23/01/2020
के हामी हाम्रो सन्तान को उज्ज्वल भबिस्य को लागि सजक छौ त?????हुनुहुन्छ भने एकचोटी अवस्य पढ्नुस र मलाई राय दिनुस है ।
संसार कै शिक्षा छेत्र मा एक नम्बर मा पर्ने देश हो फिनल्यान्ड (Finland), जहाँ न त बालबालिका गृहकार्य दिइन्छ , न कुनै परिक्षा नै हुन्छ । कक्षा ६ सम्म को नानिहरुको लागि त तोकिएको पाठ्यक्रम नै हुन्न, उनीहरु पढ्छ्न त केवल विभिन्न साहित्यका किताब हरु, कथाहरु जुन शिक्षक ले तय गर्छन् ।अन्य विकसित देश हरु पनि यस्तै प्रणाली लागू गरि आफ्नो शिक्षा छेत्र लाई मज्बुद्द पार्दै छन् । यस्ता देश हरुमा पाठ्यक्रमका किताब पढ्नुलाई त 'पढ्नु ´को महत्व र बुझाइमा नै लिइन्न । त्यो त पढ्नु होइन 'गर्नु ' हो। जस्तै i am doing bachelor in science , i am doing master in math .आदि इत्यादि ।
तर हाम्रो स्कुलले शिक्षा प्रणाली अझै तोकिएको किताब पढाउने र पढ्ने उहीँ परम्परागत पारामै छ । त्यसबाट बाहिर आउन सम्भव नै देखिएको छैन अझै ।हाम्रा बालबालिकाले पाठ्यक्रमका अनगिन्ती `झोलाभरी´ किताबको रतान नगरि न बाआमा खुसी हुनछन् ,न नातागोताले पत्याउछ्न, न त समाज र सिस्टमले नै स्वीकार गर्छ। त्यसो भएपछि पढ्नु भनेको जिके रत्नु हो,सामाजिक शिक्षा कन्ठ गर्नु हो, विज्ञान पानी पार्नु हो, गणितमा आ गर्दा आलंकार पत्तो लाइसक्नु हो। अनि कति बेला पढ्ने हाम्रो नानिहरुले ? कसरी पठन संस्कृतिलाई जिवनशैली बनाउने उनीहरुले?
'ए पढ् न पढ् , कति खेलिरहेको , उफ्रिरहेको , फोन र टिभिमा टासिरहेको? पढ् त लौ एक घन्टा ´ हामी सामान्यत यस्तै अमुर्त चाहाना प्रकट गर्छौ ठुलो स्वरमा हाम्रा छोराछोरिको पठनपाठनबारे। पाठ्यक्रमका किताब पढेर र राम्रो मार्कशीत घर लिएर आए भने पुग्यो हामिलाइ । तर छोराछोरीले के पढ्ने? मैले कति बाल साहित्यका पुस्तक किनेर ल्याइदिएको छु ? `ल तिमिलाइ मन परेका पाचवटा किताब छान ´भनेर हामी कत्तिको पुस्तक पसल र पुस्तक मेलामा प्राथमिकताका साथ जान्छौं , हाम्रा बालबालिका लाई लिएर ? अभिभावक , शिक्षक, शिक्षाप्रेमी , पत्रकारहरु - सानोबाट सुरु गरौ। थोरै बदल्ने र बदलिने योजनामा काम थालिहालौ आजैबाट, अगाडि उज्यालो आइहाल्छ ।
यो तल देखिएको सानो पुस्तकालय चाहिँ कालाबन्जर स्थित पुस्तकालय हो जाहा नि: शुल्क पढ्ने वातावरण छ । यति लामो सन्दर्भ पढ्नु भएको मा धन्यवाद - Novel house free library, barahakshetra-05, kalabanjar