10/05/2022
पोर्चुगलबासी नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक अनुरोध !
२५६६ औँ बुद्ध जयन्तीको अवसरमा १६ मई २०२२ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजना गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
बुद्ध जयन्तिको शोभा यात्रा लाई सभ्य र भब्य रुपमा सम्पन्न गरि प्रबासमा बुद्ध भुमी नेपाल र नेपालीको पहिचानको प्रचार-प्रसार गर्ने यस अभियानमा सरिक हुन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनीहरु सबैमा सादर अनुरोध गर्दछों ।
बिहान १२:३०बजे देखि Rua Alvaro Coutinho 2B मा भगवान बुद्धको पुजा अर्चना सहित सुरु हुने बुद्ध जयन्ती बिशेष कार्यक्रम तत्पश्चात प्रासा दि कमर्सियो बाट दिनको ३:०० बजे शुरु हुने शोभा यात्रामा पोर्चुगल स्थित संपुर्ण संघ संथाहरुलाई भगवान बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, नेपालको राष्ट्रिय झण्डा र आ-आफनो समुदायका भेष भुषामा उपस्थित भई शोभा यात्रालाई भब्य र आकर्षक बनाउन आ-आफनो स्थान बाट सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछों ।
मकर हमाल
नेपाली अवैतनिक महाबाणिज्यदुत
एवं
संयोजक
तथा
२५६६ औँ बुद्ध जयन्ती मुल समारोह समिती परिवार
लिस्बन ,पोर्चुगल ।