City of Somerville "Nepali/नेपाली"

City of Somerville "Nepali/नेपाली" "नेपाली भाषा" मा समरभिल सिटिको सेवा तथ?

समरभिल सिटि खवर - ७० - १८
08/28/2026

समरभिल सिटि खवर - ७० - १८

नागरिक दिवस फेरि फर्किएको छ—र यसपटक झन् उत्कृष्ट रूपमा! बिहीबार, सेप्टेम्बर १०, साँझ ५:०० बजे देखि ७:३० बजे सम्म। सिटि ह...
08/27/2026

नागरिक दिवस फेरि फर्किएको छ—र यसपटक झन् उत्कृष्ट रूपमा! बिहीबार, सेप्टेम्बर १०, साँझ ५:०० बजे देखि ७:३० बजे सम्म। सिटि हल तथा सिटि हल कन्कोर्षमा समुदाय, आपसी सम्बन्ध र धेरै रमाइलोले भरिएको साँझका लागि हामीसँग सहभागी हुनुहोस्!

🚛 टच-ए-ट्रक — ठूला सवारीसाधन नजिकबाट हेर्ने र अनुभव गर्ने अवसर
🎶 संगीत
🍎 ताजा उत्पादन, फलफूल तथा तरकारी निःशुल्क वितरण
🍴 खाना
🏛️ सिटिका सेवा तथा स्रोतहरू
📚 शैक्षिक कार्यक्रम तथा गतिविधिहरू
🤝 सिटिका कर्मचारीहरूसँग भेटघाट
✨ र अझ धेरै!

📍 स्थान: ९३ हाइल्याण्ड एभिन्यू (93 Highland Avenue)
☔ वर्षा भएमा स्थान: समरभिल उच्च माध्यामिक बिध्यालय, ८१ हाइल्याण्ड एभिन्यू (81 Highland Avenue)

08/27/2026
समरभिल मनोरञ्जन (Somerville Recreation) को वार्षिक शरद् महोत्सव (Fall Festival) को रमाइलोमा डुब्न तयार हुनुहोस्!  आफ्नो ...
08/26/2026

समरभिल मनोरञ्जन (Somerville Recreation) को वार्षिक शरद् महोत्सव (Fall Festival) को रमाइलोमा डुब्न तयार हुनुहोस्!



आफ्नो क्यालेन्डरमा मिति टिपेर राख्नुहोस्, किनकि तपाँईको मनपर्ने पारिवारिक परम्परा फेरि फर्किएको छ! सबै उमेरका लागि रमाइलो, रोमाञ्चक गतिविधि, र अविस्मरणीय सम्झनाले भरिएको एक शानदार शरद्को‌ दिउँसो हामीसँग बिताउनुहोस्।



तपाँईले रमाइलो गर्न सक्ने कुराहरू:

फर्सी सजाउने

विशाल वाउन्सी हाउस (Bounce Houses)

अनुहारमा चित्र बनाउने

जादुगरको प्रस्तुति

संगीत

खेल तथा विभिन्न गतिविधिहरू

हरेक कुनामा शरद्‌ ऋतुको रमाइलो
..र अझ धेरै!

आफ्नो परिवार लिएर आउनुहोस्, साथीहरूलाई पनि निम्तो दिनुहोस्, र वर्षकै उत्कृष्ट ऋतुलाई हामीसँग मिलेर उत्सवका रूपमा मनाउनुहोस्!

शनिबार, अक्टोबर ३, २०२६
दिउँसो १:००–४:०० बजे
फाउण्डर्स मेमोरियल रिंक, ८ गार्डेन कोर्ट

(8 Garden Ct.), समरभिल, म्यासाच्युसेट्स् ०२१४३ (Somerville, MA 02143)

निःशुल्क + सबै उमेरका लागि खुला

तपाँईं आफ्नो मनपर्ने फर्सी सजाउुनुहोस्, खेलहरूमा उफ्रिँदै रमाउनुहोस्, अनुहारमा चित्र बनाउनुहोस्, वा केवल उत्सवमय वातावरणको आनन्द लिनुहोस्—यहाँ सबैका लागि केही न केही छ।

आफ्नो मनपर्ने शरद्‌ ऋतुको पोशाक लगाउन नबिर्सनुहोस् र सुन्दर शरद्‌कालीन सम्झनाहरू बनाउन तयार भएर आउनुहोस्!

हामी तपाँईहरूसँग मिलेर यो उत्सव मनाउन आतुर छौँ!

द बोस्टन ग्लोबको ‘सर्बोत्कृष्ट’ पुरस्कारहरू (The Boston Globe Best of the Best Awards) ले हालै आफ्नो वार्षिक “सर्बोत्कृष...
08/25/2026

द बोस्टन ग्लोबको ‘सर्बोत्कृष्ट’ पुरस्कारहरू (The Boston Globe Best of the Best Awards) ले हालै आफ्नो वार्षिक “सर्बोत्कृष्ट (Best of the Best)” पुरस्कारहरू प्रकाशित गरेको छ, र समरभिलले धेरै सफलता हासिल गरेको छ! समरभिलका केही उत्कृष्ट साना व्यवसायहरूलाई उजागर गरेकोमा ग्लोब (Globe) लाई धन्यवाद, र आफ्नो श्रेणीमा पुरस्कार जित्ने सबै व्यवसायहरूलाई ठूलो बधाई — विजेताहरूको सूची यहाँ हेर्नुहोस्! 🏆

यस सूचीमा धेरै उत्कृष्ट स्थानहरू छन्, तर हामी तपाँईको विचार जान्न चाहन्छौं — प्रत्येक श्रेणीमा ग्लोब (Globe) ले कसलाई छुटाएको छ? कृपया टिप्पणीमा आफ्ना विचारहरू साझा गर्नुहोस् र सम्भव भएमा प्रशंसा (shoutout) मा ती व्यवसायहरूलाई ट्याग गर्न नबिर्सनुहोस्!

