19/09/2026
११औँ संविधान दिवसको सुखद अवसरमा ठोरी गाउँपालिकावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा मौलिक अधिकारका मूल्य र मान्यतालाई आत्मसात् गर्दै समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो। संविधानले दिएको अधिकार र जिम्मेवारीलाई व्यवहारमा कार्यान्वयन गर्दै ठोरी गाउँपालिकाको विकास, सुशासन र समृद्धिका लागि स्थानीय सरकार निरन्तर प्रतिबद्ध रहेको छ।
यस ऐतिहासिक संविधान दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, सामाजिक न्याय तथा जनअधिकारका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा उच्च सम्मान अर्पण गर्दछु। उहाँहरूको त्याग, बलिदान र योगदानलाई सदैव स्मरण गर्दै उहाँहरूले देखाउनुभएको न्याय, समानता र समृद्धिको बाटोमा अघि बढ्नु हामी सबैको साझा दायित्व हो। संविधान दिवसले ठोरी गाउँपालिकावासीबीच आपसी एकता, सद्भाव र सहकार्य अझ मजबुत बनाउँदै समृद्ध ठोरी निर्माणमा नयाँ ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
-लाल बहादुर श्रेष्ठ
अध्यक्ष
ठोरी गाउँपालिका, पर्सा