Mina Kumari Lama

Mina Kumari Lama Mayor of Hetauda Sub-Metropolitan City ,Makawanpur ,Nepal
नगर प्रमुख - हेटाैडा उपमहानगरपालिका, मकवानपुर ,नेपाल ।

06/08/2026

यहाँ चिन्ता छ, आफ्नै हेटौडाको ! हेटौडा पर्यटन वर्ष -२०८३ सफल पारौँ 🙏🙏🙏

हेटौडावासीका अगाडि अर्को अवसर र चुनौती ! एक भएर हेटौडालाई आधुनिक र समृद्ध बनाऔं ! चुनौतीलाई अवसरमा बदलौँ ! हेटौडा उपमहान...
06/08/2026

हेटौडावासीका अगाडि अर्को अवसर र चुनौती ! एक भएर हेटौडालाई आधुनिक र समृद्ध बनाऔं ! चुनौतीलाई अवसरमा बदलौँ !

हेटौडा उपमहानगरपालिकाको समग्र समृद्धिका लागि नगरले "जाऔँ हेटौडा , रमाऔँ हेटौडामा ! " मूल नारा सहित पर्यटन वर्ष - २०८३ मनाउँदै छ ।
पर्यटन वर्ष सफल पार्न र हेटौडालाई पर्यटन नगरी बनाउन नगरवासी सबै जुटौँ ! फोहोरलाई शून्यमा झारौँ । हेटौडालाई सफा राखौँ ।

शुभदिन ! जिन्दगी एउटा भ्रमको सानो दृश्य !मीनाकुमारी लामा केही समयका दर्शक हामी केही दिनका कलाकार हामी कहिले हेर्नु छ अरू...
06/08/2026

शुभदिन !

जिन्दगी एउटा भ्रमको सानो दृश्य !
मीनाकुमारी लामा

केही समयका दर्शक हामी
केही दिनका कलाकार हामी
कहिले हेर्नु छ
अरूको अभिनय
कहिले गर्नुछ
आफै नृत्य

आँखा अगाडिका सपनालाई
लखेट्दै
पछाडिबाट मृत्युबाट लखेटिदै
समयको धरमा दौडिरहेका
कहाँ पुग्नुछ
हामीलाई नै थाहा छैन्

जिन्दगी एउटा भ्रमको सानो दृश्य !

शुभदिन !एउटा तस्वीरले हजार शब्द बोल्छ ! यो तस्वीरको उमेरमा म जस्तो खुसी सफा आकाशको जून पनि थिएन ,होला !
05/08/2026

शुभदिन !
एउटा तस्वीरले हजार शब्द बोल्छ !
यो तस्वीरको उमेरमा म जस्तो खुसी सफा आकाशको जून पनि थिएन ,होला !

खेल मात्रै त्यस्तो माध्यम हो , जसले आत्मीय मात्रै बनाउँदैन् एकअर्कालाई उर्जाशील, अनुशासित र मानवीय पनि बनाउँछ । एफयू फरे...
04/08/2026

खेल मात्रै त्यस्तो माध्यम हो , जसले आत्मीय मात्रै बनाउँदैन् एकअर्कालाई उर्जाशील, अनुशासित र मानवीय पनि बनाउँछ ।

एफयू फरेष्ट्रि गोल्ड कप -२०८३ मा सहभागी खेलाडीहरूलाई एकाअर्कामा एकाकार मात्रै बनाएन होला,उर्जाशील पनि बनायो होला !
प्रतियोगितामा विजयी बनेका साथीहरूलाई हार्दिक बधाई ।
२०८३/०४/१९

शुभदिन !
04/08/2026

शुभदिन !

शुभदिन 🙏💗🙏💗🙏💗बिषाद परिस्थितिमीनाकुमारी लामामानिससँग समय त्रसिएको छ मानिससगैँ  मानिस डराउनु परेको छ के भइरहेको छ अहिले के...
03/08/2026

शुभदिन 🙏💗🙏💗🙏💗

बिषाद परिस्थिति
मीनाकुमारी लामा

मानिससँग समय त्रसिएको छ
मानिससगैँ मानिस डराउनु परेको छ
के भइरहेको छ अहिले
के हुन्छ भोलि
न अनुमान गर्न सकिन्छ
न त दुर्भाग्य रोक्न सकिन्छ
एउटा बिषाद परिस्थितिमा
समयले नै मानवता खोजेको छ !

रोटरी क्लब अफ मकवानपुरको एक कार्यक्रममा ...!सामाजिक सेवामा समर्पित अन्तराष्ट्रिय संस्था रोटरी क्लवले नेपाली समाजमा पुऱ्य...
02/08/2026

रोटरी क्लब अफ मकवानपुरको एक कार्यक्रममा ...!

सामाजिक सेवामा समर्पित अन्तराष्ट्रिय संस्था रोटरी क्लवले नेपाली समाजमा पुऱ्याएको योगदानका वारेमा जति चर्चा गरेपनि कम हुन्छ।
विभिन्न पेशा र क्षेत्रका मानिसलाई एउटै मञ्चमा ल्याउनु र सेवामा समर्पित गराउनु नै रोटरीको मुख्य उद्देश्यले आज संसार आत्मीय बन्न पुगेको छ ।
१२०-१२१ वर्ष अगाडि स्थापना गरिएको यो संस्थाले भाइचारा सम्बन्धलाई बलियो बनाउदै मानिसलाई मानवीय बनाउन गरेको योगदान आज विश्वमा उदाहरणीय छ ।

रोटरी क्लव अफ मकवानपुरले मकवानपुर लगायतका क्षेत्रमा गरेका मानवीय कामहरुप्रति हामी नतमस्तक बनेका छौं । शाखाले गरेका सामाजिक कामहरुले आज विभिन्न क्षेत्र र समुदाय लमान्वित बनेका छन ।

आजको यो विशेष कार्यक्रममा यो शाखाका स्थापक सदस्यज्यूहरु त्यस पछिका कार्यसमित सदस्य र यससंग आबद्ध सम्पर्ण सदस्यहरुलाई म हार्दिक धन्यवाद आभार प्रकट गर्दछु । साथै नयाँ कार्यसमितिलाई बघाई सहित शुभकामना ।
आगमी दिनमा पनि तपाईहरुको सेवा भाव अझ बढोस् । यो अवसरका लागि म यहाँहरु प्रति आभारी छु।
२०८३/०४/१६

02/08/2026

शुभदिन !
हामी कोही पराया छैनौँ । जब कतै दुख्न थाल्छ देशमा , अनि हिमाल ,पहाड ,तराई यसरी एक बनेर उठ्छौँ ! शान्ति ,सद्भभाव
र मानवताका अगाडि हरेक कुरा गौण हुन्छन् !

Address

Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Mina Kumari Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share