जिल्ला समन्यव समितिको कार्यालय, तेह्रथुम

  • Home
  • Nepal
  • Terhathum
  • जिल्ला समन्यव समितिको कार्यालय, तेह्रथुम

जिल्ला समन्यव समितिको कार्यालय, तेह्रथुम This page has been created to inform the public about the works, plannings, activities of the District Development Office , TEHRATHUM

तेह्रथुम नेपालको पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो । पुरानो जिल्ला विभाजनको "पूर्व ४ नम्बर" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काह‍रु मध्येका १३ वटा थुम्काह‍रुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पू‍र्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "

चिया क्षेत्र"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपलेबेमौसमी तरकारी, अदुवा, चिया, दुध, अकवरे खुर्सानी, सुन्तला, कागती तथा औषधीजन्य बहुमुल्य जडीबुटी, अम्लिसो(अम्रिसो), अलैंची लगायतका नगदे वालीहरू लगाइन्छ ।
जिल्लाको नामाकरण

इतिहासमा उल्लेखित लिम्बुवान क्षेत्रमा पर्ने यो जिल्ला लिम्बु जातिहरूको बाहुल्यता भएको जिल्लामा पर्दछ। यसको नामाकरणमा पनि लिम्बु जातिमा प्रचलित भाषाको भूमिका रहेको स्वतः अड्कल काट्न सकिन्छ। यस जिल्लाको नाम तेह्रथुम रहनुका पछाडि निम्न कारणहरू हुन सक्ने देखिन्छ:

अरुण नदी भन्दा उत्तरको भूमिलाई लिम्बुवान भनिएको कुरा इतिहासमा चर्चा गरिएको प्रसङ्ग नै हो। यस लिम्बुवान क्षेत्रमा जम्मा १७ वटा थुमहरू थिए र ती १७ थुमहरू मध्ये पनि लिम्बुवान राजाहरूले ४ वटा थुमहरू गुमाएर बाँकी रहेका १३ वटा थुमहरू यस जिल्लामा पर्ने भएकोले यसको नाम तेह्रथुम रहन गएको हो।

नेपाली भाषामा थुम भन्नाले डाँडो ढिस्को वा थुम्को भन्ने बुझिन्छ र यस जिल्लामा तीनजुरेका तीन वटा डाँडाहरूबाट गन्दै जाँदा थला डाँडासम्म १३ वटा थुम्काहरू भएका कारण यसको नाम तेह्रथुम रहेको हुन सक्ने देखिन्छ।

"पहिले यो ठाँउमा १७ वटा थुम रहेकोमा प्रशासकीय सुविधाका लागि त्यसलाई विसं १९५२मा १३ वटा थुम अलग्याई मालपोत उठाउन छुट्टै प्रशासकीय एकाइ स्थापना गरिएकोले यसलाई तेह्रथुम भनियो।"

लिम्बुवान राज्यको रूपमा जति बेला यो एक सशक्त राज्य थियो। सो राज्यका कर असुल गर्ने स्थानहरू वा किपट प्रथा अनुशार यसलाई १३ वटा थुमहरूमा विभाजन गरी तिरो उठाउने कार्यलाई सहज तुल्याइएको हुन सक्छ। सो १३ वटा तिरो बुझ्ने स्थानहरू विशेषबाट पछि गएर यस जिल्लाको नामाकरण नै तेह्रथुम जिल्ला भएको तर्क बढी युक्ति सङ्गत देखिन्छ ।

Address

Myanglung
Terhathum

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97726460144

Alerts

Be the first to know and let us send you an email when जिल्ला समन्यव समितिको कार्यालय, तेह्रथुम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला समन्यव समितिको कार्यालय, तेह्रथुम:

Shortcuts

Share