11/06/2026
आज राजदूत डोरनाथ अर्यालले ओमान एयरका प्रमुख कार्यकारी अधिकृत (CEO) Mr. Con Korfiatis सँग भेटघाट गरी नेपाल-ओमानबीच सीधा हवाइ उडान सुचारु गर्नको लागि अनुरोध गर्नुभयो। ओमान एयरका CEO ले सकारात्मक प्रतिकृया दिँदै मस्कट-काठमाडौँ उडान पुनः सुचारु गर्न अध्ययन गरी यथाशक्य छिटो बोर्ड समीक्षा पेश गर्ने आश्वासन दिनुभयो। आवश्यक समन्वयको लागि सम्पर्क व्यक्ति पनि तोक्ने निर्णय भयो। नेपाली राजदूतावासका तर्फबाट प्रथम सचिव बिशेष कुमार साहलाई सम्पर्क व्यक्ति तोकिएको राजदूत अर्यालले जानकारी गराउनुभयो । उक्त बैठकमा ओमान एयरका पदाधिकारी र राजदूतावासका प्रथम सचिव श्री बिशेष कुमार साह उपस्थित हुनुहुन्थ्यो।
नेपाली राजदुतावास, मस्कट ओमान
११ जुन २०२६