गाईघाट यातायात Gaighat Yatayat

गाईघाट यातायात Gaighat Yatayat tmoudayapur.koshi.gov.np

मिति २०८३/०४/२१ गते लिएको लिखित परीक्षाकाे नतिजा
06/08/2026

मिति २०८३/०४/२१ गते लिएको लिखित परीक्षाकाे नतिजा

04/08/2026

नयाँ प्रणालीमा अझै केही समस्याहरु देखिइरहेका छन् । यीनीहरुको समाधानका निम्ति प्रदेश मन्त्रालय तथा यातायात व्यवस्था विभागलाई जानकारी गराइ सहकार्य गरिरहेका छौँ ।

कार्यालयमा अनलाईन आवेदनहरु प्राप्त भएका छन् र तीनको Verification र Approval गर्ने तयारी मा कार्यालय छ । प्रणालीले सही रुपमा काम गर्न थालेपछि नविकरण, प्रतिलिपी, नयाँ तथा वर्गथप, रिट्रायल परीक्षा लगायत सबै सेवाहरु सूचारु हुन थाल्नेछन् । आशा छ विभागले छिटै यी समस्याहरु समाधान गरेर सहज सेवाप्रवाह गर्न मिल्ने बनाउनेछ ।

• राजस्व calculation मा गडबडी छ ।
• License Number generation मा समस्या छ ।
• परीक्षार्थीहरुको सहि अवस्था पत्ता लगाएर सिस्टम अघि बढ्न सकेको छैन ।
• राजस्व तिरेको छैन तर application tracking गर्दा लाइसेन्स जारी भइसक्यो भन्ने देखिएको छ।
• Renew को medical, office approve नहुँदै सबै complete देखाएर payment गर भन्ने सन्देश देखिन्छ ।
• निश्चित वर्गको फाराम भर्न योग्य हुँदा पनि अवधि नपुगेको देखाएको छ
• Trial Pass को Online Payment गर्न जाँदा New form मा पुर्‍याईदिएको छ ।
• System ले ५ महिनाभन्दा बढी अवधि बाँकी रहेकोले renew गर्न मिल्दैन भन्ने देखाएको छ ।
• कर्मचारीहरुको तालिम, सेवाग्राहीहरुको ट्यूटोरियल तथा कार्यालयको म्यानुवल उपलब्ध भईसकेको छैन ।

सिस्टम साउन १ गते देखिनै लागु छ तर सहज रुपमा काम गर्न सकिएको छैन । थुप्रै Error हरु आइरहेकोले सेवाग्राहीहरु पनि अन्यौलमा हुनुहुन्छ र कार्यालयमा हामी पनि असमान्जस्य स्थितिथिमा छौँ ।

साउन १ गते बाट अहिले सम्म आइपुग्दा धेरै सुधारहरु भएका पनि छन् । अनलाईन पेमेन्ट गर्न मिल्ने भएको छ । पास भएर पेमेन्ट गरेपछि डिजिटल लाइसेन्स आउने भएको छ । थोरै मात्र डाक्टरहरु सक्रिय भएता पनि केही सेवाग्राहीहरुले मेडिकल सकाएर कार्यालय एप्रुभलको लागि पठाउनु भएको छ । पुरानो सिस्टमबाट लिखित, ट्रायल परीक्षा दिनुभएका सेवाग्राहीहरु नयाँ प्रणालीमा देखिन थालेको छ (केही सेवाग्राहीहरुको स्टेप मिलेको छैन) । अब छिटै हामी नविकरण / प्रतिलिपीका आवेदनहरुलाई भेरिफाई गर्दै यो सेवालाई सूचारु गर्ने चरणमा छौँ । त्यसपछि क्रमशः अन्य सेवाहरु पनि सूचारु हुँदै जानेछन् ।

यदि तपाइको ड्राइभिङ लाइसेन्समा भएको मोबाइल नम्बर फेर्नु पर्ने छ ? अब फेर्नुहोस यसरी ! - सबैभन्दा पहिले आफ्नो प्रदेशको ड्...
02/08/2026

यदि तपाइको ड्राइभिङ लाइसेन्समा भएको मोबाइल नम्बर फेर्नु पर्ने छ ? अब फेर्नुहोस यसरी !

