23/08/2026
नेपाली महावाणिज्यदूतावास, जेद्दाको आयोजनामा शुक्रबार, २१ अगष्ट २०२६ का दिन जेद्दास्थित अल-खुम्रा (ग्विजेन) क्षेत्रमा कार्यरत नेपाली श्रमिक दिदीबहिनी, दाजुभाइ तथा स्थानीय नेपाली समुदायका अगुवाहरूको सहभागितामा श्रमिक सचेतना तथा अन्तरक्रियामूलक कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।
श्रमिक साथीहरूको बाक्लो उपस्थिति रहेको कार्यस्थल र बसोबास क्षेत्रमै पुगेर प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा एनआरएनएका प्रतिनिधिहरु, स्थानीय सामाजिक संस्थाका पदाधिकारी तथा श्रमिकहरूको सहभागीता रहेको थियो।
📌 **कार्यक्रमका मुख्य आकर्षण तथा छलफलका विषयहरू:**
🔹 साउदी श्रम कानुन: रोजगार सम्झौता, कामदारका हक-अधिकार, कर्तव्य तथा कानुनी प्रावधानबारे विस्तृत जानकारी।
🔹 डिजिटल प्लेटफर्मको प्रयोग: साउदी अरेबियामा अत्यावश्यक ‘अब्सेर’ (Absher) तथा ‘किवा’ (Qiwa) प्रणालीको प्रयोग, अनलाइन सेवा र उपयोगितासम्बन्धी व्यावहारिक अभिमुखीकरण।
🔹 सामाजिक सुरक्षा कोष (SSF): वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि कोषको महत्त्व, दर्ता प्रक्रिया तथा प्राप्त हुने सुविधाहरूबारे जानकारी।
🔹 समुदायको सशक्तीकरण: कार्यस्थलमा आइपर्ने साना-तिना समस्याहरू स्थानीय तहमै सहजीकरण र समाधान गर्न समुदायका अगुवाहरूको भूमिका।
उक्त अवसरमा सहभागीहरूले आफ्ना विभिन्न, समस्या, जिज्ञासा र अनुभवहरू राख्नुभएको थियो भने महावाणिज्यदूतावासका तर्फबाट आवश्यक परामर्श तथा स्पष्टता प्रदान गरिएको थियो।
📲 कन्सुलर सेवा तथा जानकारीका लागि सम्पर्क:
महावाणिज्यदूतावासले सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जालहरूको व्यापक प्रयोग गरिरहेको छ। राहदानी, कन्सुलर सेवा, वैदेशिक रोजगारीसम्बन्धी जानकारी तथा कुनै समस्या/गुनासो भएमा-
📞 **आधिकारिक ह्वाट्सएप नम्बर: 0531254099 मा मेसेज गर्न सक्नुहुनेछ:
📍 **ठेगाना:** Villa No. 33, Qutn Bin Harithah St., Al Muhammadiyah District (1), Jeddah, KSA
🌐 हामीलाई फेसबुक तथा टिकटकमा पनि फलो गरी महावाणिज्यदूतावासका विभिन्न सूचना तथा जानकारीहरु समयमै प्राप्त गर्न सक्नुहुनेछ।