22/08/2026
सचेतनामूलक कार्यक्रम सम्पन्न ।
****************************
मिति २०८३।०५।०४ गते जिल्ला दाङ, तुलसीपुर उप-महानगरपालिका वडा नं. ०६ गोलौरा स्थित गुरुकुल ऐकेडेमीमा अध्ययनरत विद्यार्थी एवम् शिक्षकहरु सहित करिव १०० जनाको उपस्थितीमा यस गुल्मका गुल्म प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीको कमाण्डमा ७ जना प्रहरी कर्मचारीहरुद्वारा विपद् व्यावस्थापन सम्बन्धी जलउत्पन्न प्रकोप, वाढी, पहिरो, डुवान आगलागी, चट्याङ, सर्पदंश र त्यसबाट बच्ने उपाय तथा प्राथामिक उपचार सम्बन्धि विषयमा सैद्धान्तिक एवं प्रयोगात्म अभ्यास द्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरियो ।