22/02/2014
समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो हो र हामीहरूको अस्तित्व यसैको अस्तित्वमाथि अडेको छ। समयसँग मान्छे मात्र होइन प्रकृति, सभ्यता, संस्कार र हाम्रा प्राचिन स्तम्भहरू पनि परिवर्तित हुँदैछन्। यसका कारणहरूको खोजि कुनै अनुसन्धानकर्ताले गर्लान्। हामीहरूको काम यहाँहरूसँग भिन्न-भिन्न पाल्पालाई प्रस्तुत गर्ने मात्र हो। यसै सन्दर्भमा यी तस्बीरहरू राखेका छौं। पुर्खा र पुर्खाको ठाउँलाई संसारको जुनसुकै कुनामा बसेपनि सम्झनु पर्छ भन्ने मान्यताका साथ तस्बीर राख्ने शुरूवात मात्र गरेका हौं। भविष्यमा अन्य तस्बीरहरू पनि राख्दै जानेछौं। यहाँहरूको माया, सुझाव र प्रतिकृयाको सदैव अपेक्षा गरिरहेका छौं।