
03/02/2025
टेक्सस राज्यको सिटी अफ फ्रामर ब्रान्चले आयोजना गरेको विश्व भूगोल र त्यहाँका बासिन्दाहरूको परम्परा र संस्कृतिलाई प्रवर्द्धन गर्ने बहुसांस्कृतिक उत्सवमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् टेक्सस च्याप्टरले नेपालको सांस्कृतिक विविधताको प्रदर्शन गर्ने भएको छ। यस किसिमका कार्यक्रममा नेपाल सधैँ छुटेको र त्यसको सुरुवात नभएकोले हामीले स्थानीय क्षेत्रमा भएका र हुँदै गरेका सबै कार्यक्रममा नेपाललाई चिनाउने कोसिस गर्दै आएका छौँ र यसलाई निरन्तरता दिनेछौँ। यसले नेपालको पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ।
NRNA NCC USA, Texas Chapter City of Farmers Branch