Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद

  • Home
  • Saudi Arabia
  • Riyadh
  • Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद

Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद official Facebook Account of Nepal Embassy, Riyadh.
(331)

राजदूतावासमा प्राप्त भएका नयाँ राहदानीको विवरण सम्बन्धी सूचना ।------ --------------------------------------------यस राज...
08/09/2026

राजदूतावासमा प्राप्त भएका नयाँ राहदानीको विवरण सम्बन्धी सूचना ।
------ --------------------------------------------
यस राजदूतावासमार्फत राहदानी नवीकरणका लागि आवेदन दिएका २२० जना आवेदकहरूको राहदानी दूतावासमा प्राप्त भइसकेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तसर्थ, नयाँ राहदानी लिन आफ्नो पुरानो सक्कल राहदानी र राजस्व तिरेको सक्कल रसिद सहित आवेदक आफैं आउनु होला। कम्पनीको आधिकारिक पत्र पेश गरेको खण्डमा पत्रमा उल्लिखित आवेदकको राहदानी तोकिएको व्यक्तिलाई निजको परिचयपत्र (Iqama) एकिन गरेपश्चात दिन सकिने छ।
थप जानकारीको लागि राजदूतावासको फोन: ०११४६१११०८ मा कार्यालय समयमा सम्पर्क गर्नुहोला।
राहदानीको विवरण सम्बन्धी लिङ्कः
https://docs.google.com/spreadsheets/d/1d38x1hPQsEn7zZ7FYwrcEX-UBAtXoedcJH3Sf8WjGdE/edit?usp=sharing
--------------------
नेपाली राजदूतावास, रियाद ।
८ सेप्टेम्वर २०२६

मिति २०८३ भदौ १० गते भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत हुनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्ध...
07/09/2026

मिति २०८३ भदौ १० गते भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत हुनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै तथा घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज साँझ नेपाली राजदूतावास, रियाद परिसरमा शोक सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सहभागी भई दिवंगतहरूप्रति श्रद्धान्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजन प्रति ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति नेपाली राजदूतावास हार्दिक आभार व्यक्त गर्दछ।

राजदूतावासमा आयोजना गरिने शोक सभा सम्बन्धी सूचना !!
06/09/2026

राजदूतावासमा आयोजना गरिने शोक सभा सम्बन्धी सूचना !!

Appeal for contribution to Bhotekoshi flash flood affected people
04/09/2026

Appeal for contribution to Bhotekoshi flash flood affected people

सूचनाभोटेकोशी बाढी प्रभावितहरुको सहयोगको लागि हार्दिक अनुरोधमिति २०८३ भदौ १० गते नेपालको भोटेकोशी तथा त्रिशुली नदीमा आएक...
04/09/2026

सूचना
भोटेकोशी बाढी प्रभावितहरुको सहयोगको लागि हार्दिक अनुरोध
मिति २०८३ भदौ १० गते नेपालको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनासकारी बाढीबाट प्रभावितहरुको राहत, उद्धार, पुनर्स्थापना तथा पुन:निर्माणको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा विदेशबाट सहयोग रकम पठाउन सहजताका लागि विदेशस्थित नेपाली नियोगको बैंक खातामार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था भएको छ।
अत: साउदी अरेबियामा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, नेपाली संघ-संस्थाहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा नेपालप्रति सद्भाव र सुवेक्षा राख्ने महानुभावहरुलाई नेपाली राजदूतावास रियादको देहाय बमोजिमको खातामा आर्थिक सहयोग गरिदिनहुन नेपाली राजदूतावास, रियाद हार्दिक अनुरोध गर्दछ।
खाता विवरण
Account Name: Nepalese Embassy, Riyadh
Bank Name: Saudi National Bank (SNB)
Account Number: SA 8410000023755792000208

कृपया, सम्भव भएसम्म रकम जम्मा गर्दा Purpose/Reference मा “PM Disaster Relief Fund” उल्लेख गरी रकम जम्मा गरेको रसिदको प्रतिलिपि [email protected] मा पठाइदिनुहुन समेत अनुरोध छ।
यहाँहरुको सहयोगको लागि धन्यवाद।

