Hamro Ganeshman

Hamro Ganeshman Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Ganeshman, Social service, ganeshman, Janakpur.
(1)

21/09/2026

अबैध उत्खनन रोक्न कुनै निकाय नसके भए।
प्रतिनिधि मौन नै हुने भए।

📚 गुणस्तरीय शिक्षा हाम्रो प्राथमिकता हुनुपर्छ!गणेशमान चारनाथ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्...
16/09/2026

📚 गुणस्तरीय शिक्षा हाम्रो प्राथमिकता हुनुपर्छ!

गणेशमान चारनाथ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानुको कारण पहिचान, विद्यार्थीको नियमित उपस्थिति, सिकाइ उपलब्धि तथा अभिभावकको सक्रिय सहभागितालगायतका विषयमा शिक्षा तथा खेलकुद शाखामा ज्ञापनपत्र पेश गरिएको छ।

हाम्रो मुख्य मागहरू👇

🔹 विद्यालयमा विद्यार्थी संख्या घट्नुको वास्तविक कारण पहिचान गरियोस्।
🔹 लामो समयसम्म अनुपस्थित विद्यार्थीको घरदैलोमै पुगेर नियमित फलोअप गरियोस्।
🔹 प्रत्येक महिना नियमित Class Test सञ्चालन गरियोस्।
🔹 टर्मिनल तथा वार्षिक परीक्षाका उत्तरपुस्तिका अभिभावकलाई देखाउने व्यवस्था गरियोस्, ताकि अभिभावकले आफ्ना बालबालिकाको वास्तविक सिकाइ स्तर बुझ्न सकून्।
🔹 अभिभावकसँग नियमित शैक्षिक समीक्षा तथा अन्तरक्रिया गरियोस्।
🔹 विद्यालयमा खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद, विज्ञान प्रदर्शनी, कला तथा सांस्कृतिक कार्यक्रमजस्ता Extra-Curricular Activities नियमित सञ्चालन गरियोस्।
🔹 नगरपालिकाबाट विद्यालयहरूको नियमित अनुगमन गरी विद्यार्थीको उपस्थिति, शिक्षकको नियमितता र सिकाइ उपलब्धिको समीक्षा गरियोस्।

🏫 विद्यालयको विकास भनेको केवल भवन निर्माण होइन; विद्यार्थीले कति सिकिरहेका छन् भन्ने कुरा मुख्य हो।

आजको विद्यार्थी नै भोलिको समाज र राष्ट्रको आधार हो। त्यसैले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारबीचको सहकार्यबाट मात्र शिक्षाको वास्तविक सुधार सम्भव छ।

“भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा — हाम्रो साझा जिम्मेवारी।” 🇳🇵📚

#गणेशमानचारनाथ #शिक्षासुधार #गुणस्तरीयशिक्षा #सामुदायिकविद्यालय #शिक्षा #अभिभावकसहभागिता

15/09/2026

🚨 अत्यन्त जरुरी सूचना! 🚨

कमला खोलामा आज पानीको बहाव (बाढी) उच्च हुन सक्ने जानकारी जिल्ला प्रहरी कार्यालय, धनुषाबाट प्राप्त भएको हुँदा कमला खोला छेउछाउमा बसोबास गर्नुहुने सम्पूर्ण नगरवासीहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न हार्दिक अनुरोध गर्दछौँ। 🙏

⚠️ विशेषगरी खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले अनावश्यक रूपमा खोलातर्फ नजानुहोस् र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुहोस्।

कुनै समस्या वा आपत्कालीन अवस्था उत्पन्न भएमा नजिकको प्रहरी कार्यालय वा नगरपालिकाका विपद् फोकल पर्सनलाई तत्काल जानकारी गराउनुहुन अनुरोध गर्दछौँ।

📞 आपत्कालीन सम्पर्क नम्बरहरू:

👤 नगरपालिका विपद् फोकल पर्सन:
राम एकवाल महतो — 9801636111

👮 प्रहरी चौकी पोर्ताहा:
9854090079

👮 प्रहरी चौकी चिसापानी:
9854090427

👮 प्रहरी चौकी बरमझिया:
9851288822

👮 इलाका प्रहरी कार्यालय, वीरेन्द्रबजार:
9842842819

🙏 सतर्क रहौँ, सुरक्षित रहौँ।
🤝 आफ्नो परिवार, छरछिमेक र समुदायलाई पनि यो सूचना जानकारी गराऔँ।

