New Golbazar

New Golbazar Community
हाम्रो गोलबजार राम्रो गोलबजार ❤️❤️ हाम्रो गोलबजार राम्रो गोलबजार ❤️❤️

अबदेखि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कालो चस्मा लगाएर सहभागी हुन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले संसद बैठक...
06/08/2026

अबदेखि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कालो चस्मा लगाएर सहभागी हुन नपाउने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा प्रयोग नगर्न सांसदहरूलाई निर्देशन दिएका हुन्।

गोलबजारको संयुक्त श्र'द्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि चर्कियो वि'वाद ..गोलबजारमा आयोजित संयुक्त श्रद्...
06/08/2026

गोलबजारको संयुक्त श्र'द्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि चर्कियो वि'वाद ..
गोलबजारमा आयोजित संयुक्त श्रद्धाञ्जली सभामा अधिकांश वक्ताहरूले आफ्नो मन्तव्य राखिसकेका थिए। कार्यक्रमको अन्तिम चरणमा सिराहा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य तपेश्वर यादव बोल्दै थिए। त्यसक्रममा नेकपा नेता जगत यादवले बीचमै उठेर आपत्ति जनाएपछि कार्यक्रमस्थलमा केहीबेर विवादको अवस्था सिर्जना भयो।

प्रत्यक्षदर्शीका अनुसार त्यही बेला एक सहभागीले जगत यादवलाई, "तपाईं बोल्दा कसैले बीचमा अवरोध गरेन, अरू बोल्दै गर्दा किन अवरोध गर्नुभयो?" भन्दै प्रश्न गरेका थिए। त्यसपछि पनि सांसद तपेश्वर यादवले आफ्नो मन्तव्यलाई निरन्तरता दिएका थिए।

केही समयपछि नेपाली कांग्रेसका नेता चन्दर यादव सहित केही सहभागी पुनः उठेर सांसद यादवले अन्य राजनीतिक दललाई होच्याएको भन्दै प्रश्न उठाएका थिए। कार्यक्रममा उपस्थित केही सहभागीहरूको भनाइअनुसार सांसद यादवले कुनै राजनीतिक दलको नाम लिएर टिप्पणी गरेका थिएनन् भन्ने दाबी पनि गरिएको छ। यसको वास्तविकता भने भिडियो हेरेर दर्शकहरूले आफैं मूल्याङ्कन गर्न सक्नेछन्।

त्यसपछि कार्यक्रमको वातावरण थप तनावपूर्ण बन्दै गयो र श्रद्धाञ्जली सभा प्रभावित भयो।

06/08/2026

गोलबजारको संयुक्त श्र'द्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि चर्कियो वि'वाद सुन्नुस् पुरै

06/08/2026

गोलबजारको संयुक्त श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि चर्कियो विवाद!

06/08/2026

आज गोलबजारमा आयोजित श्रद्धाञ्जली सभा शान्ति, सद्भाव र न्यायका लागि भन्दा पनि राजनीतिक प्रदर्शनजस्तो देखियो।

Send a message to learn more

06/08/2026

शोक प्रकट गर्ने कार्यक्रममा राजनीतिक गर्न आउँदाखेरि कार्यक्रमै विवाद गोलबजार

गोलबजारबाट सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकताको सन्देश 🙏सिरहाको गोलबजारमा आयोजित सामूहिक श्रद्धाञ्जली कार्यक्रममा ...
06/08/2026

गोलबजारबाट सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकताको सन्देश 🙏

सिरहाको गोलबजारमा आयोजित सामूहिक श्रद्धाञ्जली कार्यक्रममा गोलबजार र सुनसरीका घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा सांसदहरू, गोलबजारका वरिष्ठ राजनीतिक नेताहरू, उद्योग वाणिज्य संघका पदाधिकारी, हिन्दू, मुस्लिम तथा बौद्ध समुदायका प्रतिनिधिहरू, व्यापारी, समाजसेवी, बुद्धिजीवी र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उपस्थित सबैले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, भाइचारा, शान्ति र राष्ट्रिय एकतालाई कायम राख्न सबैले मिलेर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।
New Golbazar

२०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान !
06/08/2026

२०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान !

गोलबजारबाट पूरा देशलाई प्रेम र भाइचाराको सन्देश हिन्दु मुस्लिम र बौद्ध सबै समुदायबाट दिवंगतहरु प्रति सामूहिक श्र'द्धाञ्ज...
06/08/2026

गोलबजारबाट पूरा देशलाई प्रेम र भाइचाराको सन्देश
हिन्दु मुस्लिम र बौद्ध सबै समुदायबाट दिवंगतहरु प्रति सामूहिक श्र'द्धाञ्जली

06/08/2026

गोलबजारबाट पूरा देशलाई प्रेम, सद्भाव र भाइचाराको सन्देश | हिन्दु, मुस्लिम र बौद्ध समुदायको संयुक्त श्र'द्धाञ्जली
- Arjun Thapaliya

Address

Golbazar
Golbazar

Alerts

Be the first to know and let us send you an email when New Golbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to New Golbazar:

Shortcuts

Share