Police Circle Thimi Bhaktapur Nepal

Police Circle Thimi Bhaktapur Nepal Welcome to Police Circle Thimi, Bhaktapur Official page. For Emergency, Dial 100 for Police Support. सत्य सेवा सुरक्षणम्

साईवर अपराध सम्बन्धी प्रशिक्षण********************************************************************समुदाय प्रहरी साझेदारी...
01/09/2026

साईवर अपराध सम्बन्धी प्रशिक्षण***************
*****************************************************
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०५/१६ गते म.ठि.न.पा.४ स्थित चाणक्य कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थिभाई बहिनिहरुलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्र.ब.ना.नि.एकता न्यौपाने द्वारा साईवर सुरक्षा सम्बन्धी सचेतनामुलक प्रशिक्षण गरिएको ।

पर्चा वितरण*********************************************************समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०...
06/08/2026

पर्चा वितरण*****************
****************************************
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०४/२१ गते म.थि.न.पा ५ मा साईवर अपराध तथा लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक जानकारी गराउनुको साथै पर्चा वितरण गरिएको ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०४/१८ गते प्रहरी बृत्त ठिमी सामुदायिक शाखाको  आयोजना तथा प्रहरी प...
03/08/2026

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०४/१८ गते प्रहरी बृत्त ठिमी सामुदायिक शाखाको आयोजना तथा प्रहरी प्रभाग सानोठिमीको सहकार्यमा म.ठि.न.पा.२ सानोठिमी स्थित नालानन्द स्कुलमा अध्यनरत कक्षा ८,९ र १० मा अध्ययनरत छात्र/छात्राहरु लाई साईवर अपराध तथा लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको ।

बिद्यालय प्रशिक्षण*****************************       समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज मिती २०८३/०४/१५ गते सु...
31/07/2026

बिद्यालय प्रशिक्षण*****************************
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज मिती २०८३/०४/१५ गते सु.न.पा- २ स्थित वेदिक स्कुलमा अध्ययनरत कक्षा ८,९र १० का बिद्यार्थीहरुलाई साईबर अपराध, मानव बेचबिखन तथा लागुऔषध बिरुद्दको सचेतनामुलक विद्यालय प्रशिक्षण सम्पन्न गरिएको ।

" बेवारिसे लाश" मिति २०८३।०४।१५ गते अं.१०:४० बजे जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.५ कमेरोटार स्थित रामहरि अधिकारीले भाडा...
31/07/2026

" बेवारिसे लाश"

मिति २०८३।०४।१५ गते अं.१०:४० बजे जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.५ कमेरोटार स्थित रामहरि अधिकारीले भाडामा लिई बनाएको जस्ताले बनेको १ तले टहरा भाडामा लिई गलैचाको काम गर्ने बर्ष अ.६५को शिव कुमार राई नाम बताउने पुरुष व्यक्ति (वेवारिसे) मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई घटनास्थल तथा लाशजाँच मुचुल्का सम्पन्न गरी हाल मृतक लाश श्री काठमाण्डौ मेडिकल कलेज दुवाकोटको शवगृहमा रहेको , मृतक लाशको एकिन नाम थर वतन नखुलेको हुँदा निम्न फोटोको आधारमा निजको आफन्तहरु फेला परेमा यस कार्यालयमा सम्पर्क राख्न पठाईदिन हुन अनुरोध गरिएको छ ।
नाम;- शिव कुमार राई
वतनः- जिल्ला सोलुखूम्बु नाम्चे साउने घर बताउने
हुलियाः-
कपाल फुलेको, BG1TGN लेखेको कालो हाफ भेष्ट लगाएको

विद्यालय प्रशिक्षण *************************************************समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०...
28/07/2026

विद्यालय प्रशिक्षण *************************************************
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०४/१२ गते चा.न पा.२ स्थित मित्र श्री पाठशालामा साइबर सुरक्षा तथा लागुऔषध दुर्व्यसनी बिरुद्ध सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०४/०६  गते  म.थि.न.पा ६ स्थित पाचो  एरियाका जेष्ठ नागरिकहरु सँग च...
22/07/2026

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०४/०६ गते म.थि.न.पा ६ स्थित पाचो एरियाका जेष्ठ नागरिकहरु सँग चोरी ठगी तथा लुटपाट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको।