🇳🇵 जनताको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो।

🧹🌿 साप्ताहिक सरसफाइ अभियान 🌿🧹गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ र १० अन्तर्गत बरमझियामा साप्ताहिक सरसफाइ अभियान जारी नै ...
14/09/2026

🧹🌿 साप्ताहिक सरसफाइ अभियान 🌿🧹

गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ र १० अन्तर्गत बरमझियामा साप्ताहिक सरसफाइ अभियान जारी नै छ।

स्वच्छ वातावरण, स्वस्थ जीवन र सभ्य समाज निर्माणका लागि सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै नगरका विभिन्न टोल–बस्तीमा अघि बढाइनेछ। 💪

👉 आफ्नो टोल आफैं सफा राखौँ।
👉 सरसफाइलाई संस्कार बनाऔँ।
👉 स्वच्छ गणेशमान चारनाथ निर्माणमा सबै सहभागी बनौँ। 🤝🇳🇵

स्वच्छ नगर, स्वस्थ नगरवासी — हाम्रो साझा अभियान। ❤️

#साप्ताहिक_सरसफाइ_अभियान #स्वच्छ_गणेशमानचारनाथ #बरमझिया #जनसहभागिता

🚨 महत्वपूर्ण सूचना — कागजात हराएको सम्बन्धमा सहयोगको अपिल 🙏गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ निवासी मनोज दासजीको महत्वप...
12/09/2026

🚨 महत्वपूर्ण सूचना — कागजात हराएको सम्बन्धमा सहयोगको अपिल 🙏

गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ निवासी मनोज दासजीको महत्वपूर्ण कागजातहरू रहेको एउटा झोला हराएको छ।

उक्त झोलाभित्र उहाँको सम्पूर्ण परिवारका नागरिकता लगायतका अत्यन्तै महत्वपूर्ण कागजातहरू रहेका छन्।

यदि कसैले उक्त झोला वा कागजातहरू फेला पार्नुभएको छ भने कृपया मानवीय सहयोग गर्दै तल दिइएको नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏

📞 सम्पर्क नम्बर: 982-6060309

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्, ताकि हराएका महत्वपूर्ण कागजातहरू सम्बन्धित परिवारसम्म सुरक्षित रूपमा फिर्ता पुग्न सकून्। 🙏🤝

— सहयोग गरौँ, कागजात फिर्ता गराऔँ। ❤️

🕯️ उहाँहरू आज हामीमाझ हुनुहुन्न, तर उहाँहरूको सपना अझै जीवित छ… 🇳🇵Gen Z आन्दोलनका क्रममा देश र परिवर्तनका लागि आफ्नो जीव...
08/09/2026

🕯️ उहाँहरू आज हामीमाझ हुनुहुन्न, तर उहाँहरूको सपना अझै जीवित छ… 🇳🇵

Gen Z आन्दोलनका क्रममा देश र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने वीर शहीदहरूको सम्झनामा गणेशमान चारनाथ नगरपालिकामा Gen Z युवाहरूको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो। 🕯️🙏

आज बालिएको यो एउटा–एउटा दीपमा
कसैको अधुरो सपना छ,
कसैको परिवारको आँसु छ,
कसैको भविष्यको आशा छ। 💔

शहीदहरू फर्केर आउन सक्दैनन्,
तर उहाँहरूले देखाएको बाटोमा हिँडेर
उहाँहरूको बलिदानलाई अर्थपूर्ण बनाउन सक्छौँ।

उहाँहरूको रगतको मूल्य केवल सम्झनामा होइन,
न्याय, सुशासन र परिवर्तनमा देखिनुपर्छ। 🇳🇵

🕯️ भावपूर्ण श्रद्धाञ्जली, वीर Gen Z शहीदहरू।
तपाईंहरूको बलिदान हामी कहिल्यै बिर्सने छैनौँ। 🙏❤️‍🩹

Pic by : Rakesh Yadav

ीद #दीपप्रज्वलन #भावपूर्णश्रद्धाञ्जली #गणेशमानचारनाथ

08/09/2026

🚨 कमला नदीमा अवैध उत्खनन रोकौँ!

