03/11/2026
नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको संवाहक, हरेक उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको बुलन्द आवाज—कमरेड प्रचण्ड!
मलाई गर्व लाग्छ मेरो प्रचण्ड भन्नलाई
ऐतिहासिक परिवर्तनको संवाहक: 'प्रचण्डपथ' केवल एउटा विचार मात्र थिएन, यो नेपालको इतिहासलाई परिवर्तन गर्ने त्यो क्रान्तिकारी मार्ग थियो, जसले सयौँ वर्ष पुरानो सामन्तवादी राजतन्त्रलाई ढालेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो।
इतिहास साक्षी छ, नेपालमा आज जे-जति राजनीतिक र सामाजिक परिवर्तनहरू भएका छन्, ती सबैको जग प्रचण्डकै साहसिक नेतृत्व र विचार हो। इतिहास बदल्ने र सिङ्गो देशलाई नयाँ युगमा डोर्याउने मेरा आदरणीय नेता कमरेड प्रचण्डप्रति हार्दिक सम्मान र लालसलाम।