District Police Office, Palpa

District Police Office, Palpa Welcome to District Police Office, Palpa Official page. For Emergencies, Dial 100 for Police Support.

सचेतनामुलक कार्यक्रम सम्पन्न ।*************************२१ श्रावण, २०८३जिल्ला पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नं.४ स्...
06/08/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न ।
*************************

२१ श्रावण, २०८३
जिल्ला पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नं.४ स्थितमा रहेको श्री भैरव नवदिप मा.वि.को सभाहलमा जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा, ऐ.विद्यालयका प्र.अ.को संयोजकत्व र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको प्रशिक्षणमा ऐ. विद्यालयमा अध्यनरत छात्र, छात्रालाई समुदाय प्रहरी साझेदारी अवधारणा, साईवर सुरक्षा लागू, औषध दुर्व्यसनी न्यूनीकरण, सड़क सुरक्षा तथा ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ।

हराएको मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाईएको**************************************************१० साउन, २०८३
26/07/2026

हराएको मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाईएको
**************************************************

१० साउन, २०८३

वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा********************************०८ साउन, २०८३
24/07/2026

वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा
********************************

०८ साउन, २०८३

जिल्ला प्रहरी कार्यालय पाल्पाको २०८३ असार महिनाको कार्य प्रगति विवरण****************************************************...
24/07/2026

जिल्ला प्रहरी कार्यालय पाल्पाको २०८३ असार महिनाको कार्य प्रगति विवरण
**************************************************************

मानिसको उद्दार गरेको सम्बन्धमा************************ मिति २०८३/०४/०८ गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला पाल्पा रामपु...
24/07/2026

मानिसको उद्दार गरेको सम्बन्धमा
************************

मिति २०८३/०४/०८ गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला पाल्पा रामपुर न.पा. २, कागतीडाँडा बस्ने बर्ष अन्दाजी ५६ को पुरुष व्यक्तिले ऐ. स्थित रहेको निस्दि खोलामा हाम फालेको भनि जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी केलादी पाल्पाबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटिई गई स्थानियहरुको सहायोगमा निजलाई खोलाबाट सकुशल उद्दार गरी सम्झाई-बुझाई गरी निजको श्रीमतीको जिम्मा लगाई पठाईएको ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम **************************************************०७ स...
23/07/2026

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
**************************************************

०७ साउन, २०८३
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुको अध्यक्षतामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाका पदाधीकारीहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय पाल्पामा "शान्ति सुरक्षा तथा अपराध नियन्त्रण" सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको।

सचेतनामुलक कार्यक्रम सम्पन्न***********************३२ जेठ, २०८३ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पाल्पा ...
16/07/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न
***********************
३२ जेठ, २०८३
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पाल्पा माथागढी गाँउपालिका वडा नं.३ स्थित वडा कार्यालयको सभा हलमा जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा जनप्रतिनिधी, शिक्षक, टोल विकास संस्थाका अध्यक्ष, आमा समुह र समाजसेवी तथा बुद्दीजिवी लगायतका स्थानियहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईद्धारा "SARA MODEL PILOT" अन्तर्गत SCANNING (समस्याको पहिचान) सम्बन्धी कार्यक्रम सम्पन्न भएको ।

वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा *****************************************मिति २०८३।०३।१३ गते जिल्ला पाल्पा तानसेन ...
04/07/2026

वेवारिसे शवको हुलिया पहिचान सम्बन्धमा
*****************************************
मिति २०८३।०३।१३ गते जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं.०१ खल्डुकधारा स्थितमा रहेको प्रतिक्षालयमा एकिन नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ को पुरुष व्यक्ति २/३ दिनदेखि बिरामी भई बेवारिसे अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिगई उद्दार गरी उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पामा लगि अस्पतालमा बेड भर्ना गरी उपचार भईरहेकोमा मिति २०८३।०३।२० गते दिउँसो १३:५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको भनि जानकारी प्राप्त भएको र हाल सम्म सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको व्यक्तिको शव कोही कसैले पहिचान गर्नुभएमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराउनुहुन अनुरोध । सम्पर्क नम्बर १००, ९८५७०६०३००(प्रहरी कन्ट्रोल), ९८५७०६८६९०(सुचना अधिकारी)
निम्न हुलिया:-
वर्ण- गहुँ गोरो, मझौला शरीर, उचाई- ५ फिट ६ इन्च, कपाल कालोमा हल्का फुलेको, दायाँ खुट्टाको साप्रोको भागमा अप्रेसन गरेको जस्तो पुरानो घाउको खत, दायाँ खुट्टाको बुढी औंला र चोर औंलाको फेद (काप)मा मासुको डल्ला उठेको, सेतो लामो बाउला भएको सर्ट, निलो रंगको जिन्स पाईन्ट, RAINO लेखेको कालो रंगको फित्ते चप्पल लगाएको, गुल्मी जिल्ला घर बताउने तर वास्तविक नाम थर वतन बताउन नसक्ने वर्ष अन्दाजी ५०/५५ को पुरुष व्यक्ति ।

सेवा निवृत्त प्रहरी अधिकृतको बिदाई कार्यक्रम सम्पन्न ********************************************* २० असार, २०८३प्रहरी न...
04/07/2026

सेवा निवृत्त प्रहरी अधिकृतको बिदाई कार्यक्रम सम्पन्न
*********************************************
२० असार, २०८३
प्रहरी नियमावली २०७१ (संशोधन सहित) अनुसार प्रहरी सेवामा ३० वर्ष सेवा अवधिको आधारमा आज मिति २०८३।०३।२० गतेबाट अनिवार्य अवकाश प्राप्त भई जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी नायव निरीक्षक साबित्री रानाभाटलाई आज एक कार्यक्रमका बीच प्रहरी सेवाबाट बिदाई गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले अवकाश प्राप्त गर्नुभई जान लाग्नुभएका प्रहरी नायव निरीक्षकलाई मायाको चिनो प्रदान गर्दै सुखद एवं समृद्ध सेवानिवृत जिवनको शुभकामना व्यक्त गर्नुभयो । बिदाई कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले नेपाल प्रहरीको जिम्मेवारी र कर्तव्यमै उर्जाशिल समय खर्चनुभएकोमा प्रहरी संगठन सधै आभार रहने बताउनुभयो ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न****************************** १७ असार, २०८३जिल्ला पाल्पा तिनाउ गा.पा. २ स्थित तिनाउ गाँ...
01/07/2026

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
******************************
१७ असार, २०८३
जिल्ला पाल्पा तिनाउ गा.पा. २ स्थित तिनाउ गाँउपालिका कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, स.प्र.जि.अ. ऋषिराम सुवेदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, सुरक्षा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्य, तिनाउ गाँउपालिकाका कर्मचारीहरु अन्य सरोकारवाला निकायका पदाधिकारीहरु लगायत समाजसेवी, बुद्धिजिवी तथा स्थानियहरु र पत्रकारहरुको उपस्थितीमा प्रहरी कार्यालयबाट हुने सेवा प्रवाह सम्बन्धमा यस कार्यालयका प्रमुख प्र.उ. दिपेन्द्र पंजियार थारुद्वारा नागरिकका गुनासो र जवाफ सहितको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको ।

Address

Palpa District Tansen Municipality Ward No. 4
Tansen

Alerts

Be the first to know and let us send you an email when District Police Office, Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Palpa:

Shortcuts

Share