचना पुर्याउन महत्वपूर्ण सहयोग पुग्न सक्छ। कृपया यो सूचना बढीभन्दा बढी शेयर गरी पहिचान कार्यमा सहयोग गरिदिनुहोस्।
Request for Assistance in Identifying an Unidentified Deceased Woman 🚨
On August 7, 2026 (B.S. 2083/04/22), at approximately 1:50 PM, the body of an unidentified woman was found in a community forest area at Fireline, Hetauda Sub-Metropolitan City–15, Makwanpur District.
The identification process is currently underway. A sketch of the deceased woman prepared by experts, along with additional photographs, has been uploaded with this post.
If you recognize the woman, know her family or relatives, or have any information that may help establish her identity, you are kindly requested to contact the District Police Office, Makwanpur immediately.
📞 District Police Office, Makwanpur
Contact Numbers: 9855090150, 9855091470
Email: [email protected]
Your information, however small, could be crucial in identifying the deceased woman and helping reunite her with her family and relatives.
🙏 Please share this post widely so that it can reach someone who may recognize her. Your support can make a difference.
#मृतकमहिला #पहिचान #सनाखत #मकवानपुर #हेटौंडा #फायरलाइन #जिल्लाप्रहरीकार्यालयमकवानपुर #प्रहरी