विद्यालय प्रशिक्षण *************************************************                                                    ...
21/07/2026

विद्यालय प्रशिक्षण *************************************************

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३/०४/०५ गते चा.न पा.२ स्थित मित्र श्री पाठशालामा साइबर सुरक्षा तथा लागुऔषध दुर्व्यसनी बिरुद्ध सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको।

**वेवारिसे लाश सम्बन्धमा***मिति २०८३/०३/२१ गते अं.०७:२० बजे भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोट स्थित र...
15/07/2026

**वेवारिसे लाश सम्बन्धमा***
मिति २०८३/०३/२१ गते अं.०७:२० बजे भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोट स्थित रमेश ठकुरीको निर्माणधिन बन्दै गरेको साँढे दुई तले घरको दोस्रो तलाको कोठाको झ्याल बाहिर टपको फर्मा झिक्ने क्रममा अचानक एकिन नामथर वतन नखुलेको बर्ष अं.२७/२८ को खैरे भन्ने सुशान्त तामाङ भन्ने पुरुष व्यक्ति तल भुईमा खस्न गई सख्त घाईते भई उपचारको लागि वीर अस्पताल काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा मिति २०८३/०३/२८ गते अं.१४;२८ बजे मृत्यु भएकोमा लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतक लासलाई पोष्टमार्टमको लागि त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौ पठाईएको र मृतकको आफन्त हाल सम्पर्क राख्न नआएको हुदाँ निम्न हुलिया भएका मृत्तक पुरुषको आफन्त खोजतलाश गरी फेला परेमा यस कार्यालयमा पठाई दिनु हुनको लागी अनुरोध गरिएको छ
निम्नः-
वर्ण गहुगोरो, उचाई ५ फिट ७ इन्च, सेतो खैरो कपडा लगाएको, दाहिने पाखुरामा बुद्ध भगवानको ट्याटु, सोहि हातको नाडीमा समेत फुल जस्तो ट्याटु रहेको, अगाडि माथिल्लो दाँतहरु नभएको, बर्ष अं.२८/३० को खैरे भनी चिनिने नाम सुशान्त तामाङ बताउने पुरुष व्यक्ति ।

मिति २०८३।०३।०६ गते अं.१२;१० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं ५ सिद्धकाली मन्दिरको पाटीमा बेवारिसे अ...
09/07/2026

मिति २०८३।०३।०६ गते अं.१२;१० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं ५ सिद्धकाली मन्दिरको पाटीमा बेवारिसे अवस्थामा बस्ने गरेका जिल्ला खोटाङ घर बताउने बर्ष ४९/५० को कुमार खड्का नाम बताउने पुरुष व्यक्ति दुवै खुट्टा नचल्ने र अशक्त अवस्थामा फेला पारी निजलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा ऐ. १३ गते अ.०४;३० बजेको समयमा मृत्यु भएको हुँदा मृतक लाशको घटनास्थल एवं लाश जाँच मुचुल्का गर्ने लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्ट मार्टमको लागी मृतक लाश काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाईएको,
नामः- कुमार खड्का नाम बताउने गरेको
३) ठेगानाः-खोटाङ घर बताउने गरेको । ४) फेला परेको ठेगानाः-जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं ५ सिद्धकाली मन्दिर परिसर स्थितमा ।
५) फेला परेको मिति समयः- मिति २०८३।०३।०६ गते अं.१२:१० बजेको समयमा ।
६) लिङगः-पुरुष ,उमेरः-अं.४९/५० बर्ष, उचाईः-५ फिट ३ ईन्च
७)हुलियाः-बर्ण गँहुगोरो ,कपाल कालो सेतो, निलो र सेतो रंगको कोठेवाला गाउन लगाएको , छाती र पेटको भागमा दुवीजस्तो टाटेपाटे छिद्रा जस्तो पुरानो खत रहेको , उल्लेखित हुलिया र फोटो भएको मृतक व्यक्तिको आफन्त फेला परेको खण्डमा यस कार्यालयको सम्पर्क नं ९८५१२९३५९९ मा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।

Address

Bhaktapur
Thimi
44811

Alerts

Be the first to know and let us send you an email when Police Circle Thimi Bhaktapur Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Police Circle Thimi Bhaktapur Nepal:

Shortcuts

Share