नापी कार्यालय टोखा

नापी कार्यालय टोखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नापी कार्यालय टोखा, Government Organization, Tokha Saraswati, Kathmandu, Tokha.

21/07/2026
21/07/2026

नापी कार्यालय, टोखाबाट प्रदान गरिने सम्पूर्ण सेवासम्बन्धी निवेदनका नमुनाहरू कार्यालयको नागरिक सहायता कक्षमा उपलब्ध गराउने व्यवस्था विधिवत् रूपमा मिलाइएको व्यहोरा अनुरोध छ। साथै, निवेदन आफैँ लेख्न नजान्ने सेवाग्राहीहरूको हकमा आवश्यक कागजातहरू सहित नागरिक सहायता कक्षमा उपस्थित भएमा त्यहाँ कार्यरत कर्मचारीबाट आवश्यक निवेदन लेखिदिने व्यवस्था समेत मिलाइएको व्यहोरा अनुरोध छ।

Information Regarding Field Demarcation.
15/06/2026

Information Regarding Field Demarcation.

27/05/2026
03/05/2026

सरकारले अध्यादेशमार्फत जग्गा नापजाँच ऐन २०१९, मालपोत ऐन २०३४, भूमि सम्बन्धी ऐन २०२१ र भू-उपयोग ऐन २०७६ संशोधन गरेको छ।

23/04/2026

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाह.....

23/04/2026

जग्गा खरिद गर्दा ध्यान दिनुपर्ने विषयवस्तु

१. जग्गा विक्री गर्ने वास्तविक व्यक्ति (जग्गाधनी) बुझेर सो जग्गा निजको हकभोगमा छ/छैन प्रष्ट हुनुहोस ।

२. कित्ताको मोठ, श्रेष्ता, जग्गाधनीको फोटो, तीनपुस्ते विवरण भिडे नभिडेको एकिन गर्नुहोस।

३. जग्गाको प्रकृति (रैकर, गुठी) के हो? प्रष्ट हुनुहोस ।

४. जग्गामा मोही कायम रहे/ नरहेको विवरण फिल्डबुक तथा मालपोतको अभिलेखमा हेरी प्रष्ट हुनुहोस।

५. कुनै अड्डा/अदालत वा अन्य कुनै कार्यालयले जग्गा रोक्का राखे नराखेको वा जग्गामा विवाद रहे/नरहेको एकिन गर्नुहोस ।

६. किताकाट गरी लिनुपर्दा जमिन तथा नक्सा बमोजिम कुन तर्फ कति क्षेत्रफल लिने हो एकिन गर्नुहोस ।

७. जग्गामा गरेको हकभोगको आकार र क्षेत्रफल नक्सा बमोजिम मिल्छ/मिल्दैन एकिन गर्नुहोस ।

८. नक्शा, लालपुर्जा र जमिनको क्षेत्रफल मिल्छ/मिल्दैन एकिन गर्नुहोस।

९. जग्गा र नक्शामा प्रष्टरुपमा बाटो रहे/नरहेको बुझ्नुहोस ।

१०. कित्तामा विवाद रहे/नरहेको बुझ्न जमिनमा गई सँधियारबाट बुझ्नुहोस ।

११. नक्सा बमोजिम जमिनमा चारैतर्फ सिमाना एकिन गरी रेखाङ्कन गर्नुहोस ।

१२. खरिद गर्न लागिएको जग्गा स्थानीय तहको वर्गीकरण बमोजिम कुन वर्गमा पर्छ एकिन गर्नुहोस।

१३. घर टहरा वा अन्य स्थायी संरचना जमिनमा भएकोमा सोको स्वामित्व हस्तान्तरण हुने भए लिखतमा खुलाउनुहोस ।

१४. अंशियार, हकवाला/मोहीको सम्बन्धमा बुझी लिखतमा साक्षी राख्नु पर्ने अवस्थामा लिखत पारित गर्दा साक्षी राखुहोस ।

१५. पारित लिखत संशोधन प्रकृया लामो, कानुनी हिसाबले झन्झटिलो हुने हुँदा लिखत पारित हुनु अगावै माथि उल्लेखित कुराहरुमा ध्यान दिई ढुक्क रहनुहोस ।

घरमै बसेर मेरो कित्ता बाट जग्गाको नक्सा यसरी लिनुहोसत्यसका लागि :1. https://merokitta.dos.gov.np/ मा जानुहोस।2. "सेवा लि...
10/04/2026

घरमै बसेर मेरो कित्ता बाट जग्गाको नक्सा यसरी लिनुहोस
त्यसका लागि :
1. https://merokitta.dos.gov.np/ मा जानुहोस।
2. "सेवा लिने निवेदन" मा click गर्नुहोस।
3. आवश्यक विवरण भरी निवेदन पेश गर्नुहोस।
3. तपाईंको निबेदन नापी कार्यालय बाट रुजु हुनेछ।
4. राजस्व तिर्नका लागी sms आउने छ ।
5. sms मा प्राप्त link मा click गरि राजस्व online प्रणाली मार्फत भुक्तानी गर्नुहोस् ।
6. तत पश्चात् तपाईंको नक्साको link तपाईको मोबाइलमै आउने छ । उक्त link मा आएको नक्सा तपाईंले जहासुकै बाट print गर्न सक्नुहुनेछ ।

Address

Tokha Saraswati, Kathmandu
Tokha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नापी कार्यालय टोखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share