- सबैभन्दा पहिले आफ्नो प्रदेशको ड्राइभिङ लाइसेन्स पोर्टल खोल्नुहोस् । (उदाहरणका लागि काेशी प्रदेश हो भने edlvrs.koshi.gov.np मा जान सक्नुहुन्छ ।)
- त्यसपछि ‘Electronic Driving License’ को सेक्सनमा जानुहोस् ।
- अनि, ‘Driving License Details’ मा जानुहोस् ।
- र, आफ्नो नाम, सवारी चालक अनुमतिपत्रको नम्बर र जन्ममिति राख्नुहोस् अनि सब्मिटको बटन ट्याप गर्नुहोस् ।
- यति गरेपछि त्यहाँ ओटीपी कोड गएको नम्बरका केही अङ्क देखिन्छन् । त्यसभन्दा तल मोबाइल नम्बर अपडेट गर्ने अप्सन राखिएको छ।
- त्यहाँ क्लिक गरिसकेपछि मोबाइल नम्बर राख्ने बक्स देखिन्छ र छेउमा अपडेटको बटन छ ।
- नम्बर राखेर अपडेटको बटनमा ट्याप गरिसकेपछि तपाईंले राखेको नम्बरमा ओटीपी कोड जान्छ ।
- र, त्यहाँ आएको ओटीपी कोड राख्नुभयो भने नयाँ नम्बर अपडेट हुन्छ ।

01/08/2026
01/08/2026

महत्त्वपूर्ण जानकारी : पछिल्लो समय लाइसेन्स आवेदन दिन आफ्नै नाममा भएको सिम अनिवार्य गरिएको छ। यसकारण कतिपय सेवाग्राहीले नयाँ सिम झिक्ने गर्नुभएको छ। यसरी नयाँ सिम कार्ड झिक्दा प्रयोग भएको विवरण स्वत: लाइसेन्स आवेदन प्रणालीमा अपडेट हुने गरेको छ। त्यसैले सिम कार्ड झिक्दा प्रयोग हुने विवरण जस्तै नाम, नागरिकता नम्बर, जन्म मिति दुरुस्त राख्नुहोला। अन्यथा अहिले एकपटक हालेको विवरण सच्याउने व्यवस्था भइसकेको छैन जसकारण आवेदन दिन समस्या आउन सक्नेछ।

31/07/2026

धरैवटा अनलाईन आवेदनहरु कार्यालयमा प्राप्त भएको छ । तर भेरिफिकेशन गर्नको लागि चाहिने विवरण सिस्टममा अझै देखिइसकेको छैन । त्यसैले अफिस एप्रुभ अझै गर्न सकिएको छैन । विभाग सँग समन्वय गरिरहेका छौँ । आवश्यक विवरण देखिएपछि अफिस एप्रुभल निरन्तर हुनेछ ।

29/07/2026

सवारी चालक अनुमतिपत्रकाे सेवा लिन edlvrs.koshi.gov.np काे EDL मा क्लिक गरी आफुले लिन चाहेकाे सेवा छनाैट गरी अनलाईन आवेदन गर्नुहाेला

29/07/2026

नयाँ अनलाईन सिस्टममा फाराम भरेर मेडिकल सकाएपछि अफिस एप्रुभलको स्टेप आउँछ ।

अफिस एप्रुभलको लागि सेवाग्राही कार्यालयमा आउनु पर्दैन । कार्यालयबाट एप्रुभ भएपश्चात् अनलाईन सिस्टममा नै जानकारी आउँछ ।

Address

Udayapur Garhi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when गाईघाट यातायात Gaighat Yatayat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गाईघाट यातायात Gaighat Yatayat:

Shortcuts

Share