08/10/2026
"लागु औषध रोकथाम तथा आत्म हत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम" :-
*************************************
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८३।०६।२२ गतेका दिन यस इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरको आयोजना तथा श्री बैजनाथ मा.वि.कसरौलको समन्वयमा जिल्ला कञ्चनपुर शु.न.पा.६ कसरौल स्थित श्री बैजनाथ मा.वि.कसरौलमा ऐ.विद्यालयका प्र.ह.श्री खेम राज अवस्थी ज्यूको संयोजकत्वमा ऐ. विद्यालयका शिक्षक,शिक्षिका,तथा विधार्थीहरु गरी जम्मा ८२/८३ जना र यस कार्यालय बाट प्रनानि गणेश सिह बोहराको कमाण्डमा खटी गएको ४ जना प्रहरी टोली सहितको उपस्थितिमा "लागुऔषध रोकथाम तथा न्युनिकरण सम्बन्धी" जनचेतन मुलुक कार्यक्रम गरियो ।