25/07/2026
"महिनाको उत्कृष्ट प्रहरी" घोषणा कार्यक्रम:-
०९ साउन २०८३ रौतहट, गौर।...............................................
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहट दरबन्दी भई यसै कार्यालयमा कार्यरत (कम्प्युटर कोड नं. ३२२९९, संकेत नं. C-००००२५९७) प्रहरी निरीक्षक दिनेश थापालाई सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले तालुक जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू बाट २०८३ साल "असार" महिनाको "महिनाको उत्कृष्ट प्रहरी" (BEST POLICE OF THE MONTH) पुरस्कारद्वारा पुरस्कृत गर्नुभएको छ ।
उक्त कार्यक्रमका केही झलकहरु..................