गणेशमान चारनाथ नगरपालिका वडा नं. ८, चितहा–लवटोलीस्थित कमला नदीको बाँध छेउमा अवैध उत्खनन भइरहेको छ।

नदी, बाँध र आसपासको क्षेत्रको संरक्षणमा प्रत्यक्ष असर पर्ने गरी भइरहेको यस्तो गतिविधिप्रति सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण होस्।

❓ कसको संरक्षणमा भइरहेको छ अवैध उत्खनन?
❓ सम्बन्धित निकाय किन मौन छ?

प्राकृतिक स्रोतको दोहन रोक्नु र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको जिम्मेवारी हो। सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक कानुनी कारबाही अगाडि बढाओस्।

कमला नदी बचाऔँ। अवैध उत्खनन रोकौँ। ✊🇳🇵

#अवैधउत्खननविरुद्ध #कमलानदी #गणेशमानचारनाथ #चितहा #लवटोली #प्राकृतिकस्रोतसंरक्षण

🕯️ Gen Z शहीद दिवस 🇳🇵परिवर्तनको बाटोमा आफ्नो अमूल्य जीवन अर्पण गर्ने वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏रगतको प्रत...
08/09/2026

🕯️ Gen Z शहीद दिवस 🇳🇵
परिवर्तनको बाटोमा आफ्नो अमूल्य जीवन अर्पण गर्ने वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏
रगतको प्रत्येक थोपा इतिहास बनेको छ,
तर मनमा अझै एउटै प्रश्न गुञ्जिरहेको छ—
“यो रगतको मूल्य कसले तिर्ने ??
यो बलिदानको जिम्मेवारी कसले लिने ??
शहीदका सपनाहरू कहिले पूरा हुने ??”
🇳🇵 शहीद अमर रहून्।
जय नेपाल! ❤️‍🩹

🚨 अत्यन्त जरुरी सूचना — बालक हराएको 🚨गणेशमान चारनाथ नगरपालिका–४, वीरेन्द्रबजार निवासी १४ वर्षीय अभिषेक ठाकुर आज बिहानदेख...
04/09/2026

🚨 अत्यन्त जरुरी सूचना — बालक हराएको 🚨

गणेशमान चारनाथ नगरपालिका–४, वीरेन्द्रबजार निवासी १४ वर्षीय अभिषेक ठाकुर आज बिहानदेखि सम्पर्कविहीन/हराइरहनुभएको छ।

👦 नाम: अभिषेक ठाकुर
🏠 ठेगाना: वीरेन्द्रबजार–४, गणेशमान चारनाथ नगरपालिका
🎂 उमेर: १४ वर्ष
👨 बुबाको नाम: महेश ठाकुर
👦 भाइको नाम: अजय ठाकुर

उहाँलाई कसैले देख्नुभएको वा उहाँको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएको भए कृपया तुरुन्तै ९८२००६१०४८ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

🙏 कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरी खोजी कार्यमा सहयोग गरिदिनुहोस्।
एक शेयरले पनि उहाँलाई परिवारसम्म पुर्‍याउन मद्दत गर्न सक्छ। 🙏

🙏🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🌸🙏भगवान श्रीकृष्णको कृपा, प्रेम, शान्ति र सकारात्मक ऊर्जाले Hamro Gane...
04/09/2026

🙏🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🌸🙏
भगवान श्रीकृष्णको कृपा, प्रेम, शान्ति र सकारात्मक ऊर्जाले Hamro Ganeshman परिवारका सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूको जीवन सुख, समृद्धि र सफलताले भरिपूर्ण बनोस्।
“एकता, सेवा र परिवर्तनको यात्रामा सधैँ एकसाथ।” 💙❤️
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚🪈
— Hamro Ganeshman परिवार 🇳🇵🙏

Address

Ganeshman
Janakpur

Alerts

Be the first to know and let us send you an email when Hamro Ganeshman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Ganeshman:

Shortcuts

Share

Category