Mahesh Basnet

Mahesh Basnet Mahesh Basnet, Ex-Minister for Industry, Secretary of CPN UML

महेश बस्नेत नेकपा एमालेको चर्चित युवा नेता हुनुहुन्छ । उहाँ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको पूर्व अध्यक्ष हुनुहुन्छ । पूर्णबहादुर र ईश्वरी बस्नेतका छोरा महेशको जन्म ०३१ साल माघ ३ गते भक्तपुरको (साविक गुण्डु गाविस ४) हालको सूर्यविनायक नगरपालिका वडा नंं ७ मा भएको हो । उहाँले कानूनमा स्नातक गर्नुभएको छ । बस्नेत २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य हुनुभएको थियो । २०५५ सालमा युवा संघ नेपालक

ो जिल्ला अध्यक्ष र नेकपा एमाले जिल्ला सदस्य हुनुभयो । २०५६ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य, २०६३ मा केन्द्रीय कोषाध्यक्ष हुँदै उहाँ २०६५ सालमा युथ फोर्सको प्रमुख हुनुभयो । बस्नेत २०६६ सालमा दोश्रो पटक युवा संघको अध्यक्ष हुनुभयो ।

२०५० सालमा गुण्डु गाविस वडा नम्वर ४ को वडा अध्यक्ष हुनुभएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा गाविस अध्यक्ष भएर काम गर्नुभयो । देशकै कम उमेरको गाविस अध्यक्ष हुँदा विकासमुखी र जनमुखी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुभएका कारण उहाँको चर्चा जिल्लाभरिनै भएको थियो । २०७१ भाद्र २७ गते नेपाल सरकारका उद्योगमन्त्री नियुक्त हुनुभएका बस्नेतले उद्योगमन्त्रालयमा १३ महिना आफ्नो जिम्मेवारी सम्हाल्नुभयो । उद्योगमन्त्री भएकै बेला २०७२ सालको भूकम्प प्रभावित भक्तपुरबासीहरुका निम्ति विशेष कार्यक्रमसहित जनताको घरदैलोमा पुगेर प्रत्यक्ष रुपमा मावनीय कार्यमा जुट्नुभयो ।नेकपा एमालेको दशौं राष्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भई, २०७८ मंसिर २५ र २६ मा बसेको केन्द्रिय कमिटिको बैठकबाट पोलिट ब्युरो सदस्य साथै युवा इन्चार्ज हुनुभएको हो । भक्तपुरको समग्र विकासमा समेत सक्रिय बस्नेतको प्रत्यक्ष सहभागितामा विकास निर्माणका हरेक गतिविधिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

सुनसरीमा भएको चार जनाको हत्याको घटनापछि नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा सांसद गुरु बरालले यसको नैतिक जिम्मेवारी प्रधानम...
05/08/2026

सुनसरीमा भएको चार जनाको हत्याको घटनापछि नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा सांसद गुरु बरालले यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएका छन्।

उनले राज्य नागरिकको सुरक्षा गर्न असफल भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्ने माग गर्नु भएको छ।

04/08/2026

बागमती प्रदेश सरकार निर्माणका विषयमा नेकपा (एमाले) र नेकपाबीच भएको सहमतिअनुसार प्रदेशका सांसदहरू र पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको छ। हाम्रो पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने हो। यदि सहमति जुट्न सकेन भने संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिनेछ।

एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि अझै ३ सिट आवश्यक पर्ने अवस्था छ। त्यसैले सबै पक्षलाई समेटेर स्थायी र जिम्मेवार सरकार निर्माणका लागि पार्टी अध्यक्षलगायत शीर्ष नेतृत्वले आवश्यक पहल र निर्देशन गरिरहनुभएको छ।

यसैबीच, आज केही सञ्चारमाध्यमले अध्यक्ष निवासमा भएको छलफललाई लिएर संसदीय दलका नेता जगन्नाथ थपलिया बारे भ्रामक समाचार सम्प्रेषण गरेका छन्। छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो। यसलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्दछु।

बागमती प्रदेश सरकार निर्माणको प्रक्रिया सहमति, लोकतान्त्रिक मूल्य–मान्यता र आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै निष्कर्षमा पुग्नेछ। अफवाहभन्दा तथ्यमा विश्वास गरौं। धन्यवाद ।

रास्वपा , बालेन र सुधन सँग जोडिएका ब्यक्तिहरु बाहिर धार्मिक सद्भावको नारा लगाउने अनि पर्दापछाडि आफ्नै पार्टीका कार्यकर्त...
02/08/2026

रास्वपा , बालेन र सुधन सँग जोडिएका ब्यक्तिहरु बाहिर धार्मिक सद्भावको नारा लगाउने अनि पर्दापछाडि आफ्नै पार्टीका कार्यकर्तालाई विभिन्न धार्मिक समूहको प्रतिनिधि बनाएर बार्ताको नाटक गर्ने हो भने त्यो राजनीतिक नाटक हो।

वार्तामा सहभागी भएका तथाकथित “धार्मिक अगुवा”हरु रास्वपासँग प्रत्यक्ष आबद्ध हुन भने प्रश्न उठाउनु स्वाभाविक हो। धार्मिक संवेदनशीलतालाई राजनीतिक छवि बनाउन प्रयोग गर्ने अधिकार कसैलाई छैन।

