24/12/2019
On the Institutional Award Ceremony held at University Grants Commission on 7th Push, 2076 (23rd Dec. 2019), UGC Chairman Prof. Bhim Prasad Subedi provided QAA certificate to the following four institutions. The total number of higher education institutions accredited by the UGC has reached 40 so far.
1. Jana Bhawana Campus, Godawari-11,Chapagaun, Lalitpur
(https://janabhawana.edu.np)
2. Janamaitri Multiple Campus Kuleshwor, Kathmandu
(https://www.janamaitri.edu.np)
3. Kanchan Vidhya Mandir Samudayik College, Bheemdatt Municipality Ward No. 04, Mahendranagar, Kanchanpur
(http://kvmcollege.edu.np)
4. Kabhre Multiple Campus, Banepa-06, Kabhrepalanchowk
(http://kavrecampus.edu.np)
***********************************************************************
थप चार क्याम्पसहरु प्रत्यायनकृत
विश्वविद्यालय अनुदान आयोग नेपालले सञ्चालन गर्दै आइरहेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रम अन्तर्गत थप चार क्याम्पसहरु प्रत्यायनकृत भएका छन् । यसरी पछिल्लो चरणमा प्रत्यायनकृत हुने संस्थाहरुमा (१) जन भावना क्याम्पस, चापागाउँ, ललितपुर (२) जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौं (३) कन्चन विद्या मन्दिर सामुदायिक कलेज, महेन्द्रनगर, कन्चनपुर र (४) काभ्रे बहुमुखी क्याम्पस, बनेपा, काभ्रेपलाञ्चोक रहेका छन् ।
मिति २०७६ साल पुष ०७ गते विश्वविद्यालय अनुदान आयोगमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष प्रा.डा. भीम प्रसाद सुवेदीले ती क्याम्पसकालाई प्रत्यायनकृत भएको प्रमाणपत्र प्रदान गर्नु भयो ।
उपरोक्त क्याम्पसहरुसंगै नेपालमा प्रत्यायनकृत उच्च शैक्षिक संस्थाहरुको संख्या ४० पुगेको छ ।