नेपाली राजदूतावास
रियाद, साउदी अरेबिया
४ सेप्टेम्वर २०२६

03/09/2026

बिद्युतीय समवेदना पुस्तिका खुला गरिएको सम्बन्धमा ।

मिति २०८३-०५-१० गतेका दिन भोटेकोशी तथा त्रिशुली नदिमा आएको बिनासकारी बाढीका कारण दिवङ्गत हुनुभएका ब्यक्तिहरु प्रति श्रद्धान्जली ब्यक्त गर्न तथा शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्न नेपाली राजदूतावास, रियादले बिद्युतीय समवेदना पुस्तिका खुला गरेको बेहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।इच्छुक ब्यक्ति तथा संघसंस्थाहरुले मिति २०८३-०५-१८ देखि २०८३-०५-२० सम्म तल दिइएको लिङ्कमा गइ आफ्नो समवेदना बिद्युतीय माध्ययमबाट सम्प्रेषण गर्न सक्नुहुने बेहोरा हार्दिक अनुरोध गरिन्छ ।

01/09/2026

अत्यन्त जरुरी सूचना !!

यही मिति २०८३ भदौं १० गते नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भई तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा रहनुभएका साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूलाई नेपाल फर्कनका लागि कम्पनीले अनुमति वा विदा नदिएको अवस्था रहेमा आवश्यक समन्वय तथा सहजीकरणका लागि नेपाली राजदूतावास, रियादको हटनाइन नं ०५५९३८९६०० अथवा राजदूतावासको इमेल ठेगाना [email protected] मा निम्नानुसारको आफ्नो विवरण उपलव्ध गराउनुहुन अनुरोध गरिन्छ।

पठाउनुपर्ने विवरणहरू:
१. पूरा नाम
२. टेलिफोन नम्बर
३. पासपोर्ट नम्बर (सम्भव भए पासपोर्टको कपी)
४. कार्यरत कम्पनीको HR Manager/Sponsor को सम्पर्क नम्बर तथा ईमेल ठेगाना
५. ईकामा नं.
नेपाली राजदूतावास, रियाद
साउदी अरेबिया
१ सेप्टेम्वर २०२६

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता वा QR प्रयोग गरी हुन सक्ने ठगीप्रति सावधान रहन न...
31/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता वा QR प्रयोग गरी हुन सक्ने ठगीप्रति सावधान रहन नेपाल राष्ट्र बैङ्कद्वारा जारी सूचना !

वैदेशिक रोजगार बोर्डको सचिवालयको मनोसामाजिक परामर्श सेवा  सम्बन्धी सूचना !!
28/08/2026

वैदेशिक रोजगार बोर्डको सचिवालयको मनोसामाजिक परामर्श सेवा सम्बन्धी सूचना !!

राजदूतावासमा प्राप्त भएका नयाँ राहदानीको विवरण सम्बन्धी सूचना ।------ --------------------------------------------यस राज...
28/08/2026

राजदूतावासमा प्राप्त भएका नयाँ राहदानीको विवरण सम्बन्धी सूचना ।
------ --------------------------------------------
यस राजदूतावासमार्फत राहदानी नवीकरणका लागि आवेदन दिएका ५२८ जना आवेदकहरूको राहदानी दूतावासमा प्राप्त भइसकेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तसर्थ, नयाँ राहदानी लिन आफ्नो पुरानो सक्कल राहदानी र राजस्व तिरेको सक्कल रसिद सहित आवेदक आफैं आउनु होला। कम्पनीको आधिकारिक पत्र पेश गरेको खण्डमा पत्रमा उल्लिखित आवेदकको राहदानी तोकिएको व्यक्तिलाई निजको परिचयपत्र (Iqama) एकिन गरेपश्चात दिन सकिने छ।
थप जानकारीको लागि राजदूतावासको फोन: ०११४६१११०८ मा कार्यालय समयमा सम्पर्क गर्नुहोला।
राहदानीको विवरण सम्बन्धी लिङ्कः

https://docs.google.com/spreadsheets/d/1CJM3glOuQ87ykWsYdsVluvRPuLTiUycC/edit?usp=sharing&ouid=112113703321876346689&rtpof=true&sd=true
--------------------
नेपाली राजदूतावास, रियाद ।
२८ अगष्ट २०२६

Address

Https://goo. Gl/maps/tixPbZEgA46CKsfE 9
Riyadh
94384

Opening Hours

Monday 9am - 4pm
Tuesday 9am - 4pm
Wednesday 9am - 4pm
Thursday 9am - 4pm
Sunday 9am - 4pm

Alerts

Be the first to know and let us send you an email when Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद:

Shortcuts

Share