जनताको भावनामाथि खेल्ने, समाजलाई तनावतर्फ धकेल्ने र पछि आफैं शान्तिको श्रेय लिन खोज्ने प्रवृत्तिले देशलाई झन् विभाजित बनाउँछ। यस्तो विषयमा सबै तथ्य सार्वजनिक हुनुपर्छ, संवादमा को-को सहभागी थिए, उनीहरूको वास्तविक परिचय के थियो, र कुन हैसियतमा उनीहरूलाई प्रतिनिधित्व गराइयो भन्ने कुरा स्पष्ट पारिनुपर्छ।

धर्म र आस्थालाई राजनीतिक स्टन्ट बनाउने काम तत्काल बन्द होस्। नेपाली जनताले नाटक होइन, इमानदार नेतृत्व, पारदर्शिता र वास्तविक सामाजिक सद्भाव चाहेका छन्।

भावपूर्ण श्रद्धाञ्जलीविश्व पर्वतारोहणमा नेपालको गौरव उचो बनाउने महान् पर्वतारोही निर्मल “निम्स” पुर्जाको असामयिक निधनले ...
01/08/2026

भावपूर्ण श्रद्धाञ्जली

विश्व पर्वतारोहणमा नेपालको गौरव उचो बनाउने महान् पर्वतारोही निर्मल “निम्स” पुर्जाको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ।

उहाँको साहस, समर्पण र कीर्तिमान सधैं प्रेरणाको स्रोत बनिरहनेछ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

गृहमन्त्री सुदन गुरुङले सुनसरी पुगेर भनेछन। गोली चल्ने विषय गृहमन्त्री  र प्रधानमन्त्रीलाई थाहै नहुने रहेछ। यस्तो संवेदन...
01/08/2026

गृहमन्त्री सुदन गुरुङले सुनसरी पुगेर भनेछन। गोली चल्ने विषय गृहमन्त्री र प्रधानमन्त्रीलाई थाहै नहुने रहेछ। यस्तो संवेदनशील घटनाबारे निर्णय वा जानकारी सरकारको उच्च तहसम्म तत्काल पुग्ने अवस्था नै नहुने रहेछ।

त्यसो हो भने, २०८२ भदौ २३/२४ का घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कुनै निष्पक्ष अनुसन्धान बिना नै प्रत्यक्ष दोषी ठहर गर्ने र सरकार बनेको २४ घण्टा नबित्दै पक्राउ गर्नेहरूले हिजोको आफ्ना भनाइबारे सार्वजनिक रूपमा माफी माग्नुपर्छ कि पर्दैन?

01/08/2026

“मरेको माछा नदिको धारतिरै बहन्छ, जिउँदो माछा धारको विपरीत पौडने हिम्मत गर्छ। तपाईं जिउँदै हुनुहुन्छ भने गलतको विरोध गर्नुस्।“ — स्वामी विवेकानन्द

31/07/2026

बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता फेर्ने विषयमा गोप्य बैठक बसेको भन्दै कतिपय सञ्चारमाध्यमहरूले अध्यक्षज्यू र मेरो नाम जोडेर गलत समाचार सम्प्रेषण गरेका छन्। यसप्रति कोही पनि भ्रममा नपर्नुहुन हार्दिक अनुरोध गर्दछु।

हामी बागमती प्रदेशको भविष्य, जनताको हित र पार्टीको एकतालाई केन्द्रमा राखेर, एमालेभित्रको एकता, अनुशासन र उच्च राजनीतिक संस्कृतिलाई कायम राख्दै, पार्टीको विधि र प्रक्रियाअनुसार सर्वसम्मत तथा सबैलाई स्वीकार्य हुने निर्णय गर्छौं।

भ्रामक समाचारको पछि नलागी आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न सबैमा अनुरोध गर्दछु।

31/07/2026

“रास्वपाको पतन, यसको उदय जत्तिकै छिटो हुन्छ।” एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको राजनीतिक भविष्यबारे यस्तो धारणा राख्नु भएको छ।

31/07/2026

नेपाल कम्युनिस्ट पार्टी (एमाले)जिल्ला कमिटी भक्तपुरद्वारा खीर खाने दिनको अवसरमा आयोजित भेटघाट कार्यक्रम ।

31/07/2026

पहिला हामी मान्छे हौँ, अनि नेपाली हौँ। धर्म, जात, भाषा, बसाइ, शैक्षिक योग्यता, उमेर यी सबै हाम्रो पछि जोडिएका पहिचान मात्र हुन्।

हामी मानव, बहु पहिचान भएको समाजका बासिन्दा हौँ। तर विडम्बना के छ भने कहिले जातको नाममा, कहिले बसाइ वा क्षेत्रको नाममा हामीलाई लडाउने प्रयास गरियो। आज फेरि धर्मको नाममा विभाजन गराएर देशलाई अस्थिरतातर्फ धकेल्ने खेल भइरहेको छ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै हाम्रो वास्तविक शक्ति र पहिचान हो। यसलाई जोगाउनु र मजबुत बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन।

हामीलाई लडाउने प्रयास गर्ने कुनै पनि शक्तिको चाहना पूरा हुन नदिऔँ। सरकार गैह्र्जिम्मेवार बनेको छ तर हामी सबै नागरिक जिम्मेवार बनौँ र एकताबद्ध भएर देशलाई अघि बढाऔँ। सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम गरौं।

Address

Bhaktapur
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Mahesh Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahesh Basnet:

Shortcuts

Share

Category