समरभिल अग्नी नियन्त्रण विभागको वार्षिकअग्नि हाइड्रेन्ट (Fire Hydrant) निरीक्षण सोमबार, अगस्ट १७ देखि सुरु हुँदैछ र करिब ...
08/25/2026

समरभिल अग्नी नियन्त्रण विभागको वार्षिकअग्नि हाइड्रेन्ट (Fire Hydrant) निरीक्षण सोमबार, अगस्ट १७ देखि सुरु हुँदैछ र करिब शनिबार, अगस्ट २९ सम्म सम्पन्न हुनेछ।
यो वार्षिक अग्नि हाइड्रेन्ट मर्मत सम्भार कार्यक्रमले आगलागीको अवस्थामा हाइड्रेन्टहरू ठीकसँग काम गर्ने सुनिश्चित गर्न मद्दत गर्दै हाम्रो समुदायलाई सुरक्षित राख्न सहयोग गर्छ।
परीक्षणका क्रममा तपाँईले केही समयका लागि पानीको चापमा सामान्य कमी वा पानीको रङ केही धमिलो/फरक भएको देख्न सक्नुहुन्छ। पानीको रङ फरक देखिए पनि यसले स्वास्थ्यमा समस्या उत्पन्न गर्दैन र पिउनका लागि सुरक्षित हुन्छ। तर यस्तो पानीले कपडा तथा अन्य कपडाजन्य सामग्रीमा दाग लगाउन सक्ने भएकाले पानी फेरि सफा नहुन्जेल लुगा नधुनुहोस्।
थप जानकारीका लागि: somervillema.gov/hydrantflushing

🎉🇧🇷 🎉🇧🇷 ब्राजिलियन महिला समूह तथा समरभिल आप्रवासी मामिलाको कार्यालयले ब्राजिलको २०४औँ स्वतन्त्रता दिवस मनाउन आयोजना गरेक...
08/25/2026

🎉🇧🇷 🎉🇧🇷 ब्राजिलियन महिला समूह तथा समरभिल आप्रवासी मामिलाको कार्यालयले ब्राजिलको २०४औँ स्वतन्त्रता दिवस मनाउन आयोजना गरेको ब्राजिलियन झण्डा फहराउने कार्यक्रममा तपाँईलाई हार्दिक निमन्त्रणा गर्दछ! 🇧🇷

हामीसँग सहभागी हुनुहोस्, आफ्नो समर्थन देखाउनुहोस्, हाम्रा ब्राजिलियन छिमेकीहरूसँग मिलेर उत्सव मनाउनुहोस्, र समरभिल उच्च माध्यामिक बिध्यालयको गायन समूहको प्रस्तुति तथा हल्का जलपानको आनन्द लिनुहोस्। साथै, स्थानीय ब्राजिलियन संस्थाहरूबाट उपलब्ध स्रोत तथा सेवाहरूका बारेमा जानकारी लिनुहोस्। 🎉🇧🇷🎉🇧🇷

अमेरिकी नागरिकता प्राप्त गर्ने दिशामा अर्को कदम चाल्न तयार हुनुहुन्छ? अगस्ट २२ मा हुने समरभिल नागरिकता दिवसमा हामीसँग सह...
08/21/2026

अमेरिकी नागरिकता प्राप्त गर्ने दिशामा अर्को कदम चाल्न तयार हुनुहुन्छ?

अगस्ट २२ मा हुने समरभिल नागरिकता दिवसमा हामीसँग सहभागी हुनुहोस्। नागरिकताको लागि आवेदन दिन तयार योग्य ग्रीन कार्डधारकहरूका लागि प्रोजेक्ट सिटिजनसिप (Project Citizenship) बाट निःशुल्क कानुनी सहायता उपलब्ध हुनेछ।

📅 अगस्ट २२ | बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म
📍 कनेक्सियन, १४९ ब्रड्वे, समरभिल, म्यासाच्युसेट्स् २१४५ (149 Broadway, Somerville, MA 02145)

स्वागतयोग्य समुदायको सुरुवात अवसर र सहभागिताबाट हुन्छ।

१२१ प्रष्पेक्ट स्ट्रिट (121 Prospect St) मा समरभिल समावेशी आवास कार्यक्रम मार्फत आम्दानीको सीमा भित्र पर्ने ३ वटा ३-बेडर...
08/20/2026

१२१ प्रष्पेक्ट स्ट्रिट (121 Prospect St) मा समरभिल समावेशी आवास कार्यक्रम मार्फत आम्दानीको सीमा भित्र पर्ने ३ वटा ३-बेडरुम, २ वटा २-बेडरुम, र २ वटा १-बेडरुम युनिटहरूका लागि आवेदनहरू अहिले खुला छन्। थप जानकारीका लागि somervillema.gov/inclusionaryhousing मा हेर्नुहोस्।

Address

42 Cross Street
Somerville, MA
02145

Opening Hours

Monday 8:30am - 4:30pm
Tuesday 8:30am - 4:30pm
Wednesday 8:30am - 4:30pm
Thursday 8:30am - 7:30pm
Friday 8:30am - 12:30pm

Alerts

Be the first to know and let us send you an email when City of Somerville "Nepali/नेपाली" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to City of Somerville "Nepali/नेपाली":

Shortcuts

Share